९ मंसिर २०८१ आइतबार
image/svg+xml

जब चिनीले रुवाउँछ...

गत वर्ष यहीबेला उखु किसान काठमाडौं आएका थिए। उनीहरुको एउटै मात्र माग थियो, 'हाम्रो उखु किन्ने पैसा दिनुपर्यो।' मिलका मालिकले किसानको उखु पेलेर चिनी निकाले, चिनी बेचेर नाफा पनि निकाले।

उखु किसानले अझै पाएनन् भुक्तानी

जिल्लाको धनकौलमा रहेको अन्नपूर्ण चिनी मिलले अहिलेसम्म पनि किसानलाई भुक्तानी दिएको छैन। केही दिनअघि यहाँका उखु किसान अघिल्ला वर्षमा बेचेको उखुको भुक्तानी माग्न काठमाडौँ पुगेका थिए।

उखु किसानलाई भुक्तानी नदिने चिनी मिलका मालिकलाई पक्राउ गर्छौंः मन्त्री भट्ट

आन्दोलनरत उखु किसानहरुले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई अल्टिमेटमसहितको स्मरण पत्र बुझाएका छन्।

लकडाउनले चिनी बेच्न रोकेन किसानको भुक्तानी रोकियो

नवलपरासीका चिनी उद्योगले उत्पादित चिनी बेचिसके । तर त्यही चिनी बेचेपछि भुक्तानी पाउने आशामा बसेका उखु किसानको हात अहिले पनि रित्तै छ । केही किसानले त तीन वर्षदेखिको भुक्तानी पाएका छैनन् ।

उखु किसान भन्छन् : लकडाउन मात्र हटोस् आन्दोलन गर्न काठमाडौं आउँछौं

गत चैत ४ गते सर्लाहीका ५० बढि उखु किसान वक्यौता भुक्तानीको माग गर्दै आन्दोलनका गर्न काठमाडौं आए। गएको पुस महिनामा दुई हप्ता राजधानी केन्द्रित आन्दोलन गरेका उनीहरु सरकारले माघ ७ गते भित्र सबै भुक्तानीको लागि पहल गर्ने र विस्तारै किसानको हितमा व्यवस्थाहरु गर्ने आश्वासन पछि पुस १८ मा पाँच बुँदे सहमति गर्दै आन्दोलन स्थगित गरेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्