coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

कर्णाली करिडोर अन्तर्गतको सलीसल्लामा बेलिब्रिज बनाउन काँग्रेस सांसद शाहीको माग

फाइल तस्बिर।

नेपाली काँग्रेसकी सांसद रंगमती शाहीले कर्णाली करिडोर अन्तर्गतको सलीसल्लामा बेलिब्रिज बनाउन सरकारको ध्यानाकर्षण गराएकी छिन् ।

आइतबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद शाहीले कर्णाली करिडोर अन्तर्गत सलीसल्लामा बेलिब्रिज बनाउन आफूले ३ वर्षदेखि सरकारको ध्यानाकर्षण गराएको भएपनि हालसम्म बन्न नसकेको बताइन्। उनले सरकारको निकायहरुले एकले अर्कोलाई काम लगाएर पन्छिने गरेको बताइन् । सांसद शाहीले जुम्लाका जनताहरुले एम्बुलेन्स चढ्न नपाउन् र बाँदर हिड्ने बाटोमै हिडुन् भन्ने सरकारले उद्देश्य राखेको जिकिर गरिन्।  

उनले भनिन्– ‘कर्णाली करिडोरको सलीसल्ला भन्ने ठाउँमा एउटा बेलिब्रिज बनाउनका लागि ३ वर्ष म सिंहदरबार धाउँदा धाउँदा हरेक नियम, कानून लागू हुन थाले । आजबाटै नभएको ठाउँमा पुलहरु बनेका छन्। त्यसमा नियम, कानून केहीपनि लाग्दैन रे। एउटा हुम्ली जनताले एम्बुलेन्स चढ्न पाउँ। गाडी चढेर मेरो उपचार काठमाडौंका राम्रा अस्पतालमा उपचार होस् भन्नका लागि आज हुम्ली जनतामाथि, हुम्लाको विकास निर्माणका लागि आज हरेक नियम, कानून लगाइन्छ। मन्त्रीले सचिवलाई, सचिवले डिजीलाई, डिजीले आयोजना प्रमुखलाई अह्राउनुहुन्छ। आयोजना प्रमुखले पुच्छर हल्लाउँदै बसेका छन्। हुम्ली जनताले अझैपनि बाँदर हिँड्ने बाटोमै हिँडुन् भन्ने सरकारको उद्देश्य त्यही हो।’

उनले हुम्लामा हालसम्म सडक सञ्जाल नजोडिएको, आंगिक क्याम्पस नभएको, विद्युतको राष्ट्रिय प्रशारण लाइन नपुगेको र सञ्चारको पहुँच नभएको पनि बताइन्।

प्रकाशित: २९ श्रावण २०७९ ०८:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App