६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

गाई मार्ने एक जना पक्राउ

भक्तपुर–प्रहरीले गाई मार्ने एकजनालाई पक्राउ गरेको छ। भक्तपुरको चाँगनारायण नगरपालिका ७ बागेश्वरी महादेवस्थान बस्ने सिन्धुपाल्चोक घर भइ हाल बागेश्वरीमा रहेको गाई फर्म संचालन बसेका २५ वर्षका चिरन पुरीलाई पक्राउ गरेको हो।

महानगरीय प्रहरी परिसर भक्तपुरले जनाए अनुसार आफ्नो फर्ममा रहेको एउटा गाईलाई मादक पदार्थ सेवन गरी काठको चिर्पट र कोदालोले टाउकोमा प्रहार गरी हत्या गरेको खबरका आधारमा उनलाई पक्राउ गरिएको हो। 

घटनास्थलमा महानगरीय प्रहरी प्रभाग खरिपाटीबाट प्रहरी टोली खटी गइ पुरीलाई शुक्रबार पक्राउ गरिएको परिसरका सूचना अधिकृत रेवतीरमण पोखरेलले जनाए। पुरीलाई महानगरीय प्रहरी परिसर भक्तपुरमा राखी पशुपक्षी सम्बन्धि कसुरमा थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ। 

प्रकाशित: १३ भाद्र २०७६ १२:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App