८ वैशाख २०८१ शनिबार
राजनीति

नागरिकता विधेयक फिर्तालाई असंवैधानिक भन्न मिल्दैन: गगन थापा

फाइल तस्बिर।

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राष्ट्रपतिबाट नागरिकता विधेयक फिर्ता गर्दैमा आक्रोश व्यक्त गर्नु नपर्ने बताएका छन्। बरु राष्ट्रपतिले दिएको सन्देश स्वीकार गर्ने वा विधेयक फेरि जस्ताको त्यस्तै पठाउने भन्ने संसदको विषय भएको महामन्त्री थापाले बताए।  

विधेयक फिर्ता गर्दा राष्ट्रपतिको सन्देशबारे भने पार्टी र सत्तारु गठबन्धनका दलहरुसँग छलफल गरेर धारणा बनाउने उनले बताए।संविधानमा गरेको व्यवस्थाका आधारमा फर्काएकै कुरालाई लिएर ठूलो आक्रोश प्रतिक्रिया व्यक्त गर्नु नपर्ने उनले बताए। उनले नागरिकता विधेयक फिर्तालाई असंवैधानिक भन्न नहुने तर्क गरे।  

राष्ट्रपति भण्डारीले आइतबार मात्र १५ बुँदे सन्देशसहित नागरिकता विधेयक प्रतिनिधिसभामा फिर्ता पठाएकी थिइन्। 

प्रकाशित: ३० श्रावण २०७९ ०८:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App