१२ मंसिर २०८१ बुधबार
image/svg+xml

भद्रकाली आयल स्टोरलाई दुई लाख जरिवाना, कारोबार रोक्का

दिनुपर्ने भन्दा कम परिमाणमा इन्धन बिक्री वितरण गरेको भन्दै सरकारले गोठाटारस्थित भद्रकाली आयल स्टोरलाई २ लाख रुपैयाँजरिवाना गरेको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीले आज गरेको अनुगमनका क्रममा सो आयल स्टोरले प्रतिलिटरमा २५ देखि ३५ एमएल इन्धन ठगी गरेको पाइएको थियो।

‘सस्तो इन्धन चाहिए हस्तक्षेप बन्द गर’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सस्तोमा तेल चाहिए मध्यपूर्वमा हस्तक्षेप बन्द गर्नुपर्ने इरानका तेल इन्धनमन्त्री बिजान जाङगानेले बुधबार बताएका छन्।

ट्यांकर सञ्चालन नगरे ढुवानी सम्झौता रद्द गर्न निगमकाे चेतावनी

नेपाल आयल निगमले इन्धन ढुवानीकर्ता तथा चालकले तत्काल ट्याङ्कर सञ्चालन नगरे ढुवानी सम्झौता रद्द गर्ने जनाएको छ। निगमले बुधबार सूचना प्रकाशित गर्दै पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थामा प्रतिकूल प्रभाव पार्ने पिडिओ नलिने, भारतीय आयल कर्पोरेशन (आइओसी)मा इन्धन लिन नजाने, डिपोमा इन्धन लिएर नआउने र बिक्री वितरणमा असहयोग गर्ने ट्याङ्कर तथा चालकलाई कडा कारवाही गरिने जनाएको छ।

औद्योगिक वस्तुको आयात उच्च

गत महिना औद्योगिक उपकरणको आयात उच्च भएको छ । सरकारी तथ्यांकअनुसार गत साउनमा फलाम तथा स्टिल, हजाईजहाज तथा पार्टपुर्जा र इन्धनको आयात ह्वात्तै बढेको छ।

गाडी, इन्धन र औद्योगिक कच्चा पदार्थबाट धेरै राजस्व

देशको सबैभन्दा बढी कारोबार हुने वीरगन्ज भन्सार भएर यो वर्ष आयात भएका वस्तुमध्ये विभिन्न किसिमका सवारी साधन, इन्धन र औद्योगिक कच्चा पदार्थको रुपमा भित्र्याइएका विभिन्नखाले वस्तु रहेका छन् ।वीरगन्ज भन्सार कार्यालयले आर्थिक वर्ष ०७४-७५ मा एक खर्ब ३१ अर्ब ३३ लाख १७ हजार राजस्व असुली गरेकामा सबैभन्दा बढी राजस्व दिने वस्तुमा जिप, कार, भ्यान रहेका छन् ।

वार्षिक ६८ करोडको इन्धन चोरी

विगतका वर्षमा ढुवानीका क्रममा वार्षिक कम्तीमा ६८ करोड रुपैयाँबराबरको इन्धन चुहावट (चोरी) भएको तथ्य पुष्टि भएको छ।

निर्यातभन्दा दोब्बर मूल्यको इन्धन आयात

मुलुकबाट निर्यात हुने वस्तुको कुल मूल्यभन्दा दोब्बरको इन्धन आयात भएको छ । यो वर्ष करिब डेढ खर्ब रुपैयाँको इन्धन आयात गरेको नेपाल आयल निगमले जनाएको छ।

वर्षातमा इन्धन खपत घट्यो

वर्षात् सुरु भएसँगै बजारमा इन्धनको खपत घटेको छ । वर्षातमा सवारी वालाले यात्रा कम गर्ने र विकास निर्माणका काम घटेपछि इन्धन खपत घटेको नेपाल आयल निगमले जनाएको छ।

सेनाले इन्धन ढुवानी गर्ने

पाएको नेपाली सेनालाई सरकारले इन्धन ढुवानी गर्न दिने भएको छ । निजी क्षेत्रले पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन ढुवानी गर्दै आएकोमा अब ढुवानीको जिम्मा सेनालाई पनि दिन लागिएको हो।

चीनबाट इन्धन ल्याउने विषयमा ओली मौन

भारतीय नाकाबन्दीका बेला पेट्रोलियम पदार्थ आयातमा भारतको एकाधिकार तोड्ने उद्घोष गरेका प्रधानमन्त्री केपी शर्मा ओली चीनबाट इन्धन ल्याउन पहल गर्ने विषयमा पछि हटेका छन्।

हवाई इन्धन भर्न ‘हाइड्रेन्ट’ प्रविधि

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई इन्धन (एटिएफ) भर्न रिफ्युलर अभाव भएपछि नेपाल आयल निगमले ‘हाइड्रेन्ट’ प्रविधि प्रयोगमा ल्याउन गृहकार्य सुरु गरेको छ ।

इन्धनको मुल्य वृद्धिसँगै साउदी अरबको अर्थतन्त्रमा सुधारको सङ्केत

इन्धनको मुल्यमा भएको वृद्धिसँगै साउदी अरबको अर्थतन्त्रमा सुधारको सङ्केत देखिएको छ। आर्थिक विश्लेषकहरूले बताएअनुसार पेट्रोलियम पदार्थको मूल्यमा भएको गिरावटबाट आर्थिक मन्दीको सामना गर्नु परेको साउदी अरबलाई इन्धनमा गरिएको मूल्यवृद्धिबाट सन् २०१८ को पहिलो चार महिनामा राहत मिलेको छ।

नुवाकोटमा इन्धन भण्डार बनाउन बुनीबेसी रोजियो

नुवाकोटमा इन्धन भण्डार निर्माणको लागि प्रक्रिया सुरु भएको छ। चीन सरकारको सहयोगमा बन्न लागेको इन्धन भण्डारको लागि जग्गा छनोट समेत भइसकेको छ।

डिजेल, पेट्रोल र हवाई इन्धनको मूल्य बढ्यो

अन्तर्ष्ट्रिय बजारमा इन्धनको मूल्य वृद्धि भए पछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।

चीनको सहयोगमा नुवाकोटमा इन्धन भण्डारण गृह निर्माण सुरु

नुवाकोटमा इन्धन भण्डारण गृह निर्माणको लागि प्रक्रिया सुरु भएको छ। चीन सरकारको सहयोगमा बन्न लागेको इन्धन भण्डारण गृहको लागि जग्गा छनोट समेत भइसकेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्