२३ असार २०८१ आइतबार
image/svg+xml

बर्दियामा बाघको आक्रमणबाट एक पुरुषको मृत्यु

आक्रमण गरेको जानकारी पाउना साथ नेपाली सेना र निकुञ्जको संयुक्त टोली घटनास्थलमा पुगेको थियो।

राजमार्गमा बाघको ‘राज’

पछिल्लो समय पूर्व पश्चिम महेन्द्र राजमार्ग क्षेत्र बाघका कारण असुरक्षित बन्दै गईरहेको छ। यो राजमार्गमा दिनहुँ जसो बाघ देखिने गरेको छ। यसर्थ बाघले ‘राज’ जमाएको बाँकेको पूर्व पश्चिम महेन्द्र राजमार्ग मानवीय असुरक्षाको मार्ग बन्दै गएको छ।

रौतहटमा बाघको आक्रमणबाट एक घाइते

बाघको आक्रमणबाट रौतहटमा एक जना घाइते भएका छन्। वस्तुभाउको लागि घाँस लिन जंगल गएको बेला बिहीवार रौतहटको चन्द्रपुर ६ का यज्ञबहादुर रायमाझीमाथि बाघले आक्रमण गरी घाइते बनाएको हो।

बर्दियामा बाघको आक्रमणबाट एकको मृत्यु

बाघको आक्रमणबाट एकको मृत्यु भएको छ। ठाकुरबाबानगरपालिका–६ मोतिपुर बस्ने ७० वर्षीय गोरे थापाको मृत्यु भएको हो। शनिबार थापा शिवपुरफाँटा सामुदायिक वनमा भैंसी गोठालो गएका थिए।

बाघको आक्रमणबाट दुई घाइते, प्रतिकारमा बाघको मृत्यु

कास्कीमा बाघको आक्रमणबाट आज दुई जना घाइते भएका छन् । जिल्लाको रुपा गाउँपालिका–७ धारापानी बस्ने ३४ वर्षीय तुलबहादुर गुरुङ र ३२ वर्षीय मीलन गुरुङ बाघको आक्रमबाट घाइते भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु

बेल्झुण्डी सामुदायिक वनमा निगुरो टिप्ने क्रममा ६६ वर्षीया उनलाई पाटेबाघले आक्रमण गरेर जङ्गलभित्र लगेको थियो।

साग टिप्न गएकी महिलाकाे बाघको आक्रमणबाट मृत्यु

मधुवन नगरपालिका स्थित ८३ नम्बरको पिलर नजिकबोर्डर नजिकको जंगलमा साग टिप्न गएको बेला बाघले आक्रमण गरेको सशस्त्र प्रहरी उपरीक्षक नरबहादुर रावतले बताए ।

बर्दियामा फेरि बाघको आक्रमण, एक जना गम्भीर घाइते

औराही स्थित सामुदायिक वनमा बाख्रा चराई रहेको अवस्थामा पाटे बाघले आक्रमण गरेको हो। थारुको अनुहार चिथोरिएर छ। दाहिने खुट्टाको साप्रामा गहिरो घाउ भएको छ।

माहुतेको पाटेबाघको आक्रमणबाट एक जनाको मृत्यु

बर्दियामा आइतबार एक जनाको हात्ती चराउँदै गरेका माहुतेको बर्दिया राष्ट्रिय निकुञ्जमा पाटेबाघको आक्रमणबाट परेर मृत्यु भएको छ।

अझै रोकिएन पाटे बाघको आक्रमण

गेरुवा मध्यवर्ती क्षेत्रमा दुई वटा र खाता जैविक मार्गमा एकवटा बाघ राष्ट्रिय प्राकृतिक संरक्षण कोष र बर्दिया निकुन्जको टोलीले नियन्त्रणमा लिएको छ। तर जहाँजहाँ बाट मान्छे खाने बाघ भनेर नियन्त्रण्मा लिएपनि बाघले मान्छेमाथि आक्रमणको प्रयास जारी राखेको छ।

गैंडा गणनामा खटिएका निकुञ्ज कर्मचारीको बाघको आक्रमणबाट मृत्यु

बाघको आक्रमणबाट निकुञ्जका एक कर्मचारीको आइतबार मृत्यु भएको छ। गत बुधबारदेखि गैंडा गणनामा खटिएका ३१ वर्षीय पुलिसराम थारुको मृत्यु भएको प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताए।

रोकिएन पाटे बाघको आक्रमणः निर्दोष बाघ खोरमा, नरभक्षी बाघ खुलेआम

बर्दिया राष्ट्रिय निकुन्जको मध्यवर्ती क्षेत्रमा पर्ने गेरुवा गाउँपालिकाको जनकनगरका ३५ वर्षीय चुलाराम थारुलाई सोमबार बिहान पाटे बाघले आक्रमण गर्‍यो। बाघको आक्रमणबाट थारुको गर्दन, टाउँको र ढाडमा गम्भीर चोट लागेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्