९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

अझै रोकिएन पाटे बाघको आक्रमण

बर्दिया राष्ट्रिय निकुन्जको कर्मचारीलाई आइतबार (हात्ती चालक) पुलिसराम थारूको निकुन्जभित्र गैंडा मचानमा बाघको आक्रमणबाट मृत्यु भयो। गैंडा गणना खटिएका थारूको बाघको आक्रमणबाटै मृत्यु भएको निकुन्जले पुष्टि गरेको छ।

चैत १५ गते मध्यवर्ती क्षेत्रमा पर्ने गेरुवा गाउँपालिकाको जनकनगरका ३५ वर्षिय चुलाराम थारूलाई सोमबार बिहान पाटे बाघले आक्रमण गर्‍यो। बाघको आक्रमणबाट थारूको गर्दन, टाउँको र ढाडमा गम्भीर चोट लागेको छ। यस्तैगरी असारयता खाता जैविक मार्गमा पर्ने एउटा वडाको (५) ,मध्यवर्ती क्षेत्रका (३), निकुन्जभित्र राजमार्गमा (१) को गरी ६ महिनामा नौ जनालाई पाटे बाघले मारेको छ। लगातार घटना घट्दा समेत निकुन्ज प्रशासन र मातहतका संस्थाको लापरबाहीले बाघ र मानिस दुबै असुरक्षित भएको पुष्टि गरेको छ।तीन महिना अघि देखि मान्छे खाने बाघ नियन्त्रण लिन दौड भाग गरिरहेको निकुन्ज बिभागको प्रगति शुन्य बराबरको भएको पुष्टि भएको छ।

गेरुवा मध्यवर्ती क्षेत्रमा दुई वटा र खाता जैविक मार्गमा एकवटा बाघ राष्ट्रिय प्राकृतिक संरक्षण कोष र बर्दिया निकुन्जको टोलीले नियन्त्रणमा लिएको छ। तर जहाँजहाँ बाट मान्छे खाने बाघ भनेर नियन्त्रण्मा लिएपनि बाघले मान्छेमाथि आक्रमणको प्रयास जारी राखेको छ। यसअघि गेरुवाबाट निकुन्ज प्रशासनले नियन्त्रण लिएको एक सातापछि पहिला आक्रमण गरेको ठाउँमै अर्केलाई आक्रमण गरेको थियो। यसबाट के पुष्टि हुन्छ भने निकुन्जले नियन्त्रणमा लिएको सामान्य बाघ रहेको घटनाले पुष्टि गर्छ।

उक्त क्षेत्रमा नरभक्षी बाघले मान्छेमाथि आक्रमण जारी रहेको स्थानीय दाबी गर्छन्। यस्तै, गेरुवा दंगपुरबाट प्रशासन नियन्त्रणमा लिएको बाघ नरभक्षी बाघ नभएकोेले मानिसमाथि आक्रमणका दोहोरिएपछि पुष्टि हुन्छ। बाघ विज्ञका अनुसार बुढो, अशक्त, घाइते बाघले मात्र मानिस अथवा घरपालुवा जनावरले दाबी गर्छन्। सक्षम बाघले जंगलभित्र सिकार गर्छ। आफ्नो टेरोटेरी बाघले छाड्दैन। एक साताअघि जैविक मार्ग क्षेत्रबाट लिएको बाघ पनि जवान भएको पुष्टि भएको छ। उक्त बाघ फलामे डन्डी बङ्गाएर भाग्न सफल भएपछि विज्ञले भनेअनुसार मानिसलाई आक्रमण नगर्ने बाघ प्राविधिक टोलीले नियन्त्रणमा लिएको पुष्टि गर्छ। जुन बाघ चैत दोस्रो साता बाँके राष्ट्रिय निकुन्जमा खोरमा राखको बाघ बाँके निकुञ्जमा भागेको थियो।

यस्तै दुई महिनाअघि राजमार्गमा मोटरसाइकलमा सवार महिलालाई झम्टेर लगेको शव घटनास्थलदेखि दुई सय मिटरको दूरीमा शव फेला पर्‍यो। बाघलाई आक्रमण गरेको घटनास्थलमा कैद गरिएको बाघको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएकोे बाघ बुढो देखिन्छ। तर, राष्ट्रिय प्राकृति संरक्षण कोषका प्रमुख रबिन कडरिया र बर्दिया राष्ट्रिय निकुन्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठको नेतृत्वको प्राविधिक टोलीले गतिविधि नियाल्न भन्दै ५ वर्षको बच्चा पोथी बाघलाई नियन्त्रणमा लिएर रेडियो कलर जोडिएको घटनालाई निकुन्ज विभागलाई संरक्षणकर्मीले आाखा छारो हाल्ने काम गरेको संज्ञा दिएका छन्। बाघ र मानिसको दुबै संरक्षण जरुरी भएको औलाउँदै पछिल्लो समय जुन पायो त्यहि बाघलाई नियन्त्रण लिनु संरक्षण विपरीत काम भइरहेका सामुदायिक वन उपभोक्ताका सचिवालय सदस्य महोम्मद कर खाँले बताए। ‘संरक्षणका विषयमा त्रुटि गर्दा ठूलो मुल्य चुकाउनु परेको छ,’ उनले भने, ‘अब मानिस र बाघ दुवैलाई जोखिम छ।’

२० वर्षअघि करिडोर बनाएको क्षेत्र बनाउँदा अवैज्ञानिक भएको खाँले दाबी गरे। ‘नरभक्षी बाघका कारण एउटै वडा ५ जनाको अकालमा ज्यान गयो,’ उनी भन्छन्, ‘बाघ, हात्ती र गंैडा आवागमन गर्ने मार्ग ७ सय मिटर मात्र कसरी सम्भव छ, जस्तो लाटो सोझाको दिमागले पनि भेट्छ।’ उनका अनुसार संरक्षणको नाममा जभाभावी गर्दा वन्यजन्तु संरक्षणनिकट भविष्य कागजमा सिमित हुन्छ। उता, वन डिभिजन कार्यालयका प्रमुख महेन्द्रराज वाग्लेसँग पीडित गाउँले समन्वय नगरी तारबार गर्न भन्दै जबरजस्ती गर्दा स्थानीय आक्रोशित छन्।‘ वाग्लेको बेवास्ताका कारण एउटै वडा पाँचजनाको ज्यान गएकोमा स्थानीय बताउँछन्।

‘बिहान उठ्दा घरअघि बाघका पाइला देखिन्छ, कागती लगाउँन वन कार्यालयले दबाब दिन्छ,’ आक्रोशित स्थानीय रूपा खनालले भनिन्, ‘गाउँलाई घेरेर तारबार गर्दा बाघ बाहिर जान नपाए झुप्रा घर भत्काएर एकै राता गाउँलेलाई सखाप पार्छ।’ खनालको आफन्त भदै विशाल वलीलाई भदौमा पाटे बाघले खाएको थियो।

आजभोली बर्दिया र बाघ पर्यावाची शब्द बनेको छ। बर्दिया भन्नेबित्तिकै बाघसँग जोखिम क्षेत्र भनेर परिचित छ। सन् २०१८ को गणना अनुसार बर्दियामा बाघको संख्या ८७ पुगेको छ। त्यसको दस वर्षअगाडिको कुरा गर्दा यो संख्या १८ मात्र थियो। यसरी तीव्र गतिमा बाघ र मानिस दुवैको जीवन असुरक्षित बन्दै गएकोमा संरक्षणकर्मी चिन्तित छन्। ‘दिनदहाडै बाघ हुलाकी सडक आसपास डुल्ने गरेको देखिएको छ। हचुवाको भरमा बाघ समात्दै जाने हो भने बाघको संरक्षण कसरी होला रु’ निकुन्ज प्रशासनसँग स्थानीयल प्रश्न गर्छन।

तर यतिवेला पोथी बाघ समातेर रेडियो कलर जडान गरिएको छ। बाघ जस्तो संवेदनशील वन्यजन्तु समाउनका लागि न त वन मन्त्रालयका प्रतिनिधि छन्, न निकुञ्ज विभागका प्रतिनिधि छन्, न बाघविज्ञ नै कोही छन्। फिल्डमा खटिएका कर्मचारीले बिनागहन अध्ययन बाघ देख्यो कि बेहोश पार्ने र समाउने पवृति नकारात्मक भएको टिप्पणी भइरहेको छ। पाँच बर्से पोथी बाघमा रेडियो कलर जोडिएको प्रमुख संरक्षण अधिकृत श्रेष्ठले पुष्टि गरे।

प्रकाशित: २३ चैत्र २०७७ ०२:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App