६ पुस २०८१ शनिबार
image/svg+xml
राजनीति

विप्लब नेकपाका प्रवक्ता भन्छन्–जनयुद्ध गर्दैनौ पार्टीको हैसियत दिए वार्ता गछौं

रुपन्देही–विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता खड्ग बहादुर विश्वकर्माले आफ्नो पार्टी अहिले जनयुद्द गर्ने पक्षमा नरहेको बताएका छन्। नेपाल क्रान्तिकारी पत्रकार संगठन नेपाल केन्द्रिय समितिले सोमबार बुटवलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले आपूmहरु एकिकृत जनक्रान्तिका लागि राजनितिक संघर्षमा रहेको दाबी गरे।

विश्वकर्माले सरकारले आफूहरुमाथि आतंककारीको जस्तै व्यवहार गरेको आरोप लगाए। तराई टुक्र्याउने भनेर खुलेयाम भाषण गर्ने सिके राउत र केही आपराधिक समूहहरुलाई खुलमखुल्ला हिड्न दिने सरकारले राजनितिक सिद्धान्तसहित जनताको क्रान्तिको मुद्धा बोकेका पार्टीलाई अनावश्यक दुःख दिइरहेको छ,’ उनले भने, ‘ जनता र राष्ट्रको मुद्धा लिएर हिडेको पार्टीका नेताहरुलाई वर्तमान सरकारले आतंककारीलाई जस्तै पक्राउ गर्ने, धरपकड गर्ने कार्य गरेर आफ्नो असली रुप देखाएको छ।’

उनले आफूहरु सरकारसँग वार्ता गर्न भने तयार रहेको बताए। कुनै समूह नभई दलकै हैसियतमा सम्बोधन भए वार्ता गर्न तयार रहेको उनको भनाई थियो। ‘वार्ताका लागि हामी तयार छौं, तर हामी राजनीतिक हैसियत भएको पार्टी भएकाले त्यहीअनुसार सम्बोधन हुनुपर्छ ’नेता प्रकाण्डले भने ।  उनले सरकारले वार्ता टोली गठन गरेपनि त्यसको कुनै अर्थ नभएको बताए। विगतमा संविधानसभा र गणतन्त्रका लागि लडेकाहरुलाई आंतकारी भन्नेहरु नै प्रतिगमनकारी भएको बताए।

आफूसहित विप्लवका नेता कार्यकर्ता पक्राउको प्रसंगमा प्रवक्ता विश्वकर्माले सरकारले पुष्टि गर्न नसकेर आफ्नै निर्णयमा असफल भएको तर्क गरे। ‘सरकारले आफूले गरेको कामको जिम्मा पनि लिन सक्दैन, यो भन्दा लाजमर्दो बिषय के हुन्छ’ उनले प्रश्न गरे।  सरकारले ६२÷६३ सालको जनआन्दोलनपछि शान्ति प्रक्रियाबाट छुटेका समूहसँग वार्ता गर्ने भनेर भनेकाले त्यो समूहमा नेकपा नपर्ने उनको जिकिर छ। उनले  नेकपा जनयुद्ध गर्ने पक्षमा नरहेको स्पष्ट पारे। ‘हामी जनयुद्धको पक्षमा छैनौ, तर सरकारले बन्दुक देखाउछ भने त्यसका विरुद्ध हामी उत्रन्छौ,’ उनले भने । उनले आफूहरु जनक्रन्तिका लागि ज्यान हत्केलामा राख्न तयार रहेको बताए।

प्रकाशित: ९ पुस २०७५ ०८:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App