२२ कार्तिक २०८३ आइतबार
image/svg+xml
राजनीति

उद्योगमन्त्री भण्डारी नेपाल फर्किए

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी दक्षिण कोरियाको पाँचदिने औपचारिक भ्रमण सकेर नेपाल फर्किएका छन् ।

नेपाल र दक्षिण कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा कोरियाली समकक्षी इन्क्यो च्योङको निमन्त्रणामा कोरिया गएका मन्त्री भण्डारी शुक्रबार (आज) नेपाल फर्किएका हुन् ।

भ्रमणका क्रममा नेपाल र दक्षिण कोरियाबीच द्विपक्षीय व्यापार तथा लगानी प्रवर्द्धन ‘फ्रेमवर्क’ (टिआइपिएफ) सम्झौतामा हस्ताक्षर भएको छ । उनले त्यहाँ रहँदा त्यहाँका लगानीकर्ताहरूसँग छलफल गर्नुका साथै नेपालमा लगानी गर्न आग्रह गरेका थिए । 

प्रकाशित: ५ पुस २०८१ २१:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App