६ आश्विन २०८१ आइतबार
image/svg+xml

काठमाडौँ महानगरले न्युरोडको सुरज आर्केडका अनधिकृत पसल भत्काउने

नगर प्रहरीले सामान हटाउन समय दिएपछि अहिले व्यापारीहरुले धमाधम पसलका सामानहरु बाहिर निकालिरहेका छन्।

ओमप्रकाश अर्याल काठमाडौँ महानगरको कानुनी सल्लाहकारमा नियुक्त

काठमाडौँ महानगरपालिकाले अधिवक्ता ओमप्रकाश अर्याललाई महानगरको कानुनी सल्लाहकारमा नियुक्त गरेको छ।

काठमाडौं मलले नक्सा पास नगरे महानगरले मलकाे भवन भत्काउने

कर्मचारी सञ्चय कोषको भवन ‘काठमाडौं मल’ को नक्सा पास र भवन निर्माण इजजात दुवै नभएको पाइएको छ।

महानगरको अनधिकृत संरचना हटाउने अभियानमा मेरो समर्थन छ: उपमेयर डंगोल

काठमाडौं महानगरकी उपमेयर सुनिता डंगोलले काठमाडौं महानगरले गरिरहेको अनधिकृत संरचना हटाउने अभियानमा आफ्नो समर्थन रहेको बताएकी छिन्।

काठमाडौँका मेयरले नक्सा पास नभएका संरचनामा डोजर आतंक मच्चाए उपत्यका बस्न लायक रहदैनः नेता बस्नेत

‘नक्सापास नभएका घरहरु, संरचनाहरुलाई डोजर लगाएर ठोक भनेर काठमाडौँभित्रका १८ जना मेयरले १८ वटा डोजर लिएर हिँडेभने उपत्यका बस्न लायकको रहँदैन। बस्न नालायक ठाउँ हुन्छ। भागेर जानुपर्छ, निर्माणको होइन, ध्वंसको क्षेत्र बन्छ। मिडियाका ४ हजार साथी लिएर प्रोत्साहन दिए भन्दैमा विधि कानून मिचेर, सिस्टमलाई फलो नगरी क्षतिपूर्ति नदिकन जनतालाई दुःख दिने काम नगरौँ। मैले मेरो जिल्ला, मेरो क्षेत्र नमूना बनाएको छु, ध्वंस होइन, निर्माण गरेर बनाउन सकिन्छ भन्ने कुरा भक्तपुरमा गएर हेर्नुहोस्।’

ढुङ्गेधाराको सात टहरासहित तीन भर्‍याङ भत्काइयो

अवैधरुपले बनाइएका संरचना भत्काउने क्रममा आज काठमाडौँ महानगरपालिकाले र वनस्थली चोकबाट ढुङ्गेधारा जाने बाटोमा रहेको सात टहरा र तीनवटा भर्‍याङ हटाएको छ।

महानगरले भत्काउन थाल्यो बनस्थली र ढुङ्गेधारा क्षेत्रका अवैध घर टहरा

सार्वजनिक जग्गामा रहेको, विना अनुमति बनाइएको घर टहरा आज बिहानबाट भत्काउन सुरु गरिएको हो।

बालेनले अराजक गतिविधिलाई बढावा दिइरहेको छ: मीन विश्वकर्मा

कामनपाका मेयर शाहले अनधिकृत रुपमा बनाइका भौतिक संरचनाहरु डोजर लगाएर भत्काउने काम गरिरहँदा काँग्रेस नेता विश्वकर्माको यस्तो प्रतिक्रिया दिएका हुन्।

राहदानी विभाग अवलोकनमा पुगेका वडाध्यक्ष भन्छन्ः नहुने काम गर्नेलाई त्यसै छोड्न हुँदैन

'हामीले पहिले नै काउन्सुलर विभागलाई बेसमेन्टको प्रतिक्षालय हटाउन भनेका थियौँ तर उहाँले हटाउनु भएन त्यसैले ३१ दिनपछि आज एक्सनमा आएका हौँ। हामीले स्वतन्त्र उम्मेदवारले राम्रो काम गरेकोले नै साथ र सपोर्ट गर्न आएका हौँ होइन भने हामी किन आउने भन्नेमा थियौँ' उनले भने।

खाली भयाे राहदानी विभागको अन्डरग्राउण्ड (फोटोफिचर)

ट्राफिक व्यवस्थापनका लागि अन्डरग्राउण्ड पार्किङमा जोड दिएको महानगर टोलीले शुक्रबार राहदानी विभाग अनुगमनमा गरेको थियो।

अनधिकृत संरचना बनाएर भाडामा लगाउने काम बन्द गर्नुस्ः मेयर बालेन

नक्सापास नगरी निर्माण भएका र नक्साअनुरुप निर्माण भए पनि सोहीअनुरुप प्रयोग नगरिएका संरचना अवैध रहेको भन्दै भत्काउन थालिएको हो।

फोहोर नियमितरुपमा बञ्चरे डाँडा जाँदैछः मेयर शाह

मेयर शाहले सबैको सहभागिता र योगदानबाट मात्रै काठमाडौँ महानगरलाई सफा, सुन्दर र स्वस्थ महानगरको परिकल्पना साकार गर्न सक्ने बताए। उनले जनताको विश्वास छ र साथको अपेक्षा राखेका छन्।

बालेनले अधिकारको दुरुपयोग गरे: उवासं काठमाडौँ

‘महानगरले अहिले यदी अन्डरग्राउण्डमा पार्किङ भनेर नक्सा पास गरेको भए त्यसमा व्यवसायिक प्रयोजनको लागि चलायो भने घरधनीसँग कर उठाउने हो। त्यो कर उठाइरहेको छ त्यो कर उठाएर नगरपालिकाले बैंकमा राखेर ब्याज खाइरहेको छ। १० अर्ब कर उठाएर राज्यले खर्च गर्न सकेन भने ब्याज खान पाइँदैन। बालेन्द्र शाहलाई के भन्न चाहन्छु भने जनताको मेयर हो भने १० अर्ब उठाएको पैसा जनतालाई फिर्ता दिनुपर्छ।'

अल्फाबिटाको अवैध संरचनामा महानगरले डोजर चलायाे

काठमाडौँ महानगरपालिकाले नयाँ बानेश्वरस्थित अल्फाबिटाको अवैध संरचनामा आजै डोजर चलाइएकाे छ। अल्फाविटाका मालिक कोरोना संक्रमण कालमा मेडिकल सामग्री आयातमा घोटाला गरेको आराेप लागेको ओम्नी समूहसँग आवद्ध छन् । सयौंको संख्यामा सर्वसाधारणहरुको कोरोना संक्रमणबाट मृत्यु भइरहेका बेलामा समेत स्वास्थ्य सामग्रीहरु खरिद गर्दा घोटाला गरेको आरोप ओम्नी समुह माथि लागेको थियो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्