९ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

एक केजी सुनसहित दुई महिला पक्राउ

रसुवा – चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट अवैध रूपमा सुन ल्याउँदै गर्दा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रसुवाको गोसाइँकुण्ड गाउँपालिका–१, थुमनका ममाया तामाङ र छोमाया तामाङ रहेका छन् ।

सोमबार बिहान चीनको केरुङबाट अवैध रूपमा ल्याइएको १ केजी सुन सहित दुई महिलालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । केहीबेरमा पत्रकार सम्मेलन गरेर थप जानकारी दिने प्रहरीले जनाएको छ ।
 

प्रकाशित: ९ मंसिर २०७६ ०६:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App