१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

घुससहित अदालतका दुई कर्मचारी पक्राउ

भैरहवामा घुससहित २ जना पक्राउ परेका छन्। जिल्ला अदालत रुपन्देहीमा कार्यरत लेखपाल र नायब सुब्बालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलले दुई हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ।

चीनकै आग्रहमा पक्राउ परेका थिए १ सय २२ चिनियाँ

नेपालमा हुने अपराधमा चिनियाँ नागरिकको संलग्नता बढ्दै गएपछि नेपाल प्रहरीले सोमबार ठूलो संख्यामा चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। बैकका एटिएमहरू ह्याकिङ, वित्तीयसहित विभिन्न अपराधमा संलग्न भएको आशंकामा एक सय२२ चिनियाँ नागरिक पक्राउ परेका हुन्।

नक्कली घ्यू बनाउने कारखाना फेला, संचालकसहित ३ पक्राउ

वीरगन्जमा प्रहरीले नक्कली घ्यू बनाउने कारखाना र गिरोह बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साको एउटा टोलीले वीरगन्ज महानगरपालिका वडा नं १५ लक्ष्मण वा ब्रह्मचोक नजिक संचालन गरिएको नक्कली घ्यु बनाउने कारखाना फेलापारेपछि त्यसका संचालक सहितच ३ जनालाई नियन्त्रणमा लिएको प्रहरी नायब उपररक्षिक बिरेन्द्र बहादुर शाहीले बताए।

पक्राउ पर्ने अवैध चिनियाँ नागरिकको संख्या १२२ पुग्यो

अवैध रुपमा नेपालमा बसोवास गर्दै आएका चिनियाँ नागरिकको पक्राउ संख्या १ सय २२ पुगेको छ।

वीरगन्जमा नक्कली घ्यू बनाउने कारखाना फेला, संचालक सहित ३ पक्राउ

वीरगन्जमा प्रहरीले नक्कली घ्यू बनाउने कारखाना फेला पारेको छ। जिल्ला प्रहरी कार्यालय पर्साको एउटा टोलीले बीरगंज महानगरपालिका वडा नं.१५ लक्ष्मणवाब्रह्म चोक नजिक संचालन गरिएको नक्कली घ्यू बनाउने कारखाना फेला पारे पछि त्यसका संचालक सहित तीन जनालाई नियन्त्रणमा लिएको प्रहरी नायब परीक्षक वीरेन्द्र बहादुर शाहीले बताए।

विप्लवका दाजु सहित २१ जना कारागार चलान

नेत्रविक्रम चन्दका दाई चन्द्रवहादुर चन्द सहित दाङमा पक्राउ परेका बिप्लव समूहका २१ नेता जेल गएका छन्। दाङ देउखुरी जिल्ला अदालतले तोकेको धरौटी तिर्न नसक्दा उनिहरु जेल चलान भएका हुन्। सोमवार जिल्ला अदालतले उनिहरुलाई जनही १५/१५ हजार रुपैयाँ धरौटीमा रिहा हुन आदेश दिएको थियो। तर विप्लव समूहका २१ जना नेताले आँफूहरुले धरौटी तिर्न नसक्ने भएका कारण कारागार चलान हुने निर्णय लिएका थिए।

गाउँपालिका अध्यक्ष पक्राउ

सवारी ज्यान मुद्दामा १३ वर्षदेखि फरार विश्रामपुर गाउँपालिकाका अध्यक्ष अमिरीलाल पाल भेडिहरलाई बारा प्रहरीले नियन्त्रणमा लिएको छ।

विमानस्थलबाट ६ किलो कोकिनसहित चार विदेशी पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र लागुऔषध नियन्त्रण व्यूरोबाट दिनैपिच्छे सादा पोशाकमा प्रहरी खटिन्छन्।

सवारी ज्यान मुद्धामा १३ वर्षपछि गाउँपालिका अध्यक्ष पक्राउ

बाराको विश्रामपुर गाउँपालिकाका अध्यक्ष अमिरीलाल राउत भेदिहर पक्राउ परेका छन्।

डा.श्रेष्ठलाई बन्धक बनाउने योञ्जन जेल चलान

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा.भक्तमान श्रेष्ठलाई बन्धक बनाउने एक जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ।

विवाहको आश्वासन देखाई बलात्कार गर्ने पक्राउ

विवाहको आश्वासन दिई १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले डाकनेश्वरी नगरपालिका–५ का २० वर्षीय सियाराम मण्डल खत्वेलाई पक्राउ गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्