८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

नेपाल आइपुगे डब्ल्यूएचओका महानिर्देशक

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का महानिर्देशक डा. टेड्रोस अधानोभ गेहब्रेयसस नेपाल आइपुगेका छन्। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा तीन दिने भ्रमणका लागि उनी (आज) बिहीबार नेपाल आएका हुन्।

त्यस्तै भ्रमणका क्रममा नेपालमा रहँदा महानिर्देशक गेहब्रेयससले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनासँग शिष्टाचार भेटघाट गर्नेछन्। उनले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री खतिवडा र परराष्ट्रमन्त्री नारायण खड्कासँग पनि भेटघाट गर्नेछन्।

स्वास्थ्यमन्त्री खतिवडा, परराष्ट्रमन्त्री खड्का र राष्ट्रिय सभाका अध्यक्ष तिमल्सिनासँग आज भेटवार्ताको कार्यक्रम छ। राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवासँग (भोलि) शनिबार भेट हुनेछ। भ्रमणकै क्रममा उनले टाइफाइडविरुद्धको खोप अभियान र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको पनि अवलोकन गर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

नेपालमा रहँदा उनले नेपाल सरकारका उच्च अधिकारी, डब्ल्यूएचओका नेपालस्थित प्रतिनिधि र संयुक्त राष्ट्रसंघका प्रतिनिधिसँग पनि छलफल गर्ने छन्। त्यसैगरी उनले हनुमानढोका दरबार स्क्वायर, पाटन हाइस्कुलको पनि अवलोकन गर्ने कार्यक्रम रहेको छ।  तीनदिने भ्रमण सकेर महानिर्देशक गेहब्रेयससको टोली आइतबार बिहान फर्कने तालिका छ। 

प्रकाशित: ८ वैशाख २०७९ ०८:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App