'नेपालले भारत–पाक वार्तामा समन्वय गर्न सक्छ '
पाकिस्तानका प्रधानमन्त्रीले नेपालका अधिकारीसँगको अन्तरक्रियाबाट नेपालको राजनीतिक स्थायित्वप्रति आफू आशावादी भएको बताए । उनले भने, 'संवैधानिक प्रजातन्त्रले यहाँ जरा गाडेको छ भन्ने मलाई लाग्छ । नेपाल विकासको अर्को चरणमा प्रवेश गर्न तयार भएको छ भन्ने मलाई लाग्छ ।प्रजातन्त्र आधारभूत प्रस्थापना हो । प्रजातन्त्र सुनिश्चित भएपछि सबै कुरा आउँछ ।'