९ आश्विन २०८१ बुधबार
image/svg+xml

व्यास पराशर क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यस्थल बनाउनुपर्छ: नेता पौडेल

श्रीकृष्ण जन्माष्टमीको अवसरमा व्यास क्षेत्र विकास कोषद्वारा व्यास–३ स्थित शिवपञ्चायन मन्दिर क्षेत्रमा आज आयोजित वृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै उनले धार्मिक महत्व बोकेको व्यास र पराशर क्षेत्रको एकीकृत विकास गर्नुपर्नेमा जोड दिए।

ठाकुरले देउवालाई सोधे: गठबन्धनमा ल्याउने कि नल्याउने?

‘प्रधानमन्त्रीज्यूले लोसपालाई ५ दलीय गठबन्धनमा ल्याउन चाहेको देखिन्छ तर यसमा अन्य दलहरू एक मत हुन्छन् भन्नेमा हामी संशकित छौं,’ ती नेताले भने, ‘५ दलीय गठन्धनमा हामीलाई नल्याउने हो भने हामी स्वाभाविक रूपमा एमालेसँग चुनावी तालमेल गर्छौं। अब हामी धेरै दिन पर्खन सक्दैनौं।’

राष्ट्रपतिले उठाएका विषय महत्वपूर्ण छन्ः गगन थापा

थापाले लैङ्गिक समानताको दृष्टिकोणबाट प्रशस्त छलफल र सुधार गर्नुपर्ने विषयमा विशेष छलफल हुनुपर्ने बताएका हुन्। उनले राष्ट्रपतिले केही महत्वपूर्ण विषय उठाएर संसदमा पुनः पठाएको स्वीकार गरे। उनले अहिलेको विधेयकले कतिपय आवश्यक्तालाई नछुने पनि बताए।

एमालेलाई कांग्रेसको आग्रह: राष्ट्रिय सहमतिकै आधारमा सरकारले ल्याएको विधेयकमाथि राजनीति नगर्नू

बिहीबार प्रतिनिधिसभा बैठकमा सो विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद विश्वकर्माले नागरिकताबाट बञ्चित लाखौं नेपालीलाई नागरिकता दिने उद्देश्यका साथ आएको सो विधेयक पारित गर्ने काममा विलम्ब गर्न आवश्यक नरहेको पनि पटकपटक दोहोर्‍याए।

टिकटकमा रमाइलो गर्नुभन्दा महिलाका अधिकार र मुद्दाका बारेमा कुरा उठाऔँ: आरजु राणा

मंगलबार नेपाल महिला संघ केन्द्रीय समितिले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले तीजको महत्व र गरिमालाई घट्न दिन नहुने बताइन्। पछिल्लो समय टिकटकका कारण तीजको मौलिकता हराउँदै गएको उनले बताइन्।

कांग्रेसमा १० महिला केन्द्रीय सदस्य मनोनीत

सभापति देउवाले उनीहरुलाई पार्टीको विधानबमोजिम केन्द्रीय सदस्य पदमा मनोनयन गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

‘अरु दलले २०७४ सालतिर फर्काउन चाहन्छन्, हामी २०७९ सम्झाउन चाहन्छौँ'

उनले आफूविरुद्ध रहेका नेताहरुलाई गत वैशाख ३० गतेको स्थानीय तहमा नेपाली काँग्रेसले पाएको मतलाई बुझ्न आवश्यक रहेको बताए। महामन्त्री थापाले आगामी निर्वाचनका लागि पार्टीले गठबन्धनमा पनि शीर्ष स्थान बनाइसकेको भन्दै आफ्नौ हैसियत अनुसार सिट प्राप्त गर्ने बताए। उनले वर्तमान पार्टीको राजनीतिक हैसियतका आधारमा सिट बाँडफाँट हुने बताए।

दैलेखका प्रजिअ प्याकुरेललाई कारबाही गर्न काँग्रेस सांसद परियारको माग

गृह मन्त्रालयको निर्देशन अनुसार नागरिकतामा आफ्नो नाम सच्याउन पुगेका कर्णबहादुर कामीमाथि जातीय विभेदलाई प्रश्रय दिने गरी अपमानपूर्वक व्यवहार गरेको भन्दै प्रमुख जिल्ला अधिकारी प्याकुरेलमाथि तत्काल कारबाही गर्न सरकारसँग माग गरेकी हुन्।

अधिकार निर्धक्क उपभोग गर्न पाउनुपर्छ: सिंह

'संविधानले सङ्घीयतासँगै दिएको अधिकार नेपाली नागरिकले निर्धक्क उपभोग गर्न पाउनुपर्छ, यो नै महापुरुष र शहीदप्रतिको सच्चा श्रद्धाञ्जली हुन्छ', नेता सिंहले भने। उनले नागरिकको जीवनमा सहजता आउनु नै परिवर्तनको आभाष हुने बताए।

लुम्बिनी कांग्रेसले ५२ प्रदेश निर्वाचन क्षेत्रमा प्रतिनिधि खटाउने

प्रदेश समितिको बैठकले प्रदेशका ५२ प्रदेशसभा निर्वाचन क्षेत्रमा पार्टीको चुनावी माहोल निर्माण गर्न तथा पार्टीको अवस्था एकिन गर्न प्रतिनिधि परिचालन गर्ने निर्णय गरेको छ।

नागरिकता विधेयक फिर्तालाई असंवैधानिक भन्न मिल्दैन: गगन थापा

विधेयक फिर्ता गर्दा राष्ट्रपतिको सन्देशबारे भने पार्टी र सत्तारु गठबन्धनका दलहरुसँग छलफल गरेर धारणा बनाउने उनले बताए ।संविधानमा गरेको व्यवस्थाका आधारमा फर्काएकै कुरालाई लिएर ठूलो आक्रोश प्रतिक्रिया व्यक्त गर्नु नपर्ने उनले बताए।

कांग्रेसकाे जनप्रतिनिधि अभिमुखीकरण आजदेखि सुरू

नेपाली कांग्रेसले पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिका लागि आजदेखि अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने भएकाे छ।

कर्णाली करिडोर अन्तर्गतको सलीसल्लामा बेलिब्रिज बनाउन काँग्रेस सांसद शाहीको माग

आइतबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद शाहीले कर्णाली करिडोर अन्तर्गत सलीसल्लामा बेलिब्रिज बनाउन आफूले ३ वर्षदेखि सरकारको ध्यानाकर्षण गराएको भएपनि हालसम्म बन्न नसकेको बताइन्।

निर्वाचन तयारीमा जुट्दै दल: भदौ १० देखि कांग्रेसको अभियान

स्थानीय तहको सम्मुखमा ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ अभियान सञ्चालन गरेको नेपाली कांग्रेसले प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि त्यस्तै कार्यक्रम जनताको घरदैलोमा पुगेर सञ्चालन गर्न लागेको हो।

पार्टी भित्र टिकट वितरणमा मनपरी नहोस्ः अर्जुननरसिंह केसी

शनिबार पार्टी केन्दीय कार्यालय सानेपामा बसेको केन्द्रिय कार्यसमिति बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै उनले दल भित्रको विविधतालाई बुझेर न्यायोचित टिकट वितरण गर्न आग्रह गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्