१९ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

‘अरु दलले २०७४ सालतिर फर्काउन चाहन्छन्, हामी २०७९ सम्झाउन चाहन्छौँ'

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले स्थानीय जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिँदै स्थानीय तहमा पार्टीबाट निर्वाचित भएका जनप्रतिनिधिहरुकै आधारमा रहेर पार्टी आगामी संघ र प्रदेशको निर्वाचनमा प्रतिस्पर्धा गर्न लागेको बताएका छन्।

मंगलबार ललितपुरमा भइरहेको स्थानीय तहमा विजयी भएका जनप्रतिनिधिहरुको जनअभिमुखी कार्यक्रममा सञ्चारकर्मीहरुसँग बोल्दै महामन्त्री थापाले केही दलका नेताहरुले वि.सं २०७४ सालको निर्वाचनतिर फर्काउन लागेको आरोप लगाए।

उनले आफूविरुद्ध रहेका नेताहरुलाई गत वैशाख ३० गतेको स्थानीय तहमा नेपाली काँग्रेसले पाएको मतलाई बुझ्न आवश्यक रहेको बताए। महामन्त्री थापाले आगामी निर्वाचनका लागि पार्टीले गठबन्धनमा पनि शीर्ष स्थान बनाइसकेको भन्दै आफ्नौ हैसियत अनुसार सिट प्राप्त गर्ने बताए। उनले वर्तमान पार्टीको राजनीतिक हैसियतका आधारमा सिट बाँडफाँट हुने बताए।

महामन्त्री थापाले जिम्मेवारीमा बस्दा कहिले काहीँ महत्वपूर्ण कामहरु पनि बिर्सिने गरेको भन्दै चुनावमा जित्ने ठाउँसम्म प्रष्ट हुने नभइ जितेपछि के गर्ने भन्ने बारेमा पनि एजेण्डा बनाएर अघि बढ्न आवश्यक रहेको बताए। नेपाली काँग्रेसले सोमबारदेखि सञ्चालन गरेको स्थानीय जनप्रतिनिधिसँगको अभिमुखीकरण, बधाई एवं शुभकामना आदानप्रदान कार्यक्रम आज समापन हुनेछ।

प्रकाशित: ३१ श्रावण २०७९ ०८:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App