८ आश्विन २०८१ मंगलबार
image/svg+xml

मनगणन्ते उजुरीले सकस

अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा आन्तरिक राजस्व विभागका महानिर्देशक चूडामणि शर्मासहित ६५ जनाविरुद्ध छानबिन गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७४ माघ १५ गते विशेष अदालतमा मुद्दा दायर गर्दा चारजनामात्रै विपक्षी बनायो।

यस कारण घट्यो भन्सार राजस्व

आर्थिक वर्ष २०७५/०७६ फागुन मसान्तसम्म वीरगन्जस्थित मुलुकको प्रमुख भन्सार कार्यालयले लक्ष्यअनुसार राजस्व उठाउन सकेन। राजस्वको प्रमुख स्रोत रहेका वस्तु आयातमा आपेक्षाअनुसार प्रगति नभएपछि त्यसको प्रभाव राजस्व संकलनमा परेको हो। राजस्व असुलीमा विगतभन्दा निकै कडाइ गरिएको भन्ने आरोपबीच वीरगन्ज भन्सार कार्यालयले फागुन मसान्तसम्ममा लक्ष्यको तुलनामा ९३.४५ प्रतिशत मात्र राजस्व संकलन गरेको छ।

चौधरी ग्रुपको राजस्व नौ अर्ब ६७ करोड

गत आर्थिक वर्षमा चौधरी ग्रुप सम्वद्ध कम्पनीले नौ अर्ब ६७ करोड रूपैयाँ राजस्व तिरेका छन्। चौधरी ग्रुपका अनुसार आर्थिक वर्ष ०७३/७४ को तुलनामा गत आवमा २२. ७२ प्रतिशत बढी राजस्व दाखिला गरिएको हो।

एक लाख ६३ हजार करदाता थपिए

राजस्व नीति तथा कार्यान्वयनलाई प्रभावकारी बनाउँदै लगिएका कारण चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्म थप एक लाख ६३ हजार सात सय १० करदाता करको दायरामा आएका छन्। अर्थ मन्त्रालयका अनुसार कुल एक लाख ३२ हजार २१ आयकरतर्फ नयाँ दर्ता भएका छन्।

अझै भ्याटको नक्कली कारोबार

विगतमा सरकारले मूल्य अभिवृद्धि कर (भ्याट) को नक्कली कारोबार गरेर सात अर्ब रुपैयाँभन्दा बढी राजस्व छल्ने व्यापारिक घरानाहरुलाई हीकोकारबा दायरामा ल्याए पनि भ्याटको नक्कली कारोबारले निरन्तरता पाएको देखिएको छ ।

लक्षित आर्थिक वृद्धिदर पूरा हुने

अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वृद्धिदर ७–८ प्रतिशतभित्र रहने बताएका छन्। सरकारले चालु आर्थिक वर्षमा ८ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ।

राजस्वको लक्ष्य पुर्‍याउनै कठिन

चालु आर्थिक वर्षमा राजस्वको लक्ष्य पूरा नहुने संकेत अर्थमन्त्री डा. युवराज खतिवडाले गरेका छन्। बजेटको अर्धवार्षिक समीक्षामा भनिएको छ , ‘अपेक्षित राजस्वको लक्ष्य पूरा गर्न थप प्रयास आवश्यक देखिन्छ।’ अर्थ मन्त्रालयको यस्तो धारणाले यही गतिमा राजस्व नपुग्ने प्रष्ट संकेत गरेको छ।

पौने दुई अर्ब राजस्व ठगी आरोपमा मुद्दा दर्ता

कर छलीको आरोप लागेका परमेश्वर साह र जयकिशोर साहविरुद्ध राजस्व अनुसन्धान विभागले मुद्दा दर्ता गरेको छ। विभागले उनीसहित २४ व्यावसायिक फर्मविरुद्ध मुद्दा दायर गरेको हो।

राजस्व लक्ष्य पुगेन, ७ महिनामा ४ खर्ब ५५ अर्ब

सरकारले चालु आर्थिक वर्षको सात महिनामा चार खर्ब ५५ अर्ब ३९ करोड राजस्व संकलन गरेको छ। संकलित राजस्व गएको आवको सोही अवधिको तुलनामा २४ प्रतिशतले बढी भएपनि लक्ष्यभन्दा ३७ अर्ब ५५ करोडले कम हो।

भारतीय नागरिक सहनीविरुद्ध ३६ करोडको मुद्दा

राजस्व अनुसन्धान विभागले आदित्य ट्रेड सप्लायर्सका प्रोप्राइटर भारतीय नागरिक अमितकुमार सहनीविरुद्ध १६ करोड ९८ लाख रुपैयाँ राजस्व चुहावट गरेको आरोपसहित काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ। विभागले सहनीविरुद्ध ३६ करोड रुपैयाँ जरिवाना र कैद सजाय माग गर्दै बुधबार मुद्दा दर्ता गरेको हो।

आदित्य ट्रेडलाई ३६ करोड मागदावी सहित मुद्दा

राजस्व अनुसन्धान विभागले गैर कर विजक जारी गरी राजस्व चुहावट गरेको र विदेशी विनिमय अपचलन गरेको आरोपमा आदित्य ट्रेड सप्लायर्सका संचालक अमित कुमार सहनीलाई विगो र जरिवाना सहित ३६ करोड एक लाख रुपैयाँ मागदावी सहित काठमाडौं जिल्ला अदालतमा मुद्दा दायरा गरेको छ।

एनसेल कर प्रकरण अन्तरकथा

घटना करिब एक दशकअघिको हो। महेन्द्रनगरमा खोलिएको लारी डिस्टिलरीले राजनीतिक पहुँच र मुद्दा मामिलामा अल्झाएर राजस्व तिरेन। डिस्टिलरीका सञ्चालक भारतीय नागरिक मकबुल अहमद थिए। उनी राजस्व तिर्न अटेरी गरेरै बिते। राजस्व असुलीमा सरकारले निरन्तरता दिइरहेकै थियो। करिब दुई दशकको सरकारको प्रयासपछि अहमदका छोरा मुज्जफ्र अहमद मियाको नाममा विराटनगरमा रहेको जग्गा सरकारले लिलामी गरी ३ करोडभन्दा बढी रुपैयाँ असुली गर्‍यो।

‘हुन्डी कारोबारी’माथि चार अर्बको मुद्दा'

राजस्व अनुसन्धान कार्यालय पथलैयाले हुन्डी कारोबार गरेको अभियोगमा आठजनाविरुद्ध चार अर्ब १६ करोड रुपैयाँ बिगो दाबीसहित जिल्ला अदालत धनुषामा मुद्दा दायर गरेको छ।

कर छलीमा राजस्वको छानबिन

लामो समयदेखि विवादमा रहेको नेपाल आयल निगमको जग्गा खरिद प्रकरणमा आयकर विषयमा आन्तरिक राजस्व विभागले छानबिन सुरु गरेको छ। निगमले इन्धन भण्डारणका लागि चितवन, भैरहवा, सर्लाही र झापामा जग्गा खरिद गरेर रकम भुक्तानी गर्दा ६१ करोड ३४ लाख रुपैयाँ आयकर नतिरेको भन्दै महालेखापरीक्षकको कार्यालयले असुल गर्न निर्देशन दिएको थियो।

१५ अर्ब १७ करोड राजस्व संकलन

रसुवागढी भन्सार कार्यालयले साढे तीन वर्षमा १५ अर्ब १७ करोड राजस्व संकलन गरेको छ। ४३ महिनाअघि भूकम्प गएपछि रसुवागढी नाकामा नियमित कारोबार सुरु भएको थियोे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्