५ मंसिर २०८१ बुधबार
image/svg+xml

हस्तकलाका सामाग्री चोर्ने पक्राउ

प्रहरीले १२ लाख मूल्य बराबरको हस्तकलाका (काँस तथा पित्तल) सामग्री चोरी गरेको आरोपमा  चार जनालाई पक्राउ गरेको छ।

हस्तकलाका सामग्री चोर्ने पक्राउ

महानगरीय प्रहरी वृत्त स्वयम्भूको टोलीले काठमाडौँ महानगरपालिका–१५ जनमार्गबाट सामान चोर्ने काभ्रेपलाञ्चोकका १८ वर्षीय दयाराम गहतराज, २४ वर्षीय रोशन लामा, २३ वर्षीय मानबहादुर विश्वकर्मा र २२ वर्षीय रामलाल तामाङलाई आइतबार राति पक्राउ गरेको हो।

एक केजी सुनसहित दुई महिला पक्राउ

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट अवैध रूपमा सुन ल्याउँदै गर्दा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रसुवाको गोसाइँकुण्ड गाउँपालिका–१, थुमनका ममाया तामाङ र छोमाया तामाङ रहेका छन् ।

विप्लव कार्यकर्ता पक्राउ

प्रहरीले नेत्रविक्रम चन्द विप्लव समुहका दुई जना कार्यकर्तालाई पक्राउ गरेको छ। कालीकोट खाडाचक्रमणी नगरपालिका–२ का वर्ष २८ को रमेश विक र सन्जु चौधरीलाई बासगढीबाट प्रहरीले पक्राउ गरेको हो।

बाघको छालासहित ६ जना पक्राउ

पक्राउ पर्नेमा गजुरी गाउँपालिका वडा नं ३ बस्ने ३७ वर्षीय भाईराम प्रजा, ३४ वर्षीय राजेन्द्र तामाङ, २१ वर्षीय ज्ञानबहादुर विक, २५ वर्षीय आशिष तामाङ, बेनिघाट रोराङ गाउँपालिका वडा नं २ बस्ने ५७ वर्षीय सन्त तामाङ, बेनिघाट रोराङ गाउँपालिका वडा नं ३ बस्ने २१ वर्षीय राजकुमार तामाङ रहेका छन्।

सामुहिक बलात्कारका मुख्य अभियुक्त ३ बर्षपछि पक्राउ

३ बर्ष अघि कपिलवस्तुको मायादेवी गाउँपालिकाका– १ पकडीमा एक युवतीलाई सामुहिक बलात्कारपछि फरार रहदै आएका मुख्य अभियुक्तलाई प्रहरीले शनिबार दिउँसो पक्राउ गरेको छ।

१२ वर्षीया बालिकालाई गर्भवती बनाउने युवा पक्राउ

खोटाङमा १२ वर्षीय बालिकालाई गर्भवती बनाउने युवा पक्राउ परेका छन्। बालिकालाई गर्भवती बनाएर फरार भएका साकेला गाउँपालिकाका २४ वर्षीय युवा बिहीबार पक्राउ परेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी बामदेव गौतमले बताए। प्रहरीले पिडक र पिडितको नाम गोप्य राखेको छ।

मोटरसाइकल चोरीमा संलग्न एक पक्राउ

प्रहरीले मोटरसाइकल चोरीमा संलग्न एक युवालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतले दैलेखको चामुण्डाविन्द्रासैनी–६ का २२ वर्षीय प्रशान्त शाहीलाई वीरेन्द्रनगरबाट पक्राउ गरेको हो।

दुई थान स्वचालित पेस्तोलसहित युवक पक्राउ

सिरहाको कल्याणपुर नगरपालिका २ चतरीबाट स्वचालित पेस्तोलसहित एक युवकलाइ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा कल्याणपुर नगरपालिका ३ इटारीका २१ वर्षीय अहमद मिया रहेको सिरहा प्रहरी प्रमुख एसपी उमाप्रसाद चतुर्वेदीले जानकारी दिए।

अर्काको नाममा ट्रायल दिने तीन नक्कली परीक्षार्थी पक्राउ

ट्राफिक प्रहरीले अर्काको नाममा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि ट्रायल दिने तीन नक्कली प्रशिक्षार्थीलाई पक्राउ गरेको छ।

स्राेत नखुलेको ३५ लाख ५० हजारसहित दुई जना पक्राउ

स्रोत नखुलेको ३५ लाख ५० हजार नगदसहित दुई जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरिक्षक विकासराज खनालका अनुसार पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका–७ का झवानीका सुनिल महतोे र राजन दुबे रहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्