६ पुस २०८१ शनिबार
image/svg+xml

नेकपाका नेता भन्छन्ः विपीका छोराले हिन्दू राष्ट्रको मुद्दा उठाउनु आपत्तिजनक

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताले नेपाली कांग्रेसमा हिन्दू राष्ट्रको बहसप्रति आपत्ति जनाएका छन्। अध्यक्ष पुष्पकमल दाहालले आपत्ति जनाएको पर्सीपल्ट सोमवार नेकपा स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले प्रमुख प्रतिपक्षी कांग्रेसले हिन्दू राष्ट्रको कुरा उठाएकोमा आपत्ति जनाएका हुन्। रिपोर्टर्स क्लबको साक्षात्कारमा उनले कांग्रेसका संस्थापक नेता विपी कोइराला पुत्र शशांकले हिन्दू राष्ट्रको मुद्दा उठाउनु आपत्तिजनक रहेको बताए।

विप्लब नेकपाका प्रवक्ता भन्छन्–जनयुद्ध गर्दैनौ पार्टीको हैसियत दिए वार्ता गछौं

विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता खड्ग बहादुर विश्वकर्माले आफ्नो पार्टी अहिले जनयुद्द गर्ने पक्षमा नरहेको बताएका छन्। नेपाल क्रान्तिकारी पत्रकार संगठन नेपाल केन्द्रिय समितिले सोमबार बुटवलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले आपूmहरु एकिकृत जनक्रान्तिका लागि राजनितिक संघर्षमा रहेको दाबी गरे।

नेपालद्वारा युनिफिकेसन पिस फेडेरेसनको बचाउ

नेपाल कम्युनिस्ण्ट पार्टी (नेकपा)को स्थायी कमिटि बैठक तीन दिनका लागि स्थगित भएको छ। पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको कार्यव्यस्तताको कारण देखाउँदै तीन दिनका लागि बैठक स्थगित गरिएको हो।

नेकपाको स्थायी कमिटी बैठक स्थगित

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक स्थगित भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको व्यस्तताका कारण बैठक स्थगित गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

नेकपा बैठक : राजनीतिक प्रतिवेदनमाथिको छलफल सकियो, आजै अध्यक्षद्वयले जवाफ दिने

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समितिको जारी बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको राजनीतिक प्रतिवेदनमाथिको छलफल सकिएको छ।

नेकपा विधानबाट साम्यवाद गायब

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विधानबाट ‘साम्यवाद’ गायब पारिएको छ। विधानबाट साम्यवाद हराएको विषयले स्थायी कमिटी बैठकमा प्रवेश पाएको छ। वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी विधानबाट ‘साम्यवाद’ गायब पारिएको भन्दै शनिबारको बैठकमा आपत्ति जनाएका छन्।

पार्टी पङ्क्तिलाई उत्साहित ढङ्गले अघि बढाउन नेकपाको जोड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी तेस्रो बैठकमा नेताहरुले धारणा राख्नेक्रम आज पनि जारी रह्यो। पार्र्टी केन्द्रीय कार्यालय धूम्रवाराहीमा बसेको बैठकमा राजनीतिक प्रतिवेदनमाथिको छलफलमा हालसम्म ४६ स्थायी कमिटी सदस्यले विचार राखेका छन्।

नेकपा बैठकमा सरकारको बचाउ

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समितिको बैठकमा शुक्रबार बोल्ने अधिकांश नेताले सरकारको बचाउ गरेका छन्। रक्षामन्त्री ईश्वर पोखरेल, श्रममन्त्री गोकर्ण बिष्ट, महासचिव विष्णु पौडेलसमेत सुवास नेम्बाङ र छविलाल विश्वकर्माले सरकारका कामकारबाहीको बचाउ गरेका हुन्।

बैठकबाट सही निष्कर्ष आउने दाहालको दाबी

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले पार्टी स्थायी कमिटीको तेस्रो बैठकबाट उचित निष्कर्षसहित नयाँ अभियान अगाडि सारिने बताएका छन्। पार्टी अगाडि बढाउन खुलेर छलफल गरिएको उनले बताए। पार्टीको बैठकमा भएका तितामिठा कुरा बाहिर आएजस्तो भने नरहेको उनले दाबी गरे।

पार्टीलाई अघि बढाउन खुलेर छलफल गरेका छौं : अध्यक्ष दाहाल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले पार्टीको स्थायी कमिटिको तेस्रो बैठकमा पार्टीलाई अगाडी बढाउन खुलेर छलफल गरेको बताएका छन्।

नेकपा नेतृत्व प्रति कार्यकर्ताको आक्रोश : एकीकरण पछि पार्टीमा चरम गुटबन्दी

नेकपा जुम्लाका कार्यकर्ताले नेतृत्व प्रति आक्रोश पोखेका छन्। उनीहरुले नेतृत्व कार्यकर्तामुखी नभै व्यक्तिगत स्वार्थ र आफन्तवादी बन्दै गईरहेको भन्दै आक्रोश पोखेका हुन्।

मन्त्रिपरिषद पुनर्गठन गर्न माग

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठकमा राजनीतिक प्रतिवेदनमाथिको छलफलक्रममा सदस्यहरुले सरकार र पार्टीमा ‘एक व्यक्ति एक पद’ नीति कार्यान्वयन तथा सरकार पुनर्गठन गर्न नेतृत्वसँग माग गरेका छन्।

नेकपा बैठक, राजनीतिक प्रस्तावमै छलफल केन्द्रीत

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी स्थायी कमिटी बैठकमा वुधबार पनि राजनीतिक प्रतिवेदनमा छलफल भएको छ। आजको बैठकमा देवप्रसाद गुरुङ, रघुवीर महासेठ, भीमप्रसाद आचार्य, रघुजी पन्त, बर्षमान पुन, सुरेन्द्र पाण्डे, लेखराज भट्ट र पुष्प कँडेलले राजनीतिक प्रतिवेदनका सम्बन्धमा आआफ्नो विचार राखेका थिए।

‘आलोचक सिध्याउने खेलमा ओली’

नेकपा स्थायी कमिटी बैठकमा सहभागी सदस्यहरूले सरकार र पार्टी नेतृत्वको आलोचना गर्दै राष्ट्रियता, सांगठनिक एकीकरण र सरकारबारे छुट्टै एजेन्डा बनाएर छलफल गर्न माग गरेका छन्।

सरकार र पार्टी सन्चालन पद्धतिको आलोचना

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटीको सोमबारको बैठकमा नेताहरुले सरकार र पार्टी सञ्चालन पद्धतिको खुलेर आलोचा गरेका छन्। अध्यक्ष द्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको प्रतिवेदनमाथि छलफलका क्रममा स्थायी समिति सदस्यहरुले सरकारका गतिविधिबारे पार्टीभित्र छलफल नभएको, एकलौटी निर्णय गरेको, विधानअनुसार पार्टी सञ्चालन नभएको टिप्पणी गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्