२३ असार २०८१ आइतबार
image/svg+xml
समाज

साग टिप्न गएकी महिलाकाे बाघको आक्रमणबाट मृत्यु

बाघको आक्रमणबाट आज एक महिलाको मृत्यु भएको छ । मधुवन नगरपालिका–५ की ६८ वर्षीया नन्दकला थापाको मृत्यु भएको छ । मधुवन नगरपालिका स्थित ८३ नम्बरको पिलर नजिकबोर्डर नजिकको जंगलमा साग टिप्न गएको बेला बाघले आक्रमण गरेको सशस्त्र प्रहरी उपरीक्षक नरबहादुर रावतले बताए । 

साग टिप्न गएको बेला बाघले आक्रमण गरेको खबर स्थानीयले पाएकाथिए । प्रहरीले खबर पाउने वित्तिकै खोजी गर्न थालिएको थियो । खोजी गर्ने क्रममा महिलाको शव साँझ ७ बजे भेटिएको उपरीक्षक रावतले बताए । यससंगै चालु आर्थिक वर्षमा ११ जनाको बाघ आक्रमणले मृत्यु भईसकेको छ ।

प्रकाशित: १७ जेष्ठ २०७८ १४:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App