१५ आश्विन २०८३ बिहीबार
image/svg+xml

स्विस हिमनदीमा ५ दशमलव ५ प्रतिशत बरफ घट्यो

अत्यधिक गर्मी र जाडोयाममा कम हिमपातका कारण बरफ पग्लने क्रम तीव्र बनेपछि यो क्षति अभिलेखमा दोस्रो ठूलो वार्षिक गिरावट भएको विज्ञहरूले बताएका छन्।

संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा खटिन नेपाली सेनाको टोली प्रस्थान

विश्वका द्वन्द्वग्रस्त मुलुकहरूमा शान्ति स्थापनाका लागि संयुक्त राष्ट्रसंघ (यूएन) को आह्वानमा नेपाली सेनाको नयाँ टोली कार्यक्षेत्रतर्फ प्रस्थान गरेको छ।

प्रतिनिधिसभामा प्रविधिको चुनौतीदेखि जनताका समस्यासम्मका विषय उठान

प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसदहरूले भोटेकोशी बाढीमा बेपत्ता नागरिकको खोजी, सुशासन कायम, विकास, समृद्धिलगायत विषयमा धारणा व्यक्त गरे।

विपद् अध्ययनका लागि राष्ट्रिय सभामा छुट्टै विशेष समिति गठन

समितिले विपद् जोखिम न्यूनीकरणको तयारी, जनधनको क्षति, बेपत्ता तथा प्रभावितको खोजी, उद्धार, राहत तथा क्षतिपूर्ति, घाइतेको उपचार, शव व्यवस्थापन र पुनर्स्थापनाको अवस्थाको समीक्षा गर्नेछ।

अन्नपूर्ण क्षेत्रको पदयात्राः आधारशिविर क्षेत्र खुल्यो, फेरो अझै अवरुद्ध

निरन्तरको वर्षा र त्यसपछिको अवरोधले रोकिएको अन्नपूर्ण क्षेत्रको पदयात्रा आंशिक खुला भएको छ। अन्नपूर्ण क्षेत्रका केही पदयात्रा रुट विदेशी पर्यटकका लागि खुला गरेसँगै पाहुना जान थालेका छन्। कतिपय रुटको पदयात्रा भने अझै खुल्न सकेको छैन। मौसम नबिग्रेमा अबका केहीदिनमा सबैतिरका पदमार्ग खुला हुने अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को अपेक्षा छ।

निजामती विधेयक : कर्मचारीले सामाजिक सञ्जालमा टिप्पणी गर्न नपाउने

नेपाल सरकारका कर्मचारीले कुनै पनि राजनीतिक विषयमा कुनै प्रकारको टिकाटिप्पणी गर्न नपाइने कानुन प्रस्ताव गरिएको छ।

राष्ट्रियसभा : बाढीपहिरो पीडितलाई विशेष राहत प्याकेज घोषणा गर्न माग

सांसदहरूले देशका विभिन्न जिल्लामा बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति सरकारको ध्यानाकर्षण गराउँदै पीडितका लागि तत्काल विशेष राहत तथा पुनःस्थापनाको प्याकेज घोषणा गर्न माग गरेका छन्।

भैरहवाबाट दुई करोड ५१ लाख बराबरको दुई किलो सुन बरामद

सिद्धार्थनगर नगरपालिका–१ शान्तिगेटस्थित जाँचकक्षबाट सशस्त्र प्रहरीले रु दुई करोड ५१ लाखभन्दा बढी मूल्यको गरगहना बरामद गरेको छ।

राष्ट्रिय सभामा पूर्वप्रधानन्यायाधीश जबरा पक्राउबारे जवाफ माग

सांसदहरूले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएको विषयमा सरकारसँग स्पष्ट जवाफ माग गरेका छन्।

शशांक भन्छन्: गगन सोझा छन्, विश्व चतुर हुन्

दुवै नेताका सबल र दुर्बल पक्ष केलाउँदै डा. कोइरालाले भने, ‘विश्व मान्छे एकदमै सार्प छन्, खुराफाती पनि हुन्। हुन त म विश्वलाई धेरै सम्मान गर्छु, तर उनी राजनीति गर्न एकदमै पर्फेक्ट मान्छे हुन्।’

थापाथलीमा सवारी दुर्घटना हुँदा एक जनाको मृ’त्यु, तीन घाइते

काठमाडौंको थापाथलीमा भएको सवारी दुर्घटनामा एक जनाको मृ’त्यु भएको छ भने तीन जना घाइते भएका छन्।

प्रधानमन्त्री बालेनलाई प्रत्यक्ष भेटेको छैन: माधवकुमार नेपाल

पूर्वप्रधानमन्त्री नेपालले प्रधानमन्त्री बालेन शाह र प्रमुख राजनीतिक दलहरूबीच संवादहीनताको अवस्था रहेको सुनाए।

फेसबुकमा लेखेर क्रान्तिकारी बन्ने प्रवृत्ति बन्द गर्नुस्, संसद्‌मा बोल्नुस् : खुश्बु ओली

राजनीति व्यक्तिगत सुविधा हेरेर बोल्ने विषय नभएको उल्लेख गर्दै उनले आफ्नै सरकारलाई समेत आवश्यक प्रश्न गर्न सक्नुपर्ने बताइन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्