६ आश्विन २०८१ आइतबार
image/svg+xml

पत्रकार हमाल पक्राउको चौतर्फी विरोध, रिहाइ नगरे कडा आन्दोलन गर्ने चेतावनी

पत्रकारलाई बिना कसुर राजनीतिक आस्थाका आधारमा समात्ने कार्य निन्दनीय भएको भन्दै उनले प्रहरीको गलत हर्कत स्वीकार्न नसकिने स्पष्ट पारे।

विप्लवका नगर इञ्चार्ज पक्राउ

प्रहरीले नेत्रविक्रम चन्द विप्लव समूहका नगर इञ्चार्जलाई पक्राउ गरेको छ। भित्रि मधेस जोगबुढाबाट बुधबार प्रहरीले विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका परशुराम नगर इञ्चार्ज पक्राउ गरेको हो।

साथीलाई छुरा प्रहार गर्ने पक्राउ

झापाको शिवसताक्षी नगरपालिका–८ को कार्यालयमा आज बिहान ११ बजे पुरानो रिसइवीका कारण साथीलाई छातीमा छुरा प्रहार गरी घाइते बनाउने सागर तिम्सिनालाई प्रहरीले पक्राउ गरेको छ।

चोरीका मोबाइलसहित तीन पक्राउ

महानगरीय प्रहरी वृत्त जगातिको टोलीले मङ्गलबार चोरीका विभिन्न ब्राण्डका ५६ थान मोबाइल, भारतीय नम्बरप्लेटको एक गाडी र ६२ हजार ७ सय ४४ रुपैयाँ सहित तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।

ह्याकरहरुको पैसा साट्ने मनी एक्सचेन्जका तीन पक्राउः २९ लाख साटेको फेला

ह्याकरहरुले २९ लाख ९९ हजार नेपाली रुपैयाँ साटेर २५ हजार ८ सय ६२ अमेरिकी डलर लिएको बोगटीले बताए।

१६ गैरनेपालीलाई नागरिकता दिएको आरोपमा पाँच जना पक्राउ

आर्थिक प्रलोभनमा परी १६ गैरनेपालीलाई नेपाली नागरिकता दिएको आरोपमा जिल्ला प्रशासन कार्यालय झापाका खरिदारसहित पाँच जनालाई प्रहरीले गएराति पक्राउ गरेको छ।

जुवातास खेल्ने चार जना पक्राउ

प्रहरीले भक्तपुरको मध्यपुर थिमी नगरपालिका वडा नं ८ बोडेस्थित सोम मगरको घरमा तास खेलिरहेका चार जनालाई पक्राउ गरेको छ।

ठगीको आरोपमा ‘श्याम परदेशी’ पक्राउ

ठगीको आरोपमा श्याम परदेशी भन्ने ७६ बर्षीय श्यामकृष्ण साह कलवार आइतबार साँझ पक्राउ परेका छन्।

अवैध मालसमान तस्करी गर्ने तीन जना पक्राउ

सिमावर्ती भारतीय बजारबाट अवैध रुपमा तस्करीको मालसमान नेपालतर्फ भित्र्याउँदै गरेको अवस्थामा रौतहट प्रहरीले लाखौं मूल्य बराबरको अवैध मालसमान सहित तीन जनालाई नियन्त्रणमा लिएको छ।

नविल बैंकबाट पैसा चोर्ने ५ चिनियाँ पक्राउ, १ सय ३२ एटीएम कार्ड बरामद

एटीएमबाट पैसा चोर्ने ५ चिनियाँ पक्राउ परेका छन्। अनधिकृत रूपमा रकम निकाल्ने पाँच जनाको चिनियाँ नागरिकको गिरोहलाई प्रहरीले विशेष सूचनाका आधार पक्राउ गरेको हो। प्रहरीले उनीहरुलाई शनिबार राति कारोडौँ रूपैयाँसहित पक्राउ गरेका हो। दरबारमार्गस्थित नविल बैंकको एटीएमबाट पैसा निकाल्दा निकाल्दै उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

लागुऔषधसहित तीन जना पक्राउ

पोखराको मेन्द्रपुल नजिक आज ग१च ४८६५ नंको कारलाई शङ्का लागि खानतलासी गर्दा उक्त कारमा चालकको साथमा रहेको कालो झोलाभित्र लागुऔषध नाइट्रोभ्याट–१० लेखिएको १२० चक्की र ९६ हजार ४५० रूपैयाँ बरामद गरिएको बताइएको छ।

बलात्कारको आरोपमा एक जना पक्राउ

राजविराज बजारमा १३ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा राजविराज नगरपालिका–४ का २२ वर्षीय आसमान निरालाई प्रहरीले पक्राउ गरेको हो

रेष्टुरेण्ट सञ्चालकसहित ६ जना पक्राउ

वेदकोटा नगरपालिका–३ दैजी बजार र शुक्लाफाँटा नगरपालिका–६ बाट प्रहरीले समाजमा शान्ति खलबल्याएको आरोपमा आज छ जनालाई पक्राउ गरेको छ।

गाई मार्ने एक जना पक्राउ

प्रहरीले गाई मार्ने एकजनालाई पक्राउ गरेको छ। भक्तपुरको चाँगनारायण नगरपालिका ७ बागेश्वरी महादेवस्थान बस्ने सिन्धुपाल्चोक घर भइ हाल बागेश्वरीमा रहेको गाई फर्म संचालन बसेका २५ वर्षका चिरन पुरीलाई पक्राउ गरेको हो।

वृद्ध हत्या आरोपमा तीन बालक पक्राउ

एक वृद्धको हत्या आरोपमा प्रहरीले तीन बालकलाई पक्राउ गरेको छ। पुथा उत्तरगङ्गा गाउँपालिका–८ गरालीका ७२ वर्षीय गङ्गे बोहोराको हत्या गरेको आरोपमा सोही ठाउँका तीन बालकलाई पक्राउ गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्