१२ मंसिर २०८१ बुधबार
image/svg+xml

रिजर्भको बहानामा यात्रु ठगिँदै

जिल्लाको लापिलाङ गाउँका महेश खत्री दसैं मनाएर राजधानी फर्किने गाडी चढ्न आइतबार चरिकोटस्थित सातदोबाटो चोकमा रहेको बस काउन्टरमा पुगे। काउन्टरले टिकट सकिएको जनाउ दियो। बाहिरपटि बसेका एउटा बसका सहचालकले राजधानी जाने भए रिजर्भमा गाडी छ तर एक हजार भाडा लाग्छ भनेर उनको कान फुक्न पुगे। जानैपर्ने भएकाले उनी एक हजार तिर्न राजी भए।

विदेशको लोभ देखाएर ठग्ने दलाल गाउँ गाउँमा सक्रिय

विदेशिने नाममा दलालको पासोमा परेका केही प्रतिनिधि पात्र मात्र हुन् यी त । आर्थिक वर्ष २०७४ र ०७५ मा मात्र विदेश पठाइदिने नाममा १ हजार १ सय नौ नेपाली विभिन्न व्यक्ति बाट ठगिएका वैदेशिक रोजगार विभागको तथ्यांकले देखाउछ । ती ११ सय नौ जनाले ७५ करोड ३७ लाख १० हजार रुपैया एजेन्टले खाएको भन्दै  असुल गरिदिन विभागमा उजुरी गरेका छन् ।

गोला प्रथामा कांग्रेस र राजपा ठगिए: कसकोअवधि कति? (सूचीसहित)

राष्ट्रिय सभाका कुल ५९ सदस्य मध्ये कसको कार्यकाल कति वर्षको हुने भन्ने आज गोला प्रथाबाट तय भएको छ । गोला प्रथामा नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी ठगिएका छन् । नेपाली कांग्रेसका १३ जना मध्ये ७ जना सांसद २ वर्षे अवधिमा परेका छन् । कांग्रेसका २ जना ४ वर्षे र ४ जना ६ वर्षे अवधिमा परेका छन् ।

कुखुरा बेच्दा ठगिन्छन् कुखुरापालक किसान

राप्ती नगरपालिकास्थित खुरखुरेका गोकुल सेढाइँले ०६८ सालदेखि कुखुरापालन गर्दै आएका छन्। कुखुरा पालेर बिक्री गर्ने बेलामा कुखुराको तौल सोचेजस्तो नहुँदा उनी दानापानीको अनुपात नमिलेको होला भन्ने सोच्थे। ४० दिन खटिएर हुर्काएको ब्रोइलर कुखुरा गत मंसिरमा बेच्न लाग्दा मात्र उनले आफू ठगिने गरेको चाल पाए।

थरि थरिको मूल्यबाट ठगिँदै उखु किसान

खेतमा उखु तयार भइसकेपछि बेच्नुपर्ने बाध्यतामा रहेका उखु किसान चारैतिरबाट ठगीमा परेका  छन् । सरकारले उखुको मूल्य नतोकेपछि अनेक मूल्यबाट उखु किसान ठगिँदै आएका छन् । अहिले उखु बेचिरहेका किसानले पाउने मूल्यमा समानता नहुँदा किसान ठगिएका हुन् ।

उखुको मूल्य नतोकिँदा ठगिंदै किसान

खेतमा उखु तयार भइसकेपछि बेच्नु पर्ने बाध्यतामा रहेका उखु किसान चारैतिरबाट ठगीमा परेका छन्। सरकारले उखुको मूल्य नतोकेपछि अनेक मूल्यबाट उखु किसान ठगिँदै आएका छन्। अहिले उखु बेचिरहेका किसानले पाउने मूल्यमा समानता नहुँदा किसान ठगिएका हुन्।

राजनीतिले सधै ठगिएको सप्तरी

लामो संघर्षपश्चात् मुलुकमा बहुदलीय प्रजातन्त्र आयो, कांग्रेस पनि सत्तामा आयो तर न त आन्दोलनका क्रममा सर्वश्वसहित आफ्नो अमूल्य जीवन दिनेहरूले केही पाए न त समग्र सप्तरीको विकासका लागि केही गर्न सकियो।

जातीय समुदाय ठगिँदा असन्तुष्टि

रौतहटका विभिन्न जातीय समुदायले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा उम्मेदवार बन्न ठूला दल तथा गठबन्धनले उपेक्षा गरेको गुनासो गरेका छन् । पार्टीमा लामो समय त्याग गरेका र ठूलो लगानी गरेका तथा जित्ने करिब निश्चित भएका नेताहरु समेत पार्टीबाट ठगिएको भन्दै असन्तुष्टि पोख्न थालेका छन् ।

बैंकका सिइअाेदेखि गुण्डा नाइकेसम्म ठगिए

किस्ट बैंकका तत्कालिन कार्यकारी प्रमुख कमल ज्ञवालीलाई एक पहुँचवाला राजनीतिक दलका नेताको बोली बनाएर फोन आयो। फोन गर्ने व्यक्तिले व्यक्तिगत आवश्यकताका लागि भन्दै केही रकम माग गरे। कारोबार फस्टाउँदै गरेको किस्ट बैंकका कार्यकारी अधिकृत ज्ञवालीले रकम दिए। रकम लिन पुगे ईश्वरीप्रसाद पोखरेल।

लोभमा परेर सुन खरीद गर्दा व्यापारी नै ठगिने क्रम बढ्दो

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा उतारचढाव हुने क्रममा एक वर्षअघि चाँदीमा सुनको जलप लगाएर नक्कली सुनको कारोबार गर्ने गिरोहमा संलग्न ६ जनालाई इटहरीबाट प्रहरीले पक्राउ गर्यो।

यसरी ठगिए पूर्व लाहुरे, लाहुरे परिवार घर न घाटको अवस्थामा

धरान १५ दशरथ पथका ५४ बीरबहादुर थापाले ब्रिटिश आर्मीमा २१ बर्ष नोकरी गरे। ०५५ सालमा रिटायर्ड भएपछि पनि उनी इराक, बहराइन गए। जीवनभरको कमाइले उनले ०६४ सालमा एक कट्टा जग्गामा तीन तले पक्की घर बनाएका थिए। विदेशमा पसिना बगाएर बनाएको त्यही घरजग्गा पनि अहिले उनी आफ्नो भन्नसक्ने अवस्थामा छैनन्।

डलर साट्दा २० लाख ठगिएपछि...

सिन्धुली- होस् गर्नुस् है जो कोहिसँग डलर साट्दा ठगिएला। सिन्धुलीमा मुस्ताङका एक सामान्य व्यवसायीको डलर साट्न खोज्दा २० लाख ठगीएको छ। मुस्ताङ जिल्ला लेते ६ का ३२ बर्षिय कृष्णमोहन नेपालीको २० लाख रुपैँया एक अपरिचित समूहले ठगेका हुन्।

सस्तोमा सुन किन्दा यसरी ठगिदै छन् सुनचाँदी ब्यवसायी

इटहरी- सस्तोमा सुन पाएर लोभिदा पूर्वका सुनचाँदी व्यवसायी ठगिने क्रम बढ्दो छ। सुनचादीको गहनाबाहेक काँचो सुन बजार मुल्यभन्दा सस्तोमा पाएर किन्दा व्यवसायी ठगिने क्रम बढेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्