२४ असार २०८१ सोमबार
image/svg+xml

प्रधानमन्त्री दैवीप्रकोप कोषमा एनआएनएले ५१ लाख सहयोग गर्ने

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२ औं क्षेत्रीय बैठक आइतवार सम्पन्न भएको छ। ईटालीको राजधानी रोममा आयोजित बैठकको अन्त्यमा १७ बुँद्धे घोषणापत्र जारी गरिएको छ। बैठकले प्रधानमन्त्री दैवी प्रकोप कोषमा ५१ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।

घर माग्दै भूकम्प पीडित सदरमुकाममा

७१ वर्षिया पुर्णिमाया गुरुङ एक हातमा लठ्ठी अर्को हातमा अनुदान सम्झौताको रातो कागजात लिएर पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यन्वयन ईकाईको कार्यालय जाँदै गर्दा बिहिबार समन्वय समितिको आँगनमा भेटिईन। उनको एउटै माग थियो गैरआवासिय नेपाली संघ (एनआरएनए)ले धार्चे गाउँपालिका–४ लाप्राकको गुप्सिपाखामा बनाएको एकिकृत बस्तीमा आफुले पनि घर पाउनुप-यो।

एनआरएनएको फेमिली कार्ड सुरु

गैरआवासीय नेपाली संघ (एनआरएनए)का पञ्जीकृत सदस्य एवं तिनका परिवारलाई लक्षित गरी आइतबारबाट एनआरएन फेमिली सुरु गरिएको छ । संघको सचिवालय बालुवाटारमा पत्रकार सम्मेलन गरी कार्डको सुरुवात गरिएको हो । यो कार्ड संघका पञ्जीकृत सदस्यका नेपालमा बसोबास गर्ने परिवारका बाबु–आमा, श्रीमान–श्रीमती, र छोराछोरीले प्राप्त गर्न सक्ने बताइएको छ । विवाह गरेका सन्तानका लागि भने यो व्यवस्था लागू नहुने संघले जनाएको छ ।

प्रदेश सरकार–एनआरएनएबीच सम्झौता

नमुना आधुनिक कृषि बजार परियोजना सञ्चालन गर्न प्रदेश ३ सरकार र गैरआवासीय नेपाली संघ (एनआरएनए))बीच सम्झौता भएको छ। बुधबार हेटौंडामा आयोजित कार्यक्रममा प्रशोधन सुविधासहितको नमुना आधुनिक कृषि परियोजना सञ्चालन गर्न उक्त सम्झौता गरिएको हो।

ललितानिवासको जग्गा बेचबिखनमा रोक

संगठित गिरोहबाट हडपिएको बालुवाटारस्थित सरकारी सम्पत्ति ललितानिवास र त्यसले चर्चेको जग्गा बेचबिखनमा रोक लगाइएको छ। पूर्वप्रधानमन्त्री सुवर्णशमशेर राणाको तत्कालीन भोगाधिकारी, सरकारी कर्मचारी र भूमाफियामार्फत हडपिएको करिब एक सय १४ रोपनी जग्गा बिक्रीमा सरकारले रोक लगाएको हो।

सरकारी जग्गामा ठडिए भाटभटेनी र एनआरएन भवन

मुआब्जा दिएर सरकारले अधिग्रहण गरेको बालुवाटारस्थित ललितानिवासले चर्चेको जग्गामा भाटभटेनी सुपरमार्केट र गैरआवासीय नेपाली संघ (एनआरएनए) का भौतिक संरचना निर्माण गरिएको तथ्य खुलेको छ।

सरकार र एनआरएनबीच १० अर्बको लगानीमा सहमति

सरकार र गैर आवासीय नेपाली संघ (एनआरएनए) बीच नेपालमा १० अर्ब लगानी गर्नेसम्बन्धी सम्झौता भएको छ।  राजधानीमा लगानी सम्मेलनको अवसरमा सरकार र एनआरएनएबीच सो सम्झौतामा हस्ताक्षर भएको हो। एनआरएनको लगानी सम्बन्धी सो प्रस्ताव हालै परेको मन्त्रिपरिषद् बैठकले पारित गरेको थियो।

माल्टामा एनआरएनएको राष्ट्रिय समन्वय समिति

माल्टामा तेज बहादुर लिम्वुको अध्यक्षतामा गैरआवासीय नेपाली संघ (एनआरएनए)  राष्ट्रिय समन्वय समिति गठन भएको छ। गैरआवासीय नेपाली संघका उपाध्यक्ष कुमार पन्तले कार्यसमितिमा चुनिएका पदाधिकारीलाई मंगलबार पद तथा गोपनियताको सपथ गराएका छन्। यो गैरआवासीय नेपाली संघ (एनआरएनए)  को  ८० औं  राष्ट्रिय समन्वय समिति हो।

१२  बुँदे घोषणापत्र जारी गर्दै एनआरएन अफ्रिका क्षेत्रीय बैठक सम्पन्न

गैरआवासीय नेपाली संघ (एनआरएनए) अफ्रिकाको तेस्रो क्षेत्रीय बैठक युगाण्डाको राजधानी कम्पालामा  आइतवार सम्पन्न भएकाे छ।

सिन्धुलीगढी  पुनर्निर्माण गुरुयोजना हस्तान्तरण

गैरआवासीय नेपाली संघ(एनआरएनए)ले  सिन्धुलीगढी जिर्णोद्वार एवम् पुनर्निर्माण गुरुयोजना कमलामाई नगरपालिकालाई हस्तान्तरण गरेको छ।

एनआरएनए मध्यपूर्व संयोजक शर्मा पक्राउ

गैर आवाशीय नेपाली संघ (एनआरएनए)का मध्यपूर्व संयोजक आरके शर्मालाई आज कतार प्रहरीले गिरफ्तार गरेको छ।

नागरिकता विधेयकमा एनआरएनको ९ बुँदे सुझाव

सरकारद्धारा संसदमा प्रस्तुत नेपाल नागरिकता ऐन २०६३ मार्फत गैरआवासीय नेपालीलाई प्रदान गरिने एनआरएन नागरिकता सरकारको सकरात्मक कदम भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जनाएको छ

एनआरएनएको तेश्रो अफ्रिका क्षेत्रीय बैठक कम्पालामा हुने

गैर आवासीय नेपाली संघको तेस्रो अफ्रिका क्षेत्रीय बैठक युगान्डाको राजधानी कम्पालामा यहि डिसेम्बर २९ र ३० मा अायोजना हुने भएको छ।

सुशील कोइराला फाउण्डेशन र एनआरएनएबीच सम्झौता

सुशील कोइराला मेमोरियल फाउण्डेशनले सामाजिक क्षेत्रमा काम गर्नका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) सँग सहकार्य गर्ने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्