७ आश्विन २०८१ सोमबार
image/svg+xml

नेतृत्वको प्रतिस्पर्धाबाट अलग रहने वरिष्ठ नेता पौडेलको निर्णय

उनले अहिले काँग्रेसमा विचलन आइरहेको जनाउँदै अहिले पार्टी सत्ताको भर्याङमा सीमित भएकोमा असन्तुष्टि समेत पोखेका छन्।

कांग्रेस संस्थापन इतर नेताहरु छलफलमा व्यस्तः सभापति टुंगो लगाउनै सकस

सहमतिका लागि पौडेल र शशांकले आफूहरु बाधक नहुने बताए पनि पूर्वमहामन्त्रीसमेत रहेका प्रकाशमान सिंह र नेता शेखर कोइराला दुवैले आफू भएमात्र मान्ने अडान राखेका छन्।

इतर पक्षमा सहमतिको सम्भावना टर्दै

नेता रामचन्द्र पौडेलनिवास बोहोराटारमा सोमबार साझा महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र नेता शेखर कोइराला सहभागी थिए। छलफलमा सहभागी चारैजना नेताले सभापतिमा आ–आफ्नो दाबेदारी फेरि प्रस्तुत गर्दै उनीहरूले एकअर्कालाई आफूलाई सहयोग गर्न आग्रह गरेका छन्।

सभापतिको टुंगो नलाग्दा पदाधिकारीका आकांक्षी अन्योलमा

कांग्रेस महाधिवेशन सुरु हुन एक साता बाँकी रहँदा मुख्य नेतृत्वको प्रतिस्पर्धामा कोको खडा हुन्छन् भन्ने टुंगो नलागे पनि पदाधिकारीका आकांक्षीले दौडधुप बढाएका छन्।

कांग्रेसमा झन् कसिलो बन्दै गुट

पार्टीभित्रको प्रतिस्पर्धा भए पनि अलग दलहरूबीचमा जस्तै प्रतिस्पर्धा हुँदा राष्ट्रिय राजनीतिमा स्थान बनाइसकेका नेता महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन्। जिल्लाको नेतृत्व हाँकेका र १४औं अधिवेशनबाट नेतृत्वमा पुग्ने र दोहोर्‍याउने तयारीमा रहेका कतिपय नेता वडा र क्षेत्रमा रोकिएका छन्।

पार्टीभित्र मूल्याङ्कनको समय आयोः वरिष्ठ नेता पोडेल

“पार्टीका लागि कस्ले के गर्‍यो भन्ने विषयमा मूल्याङ्कन १४ औँ महाधिवेशनले गर्नेछ।” कार्यकर्तालाई दुविधामा राख्ने र ढाकछोप गर्ने गर्दा पार्टी बिग्रिएको उनको भनाइ थियो। “अहिले पार्टी कहाँ पुग्यो मूल्याङ्कन गरेर नेतृत्व चयन गर्नुपर्छ”, उनले भने।

प्रधानन्‍यायाधीशसंग सेटिङ गरेर ओलीले संवैधानिक परिषद्लाई ध्वस्त पारे: वरिष्ठ नेता पौडेल

उनले प्रधानन्यायाधिशसँग सेटिङ गरेर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषदलाई ध्वस्त पारेको, संविधानको आत्मामाथिनै प्रहार गरेको आरोप समेत लगाए।

अदालतले आफ्नो भूमिका प्रभावकारी रुपमा खेल्न सकेन: वरिष्ठ नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले राज्यका सबै अंगहरुमाथि प्रश्नचिन्ह उठेको बताएका छन्।

देउवा पछ्याउँदै पौडेल

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिहीबार बाढी प्रभावित क्षेत्रमा निरीक्षण गरेको हप्ता दिन नहुँदै उनकै दलका वरिष्ठ नेता रामचन्द्र पौडेलले पुनः उक्त क्षेत्रमा निरीक्षण गरेका छन्। प्रधानमन्त्री देउवाले निरीक्षण गरेको पाँच दिनपछि वरिष्ठ नेता पौडेलले सुदूरपश्चिम र लुम्बिनी प्रदेशको बर्दियाका बाढी प्रभावित क्षेत्रमा पुगेका हुन्।

अधिवेशन नहुँदा पार्टी वैधानिक संकटमा परेको छः वरिष्ठ नेता पौडेल

पार्टीको अधिवेशन कार्यतालिका अनुसार हुन नसकेको भन्दै वरिष्ठ नेता पौडेलले चुनावी कार्यतालिका यताउता भएपछि संकट आउन सक्न भनेर आफूले सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराउँदै आएको बताए।

लोकतन्त्रलाई सङ्कटबाट बचाउन एकताबद्ध हुनुपर्छ: वरिष्ठ नेता पौडेल

कार्यकर्ता भेटघाटपछि नेता पौडेलले भीमदत्त नगरपालिकाको महाकाली तटीय क्षेत्रमा बाढीले गरेको कटानको समेत स्थलगत निरीक्षण गरेका थिए।

कांग्रेसलाई गुटउपगुटमुक्त पार्टी बनाइन्छः पौडेल

पौडेलले एकलौटी ढङ्गले सत्ता सञ्चालन गर्न खोज्दा संविधानको मर्मभन्दा बाहिर गएर मुलुकमा अधिनायकतन्त्र ल्याउन खोजेकोसमेत आरोप लगाए।

आफ्नै शक्तिले कांग्रेस देशकै ठूलो पार्टी हुन्छः नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्ट शक्ति विभाजन गरेर कांग्रेस ठूलो हुने नसोच्न कार्यकर्तालाई आग्रह गरे।

पौडेल पक्षले बोलायो आफू निकट केन्द्रीय सदस्यहरूको बैठक

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आफू निकटका केन्द्रीय सदस्यहरूको बैठक बोलाएको छ। सोमबार दिउँसो २ बजेका लागि बोलाइएको सो बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दै छ।

रामचन्द्रको प्रस्ताव : २७ भदौकाे पालिका अधिवेशन स्थगित गरौं

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले आगामी २७ भदौका लागि तय भएको कांग्रेसको स्थानीय तहको अधिवेशन स्थगित गर्न प्रस्ताव गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्