२३ आश्विन २०८१ बुधबार
image/svg+xml

शत्रुताको बाटो छाडेर आए एकता हुन्छ: माधव नेपाल

‘एमालेसँग सधैंभरि एकताको ढोका खुलै हुने छ। एमालेमा विद्रोह गरेर आएमा एकता हुन्छ ’, अध्यक्ष नेपालले भने, ‘शत्रुताको बाटो छाडेर आए एकता हुन्छ।’

अन्ततः एमाले विभाजित भएरै छाड्यो

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नेकपा (एकीकृत समाजवादी) दर्ता गर्ने निर्णय भएको जानकारी दिए। आयोगले यस्तो निर्णय गरेसँगै अन्ततः एमाले विभाजित हुन पुगेको छ। एमाले विभाजनको अवस्थामा आउनुअघि पार्टीमा लामो रस्साकस्सी चलेको थियो।

नेकपा (एकीकृत समाजवादी) दर्तामा क–कसले गरे सनाखत(नामावली)

नेकपा (एकीकृत समाजवादी) दर्ताको सनाखत सकिएको छ। निर्वाचन आयोग पुगेर सो दलका नेताहरुले सनाखत गरेका हुन्।

प्रचण्ड, बाबुराम, वैद्य र विप्लवसँग मिलेर ठूलो पार्टी बनाउँछौं: मेटमणि चौधरी

नेकपा (एकीकृत समाजवादी) का नेता मेटमणि चौधरीले चार महिनाभित्र नेकपा (एकीकृत समाजवादी) मुलुककै ठूलो दल बन्ने दाबी गरेका छन्।

सकियो नेकपा(एकीकृत समाजवादी) को सनाखत

नेकपा (एकीकृत समाजवादी)का ३० सांसद र ५५ जना केन्द्रीय सदस्यहरु आयोग पुगेर सनाखत गरेका हुन्। नयाँ दल दर्ताका लागि बुधबार निर्वाचन आयोग पुगेर तिनीहरुले सनाखत गरेका निर्वाचन आयोगले जनाएको छ।

निर्वाचन आयोग पुगे माधव नेपाल

नेकपा (एकीकृत समाजवादी दल) दर्ताका लागि निवेदन दिएका माधवकुमार नेपाल सनाखतका लागि निर्वाचन आयोग पुगेका छन्। माधवकुमार नेपाल लगायतका नेताहरु आयोग पुगेका हुन्।

पार्टी दर्ताका लागि सनाखत आज

आयोगले माधवकुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी पार्टी र महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी दर्ताका लागि दिइएको निवेदनमा हस्ताक्षर गरेका नेताहरूको हस्ताक्षर सनाखतका लागि कार्यालयमा बोलाएको हो।

‘एकतामा ओली बाधक’

चन्द्रागिरि हिल्समा केन्द्रीय सदस्यहरूसँगको छलफलका क्रममा मंगलबार आयोजित पत्रकार सम्मेलनमा नेता नेपालले एमालेभित्र दक्षिणपन्थी र क्रान्तिकारी गरी दुई धार देखिएको बताए। क्रान्तिकारी धार लोकतान्त्रिक वामपन्थी शक्तिहरूसँग एकताबद्ध भएर अघि बढ्ने पक्षमा रहेको तर दक्षिणपन्थी धारको नेतृत्व गरेका पार्टी अध्यक्ष ओली बाधक बनेको बताए।

ओलीले ढोका बन्द गरिदिएपछि नयाँ पार्टी खोल्न बाध्य भए: नेपाल

प्रस्तावित नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले पार्टीमा ढोका बन्द गरिदिएपछि बाध्य भएर नयाँ पार्टी खोल्नु परेको बताएका छन्।

अष्टलक्ष्मी मेरै चाहनामा मुख्यमन्त्री बन्नु भएको हो तर उहाँ पनि अप्ठेरोमा हुनुहुन्छः माधव नेपाल

‘उहाँ (अष्टलक्ष्मी शाक्य) मेरै चाहना र सुझावअनुसार मुख्यमन्त्रीमा जानुभएको हो। तर उहाँ पनि अप्ठेरोमा हुनुहुन्छ’, नेता नेपालले भने, ‘पार्टी दर्ता भएको २१ दिनभित्र उहाहरूलाई पार्टी रोज्ने अधिकार हुन्छ। त्यो समय भित्र कता रोज्नुहुन्छ। उहाँमाथि भर पर्ने कुरा हो। तर अहिले मेरो अनुमतिबाट नै जानुभएको हो।’

दर्ता प्रक्रियाका लागि आयोगले तोक्यो नेपालको पार्टीलाई सनाखतको समय

निर्वाचन आयोगले प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टीका नेताहरुको सनाखतका लागि भाेलि (बुधबार) काे समय तोकेको छ।

नेपालसहितका नेताहरु चन्द्रागिरि रिसोर्टमा

नेकपा एकीकृत समाजवादी पार्टी दर्ताको क्रममा रहेका नेता माधवकुमार नेपालसहितका नेताहरु सोमबार साँझ चन्द्रागिरिस्थित चन्द्रागिरि हिल्स रिसोर्टमा पुगेका छन्।

लुम्बिनी प्रदेश : कित्ता क्लियर नहुँदा प्रदेश र जिल्लाका नेता–कार्यकर्ता अलमलमा

यसअघि माधव नेपाललाई साथ दिएका केन्द्रीय नेताहरु रुपन्देहीका घनश्याम भुसाल, पाल्पाका सोमप्रसाद पाण्डे र ठाकुर गैरे, गुल्मीका गोकर्ण बिष्ट, युवराज ज्ञवाली लुम्बिनीका प्रभावशाली नेताहरु हुन्। यी नेताहहरुले पार्टी एकीकरणका लागि भन्दै तेश्रो धार पक्रेपछि प्रदेश, जिल्ला र स्थानीय तहका नेता, कार्यकर्ताहरुसमेत अलमलमा छन्।

वामदेवले भने: म एमालेमै छु, समाजवादीमा मेरो तस्बिर किन राखियो

गौतमका स्वकीय सचिव दीपक टमाटाले आइतबार विज्ञप्ति जारी गर्दै एमाले नेतृत्वको कार्यशैलीप्रति लामो समयदेखि मतभेद राख्दै आए पनि गौतम एमालेमै रहेको जनाएका छन्। नेकपा एकीकृत समाजवादीको ब्यानरमा झलनाथ खनाल र माधव नेपालसँगै बामदेवको तस्बिर राखेर शनिवारदेखि समाजिक सञ्जालमा प्रचार गरिएको थियो।

नेकपा(एकीकृत समाजवादी) दर्ता हुने बित्तिक्कै सरकारमा सहभागी हुने

पाँच दिनभित्र सबै जना उहाँहरु नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)मा फर्कनुहुन्छ। निर्वाचन आयोगले नौं गते सनाखतका लागि बोलाएको छ। त्यसपछि दल दर्ताको प्रमाण पत्र प्राप्त हुन्छ। हामी सरकारमा जाने ढोका खुल्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्