७ आश्विन २०८१ सोमबार
image/svg+xml

आगलागी हुँदा दुई घर जले

आगलागी हुँदा खोटाङमा दुई घर जलेको छ। सोमबार दिउँसो भएको आगलागीमा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका भीमबहादुर तामाङ र टंकनाथ तामाङको घर जलेको हो।

फर्निचर उद्योगमा आगलागी हुँदा करोडौंको क्षति

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १३ उदयपुरमा रहेको ओम प्लाई एण्ड फर्निचर उद्योगमा आगलागी हुँदा करोडौंको क्षति भएको छ।

आगलागी कसरी नियन्त्रण गर्ने ?

खोटाङमा अग्नी नियन्त्रण सम्वन्धी सीप प्रदर्शन गरिएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आर्थिक तथा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाको प्राविधिक सहयोगमा सञ्चालित अग्नी नियन्त्रण सम्बन्धी तालिमका सहभागी अग्नी नियन्त्रकले अग्नी नियन्त्रण सीप प्रदर्शन गरेको हो। आगलागी भएका बेलामा धनजनको क्षति न्यूनीकरण गर्ने सचेतनाका लागि शनिबार दिक्तेलको हेलीप्याडमा अग्नी नियन्त्रण सम्बन्धी सीप प्रदर्शन गरिएको हो।

भीषण डढेलोका कारण दक्षिण कोरियामा राष्ट्रिय प्रकोप घोषणा

राष्ट्रिय राजधानी सोलबाट करिब २ सय १० किलोमिटर उत्तरपश्चिममा रहेको सीमावर्ती शहरको सडक इलाकाबाट स्थानीय समयानुसार बिहीबार राति सो आगलागी शुरु भएको थियो।

६ वटा पसलमा आगलागी हुँदा ६० लाखको क्षति

मलंगवा नगरपालिका–१० जिविस चोक निवासी शंकर गुप्ताले बाख्रा बाँध्ने गोठमा लामखुट्टे धपाउन बालेको घुरबाट विहिबार बिहान २ बजे आगलागी सूरु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

बंगलादेशमा आगलागी, कम्तीमा सातको मृत्यु

बंगलादेशको राजधानी ढाकास्थित एक व्यापारिक क्षेत्रमा रहेको एउटा भवनमा भएको आगलागीमा परी कम्तीमा सात जनाको मृत्यु भएको छ।

एकीकृत जाँच चौकीमा आगलागी

वीरगञ्जस्थित एकीकृत जाँच चौकी(आईसीपी) मा आगलागी भएको छ। चौकीको भारततर्फको जाँच गर्ने भागमा आगलागी भएको हो। दिउँसो १ बजेबाट लागेको आगो अझै नियन्त्रणमा आएको छैन

आगलागीमा परी दुई बालिकासहित तीन जनाको मृत्यु

शनिबार दिउँसो सिरहाको छुट्टाछुट्टै स्थानमा भएको आगलागीमा परी दुई बालिका र एक महिलाको मृत्यु भएको छ।  धनगढीमाई नगरपालिका–१४ अमिलटार स्थित दीपक धमलाको घरमा भएको आगलागीमा परी उनकी ६ वर्षिया छोरी दीक्षा धमला र छिमेकी नित्यराज पोखरेलकी ७ वर्षिया छोरी रितु पोखरेलको मृत्यु भएको हो।

आगलागीबाट छ महिने शिशुको मृत्यु

इच्छाकामना गाउँपालिका वडा नम्बर २ को काउलेमा शुक्रबार आगलागी हुँदा छ महिने शिशुको मृत्यु भएको छ। दिउँसो करिब ३ बजे घरमा लागेको आगलागीमा रामबाबु प्रजाको ६ महिने छोरा शिव प्रजाको मृत्यु भएको हो। आगलागीमा जलेर शिशुको घटनास्थलमा नै मृत्यु भएको हो।

सुक्खायामसँगै सिन्धुलीमा आगलागीका घटना बढ्दै

प्रहरीका अनुसार पछिल्लो एक सातामा मात्र आगलागीबाट १ जनाको ज्यान गएको छ भने १७ घरगोठ जलेर नष्ट भइसकेको छ। पोखरेका स्थानीय शान्तिमाया खवतरीको घरमा आगालागी भएपछि आगो निभाउने क्रममा दुधौली नगरपालिका ५ का ४७ बर्से रेवती अधिकारीको मृत्यु भएको थियो।

ग्यास सिलिण्डर पड्किएर आगलागी हुँदा १३ लाखको क्षति

उत्तरी धादिङको खनियावास गाउँपालिका वडा न. १ गर्तुङमा ग्यास सिलिण्डर पड्किएर आगलागी भएको छ। स्थानीय चक्रबहादुर तामाङको घरमा खाना पकाउन राखेको ग्यास चुलोबाट आइतबार सांझ एक्कासी आगलागी भएको हो। आगलागीबाट १३ लाख २४ हजार ४ सय ५० लाखको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

आगलागीबाट विस्थापितलाई गाउँपालिकाको राहत

खोटाङको रावाबेंसी गाउँपालिकाले आगलागीबाट विस्थापित परिवारलाई राहत प्रदान गरेको छ। शुक्रबार दिउँसो स्थानीय गढीथुम्का र कासेघडेरी सामुदायिक वनबाट सुरु भएको भिषण डढेलोले घर जल्दा रावाबेंसी गाउँपालिका–५ दुबेकोलस्थित घलेगाउँका गोपाल पाण्डे, युवराज पाण्डे, अभिकेसर पाण्डे र भीम पाण्डेका परिवार विस्थापित भएका थिए। विस्थापित उनीहरुलाई गाउँपालिकाले राहत प्रदान गरेको हो।

‘लगाएको लुगाबाहेक केही बचेन’

खोटाङको रावाबेंसी गाउँपालिका–५, दुबेकोल घलेगाउँका गोपाल पाण्डेले जंगलमा लागेको डढेलोले आफ्नो घर खाला भन्ने सायदै सोचेका थिए। शुक्रबार उनी गोठालो गएका थिए। घरमा श्रीमती मात्र थिइन्। स्थानीय गढीथुम्का र कासेघडेरी सामुदायिक वनमा लागेको डढेलो बस्तीमा पस्यो। बस्तीमा पसेको आगोले गोपाललगायतको घर छिनभरमै सखाप पा-यो।

आगलागीमा १० घर नष्ट, लाखौँको क्षति

हावाहुरीसँगै सप्तरीको सुरुङ्गा नगरपालिका–९ प्रमाणपुरमा शनिबार दिउँसो भएको आगलागीमा १० घर जलेर नष्ट हुँदा करिब २६ लाख मूल्य बराबरको क्षति भएको छ ।

गुड्दै गरेको बसमा आगलागी

काठमाडौंदेखि जुम्ला जाँदै गरेको कर्णाली यातायातको बसमा आगलागी भएको छ। शनिबार विहान साढे ११ बजेतिर बराहताल गाउँपालिकाको मसिना नजिकै गुडीरहेको बसमा आगलागी भएको प्रहरी चौकी बड्डीचौरका प्रहरी सहायक निरीक्षक कृष्ण कँडेलले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्