६ आश्विन २०८१ आइतबार
image/svg+xml

बलात्कार मुद्दाका फरार अभियुक्त पक्राउ

जबर्जस्तीकरणी मुद्दाका फरार अभियुक्त सोमबार पक्राउ परेका छन्। जुम्ला घर भई काठमाडौँको बसुन्धरा बस्दै आएका ३९ वर्षीय मनोज खत्रीलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो।

यौन दुर्व्यवहार आरोपमा पूर्व सांसद घिसिङ पक्राउ

पूर्व सांसद योगेन्द्र घिसिङ पक्राउ परेका छन्। सार्वजनिक यातायातमा महिला माथि यौन दुर्व्यवहार गरेको अभियोगमा घिसिङ पक्रराउ परेको महानगरिय प्रहरी परिसर ललितपुरका एसपी दुर्गा सिंले बताइन। उनलाई प्रहरीले एकान्तकुनाबाट नियन्त्रणमा लिएको थियो।

वडाध्यक्ष पक्राउ

थापाले गाउँपालिकामा काम गरिरहेको समयमा दिउँसो ३ बजे मादक पदार्थ सेवन गरेर आएका लुइँटेलले निहुँ खोज्दै कुटपिट गरेको भन्दै जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा साउन १ गते थापाले लुइँटेलविरुद्ध प्रहरीमा उजुरी दिएका थिए।

मापसे गरेर कुटपिट गरेको आरोपमा वडाध्यक्ष पक्राउ

ओखलढुंगामा अर्का वडाका वडाध्यक्षमाथि कुटपिट गरेको आरोपमा चम्पादेवी गाउँपालिका –८ का वडाध्यक्ष अजय लुइँटेललाई प्रहरीले पक्राउ पक्राउ गरेको छ। लुइँटेल आइबार साँझ पक्राउ परेका हुन्।

मोबाइल चोरी गरेर किनबेच गर्ने तीन जना पक्राउ

खोटाङमा चोरीको मोबाइल किनबेच गर्ने तीन जना पक्राउ परेका छन्। विभिन्न पसलबाट मोबाइल चोरी गर्दै विक्री गर्ने दुई जना र खरिद गर्ने एक व्यवसायीलाई प्रहरीले पक्राउ गरेको हो।

दुई बालिकामाथि करणी प्रयास गरेको आरोपमा एक जना पक्राउ

रसुवामा दुई बालिकामाथि जबरजस्ती करणीको प्रयास गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

लोकन्थलीबाट लागुऔषधसहित दुई पक्राउ

मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीबाट अवैध लागुऔषध र धारिलो हतियारसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

नक्कली सुन र पेस्तोलसहित लुटपाटमा संलग्न ८ जना पक्राउ

प्रहरीले लुटपाटमा संलग्न ८ जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको विशेष टोलीले काठमाडौं–१६ स्थित हाई रेष्टुरेन्ट एण्ड डान्स बारभित्र लुटपाटको योजना बनाइरहेको अवस्थामा पक्राउ गरेको हो।

ज्वरो आएको महिलालाई बाेक्सीभन्दै 'तातो पन्यूले डाम्ने' दुई जना पक्राउ

दर्जीले गत १९ गते रातको १०ः४५ बजे पीडित महिलालाई बोक्सी लागेको भन्दै पन्यू तताएर अनुहार र हातमा डामेका थिए।

नगर प्रहरी निरीक्षकसहित थप दुई पक्राउ

नेपालगञ्ज उपमहानगरपालिकाबाट दैलेख पठाउन लागिएका मध्ये ३७ गाईहरु सुर्खेतका विभिन्न स्थानमा मृत फेला परेको विषयमा अनुसन्धानका लागि सुर्खेत प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ।

दोेहोरो नागरिकता लिने एक जना पक्राउ

बस्नेतले दमकमा चिनियाँ लगानीमा निर्माण हुने औद्योगिक क्षेत्रको मुआब्जा कम भएको भनेर आन्दोलनको नेतृत्व गरेका थिए। उनले त्यहीँ विषयमा पत्रकार सम्मेलन गरिरहदा पत्रकार मन्च दमकको कार्यालयबाट उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

मन्त्रालयदेखि गभर्नरसम्मका छाप बनाएर ठग्ने गिरोह पक्राउ

सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा राज्यलाई नै चुनौती दिनेगरी एक गिरोहले अहिलेसम्मकै ठूलो मात्रामा ठगी गरिएको खुलासा भएको छ।

एघार महिनामा बौद्धबाट आठ सय ४४ जना पक्राउ

बौद्धस्थित महानगरीय प्रहरी वृत्तले एघार महिनाको अवधिमा विभिन्न आपराधिक घटनामा संलग्न ८ सय ४४ जनालाई पक्राउ गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्