१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

डडेल्धुरामा जिप दुर्घटना : एकको मृत्यु, आठ घाइते

डडेल्धुरामा जिप दुर्घटना हुुँदा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा गन्यापधुरा गाउँपालिका–२ मालीगाउँकी ४३ वर्षीया कुमारी देउवा रहेकी छन्। जिल्ला सदरमुकाम डडेल्धुराबाट गन्यापधुरा गाउँपालिकातर्फ गइरहेको म१ज ३११ नम्बरको जिप बुधबार बेलुकी गन्यापधुरा गाउँपालिका–२ मैलोडामा दुर्घटना भएको हो। दुर्घटनामा ८ जना घाइते भएका छन्।

सैनिक हेलिकोप्टर दुर्घटनाग्रस्त, २५ जनाको मृत्यु

अफगानिस्तानको पश्चिमी प्रान्त फराहमा बुधबार अफगान सेनाको हेलिकोप्टर दुर्घटनाग्रस्त भएको छ। उक्त दुर्घटनामा हेलिकोप्टरमा सवार २५ जनाको मृत्यु भएको अफगान अधिकारीहरुले बताएका छन्। इरानसँगको सीमा जोेडिएको फराह प्रान्तका गभर्नरका प्रवक्ता नासिर मेहरीले अनार डारा जिल्लामा खराब मौसमका कारण हेलिकप्टर दुर्घटनाग्रस्त भएको जानकारी दिए।

विमानका सबै यात्रुको मृत्यु भएको अाशंका: खोजी कार्य जारी

ईन्डोनेसियाको लायन एयरको बोइङ ७३७ यात्रुबाहक विमानमा सवार १८९ जनाको नै मृत्यु भएको आश‌ंका गरिएको छ। सो विमान उडेको केही मिनेटमै सम्पर्कविहिन भएको थियो। विमान खोज्न साेनार विधि र ड्रोनको प्रयोग गरिएको छ।

लैनचौरमा माइक्रो बस र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

काठमाडौंको लैनचौरस्थित खानी विभाग अगाडिको सडकमा आज विहान ६ बजे माइक्रो बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

उडेको केही मिनेटमै विमान दुर्घटना

चालक दलसहित एक सय ८८ यात्रु बोकेर उडेको इन्डोनेसियाली लायन एयरको बोइङ ७३७ यात्रुबाहक विमान सोमबार बिहान समुद्रमा खसेको अधिकारीहरुले बताएका छन्।

बस र ट्रिपर ठोक्किदा ३ जनाको मृत्यु, दर्जनाैं घाइते

पूर्व पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको बुद्धभूमि २ गोरुसिंगे नजिकै साेमबार बस र ट्रिपर एक अापसमा ठाेक्किदा ३ जनाकाे मृत्यु भएकाे छ भने दर्जनाैं घाइते भएका छन्।

दसैंमा उपत्यकामा सवारी दुर्घटना र मृत्यु संख्या बढ्यो

काठमाडौं उपत्यकामा दसैं ९घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म०को बेला सवारी दुर्घटनामा परेर १४ जनाले ज्यान गुमाएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार ज्यान गुमाउनेमा काठमाडौंमा ९, ललितपुरमा ३ र भक्तपुरमा २ जना छन्।

अन्र्तराष्टिय हवाई दुर्घटनामा मृत्यु भए क्षतिपूर्ति १ करोड ८५ लाख

अन्तर्राष्ट्रिय हवाई दुर्घटनामा ज्यान गुमाउनेका आफ्न्तले आगमी मंसिर २९ बाट झण्डै दुई करोड क्षतिपूर्ति पाउने भएका छन्।

भक्तपुरमा टिपरको ठक्करबाट ६ जना घाइते

अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको फन भ्याली नजिक आइतबार साँंझ टिपरले ठक्कर दिँदा ६ जना घाइते भएका छन्। भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ९ फन भ्याली नजिक अरनिको हाईवेमा काभ्रेबाट जगातीतर्फ आउदै गरेको बा ४ ख ३१५३ नं. को ट्रिपरले विपरिततर्फबाट गइरहेको बा १६ च १६८२ नं.को मारुती भेन र बा ४ ख ७५१८ नं. बसलाई ठक्कर दिंदा जगातीतर्फ नै आउदै गरेको बा ५ ख ३७०७ नं. बसलाई समेत ठक्कर लागि मारुती भेनमा सवार ६ जना मानिस घाइते भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

जीप दुघर्टनामा ३ घाइते

महाकाली नगरपालिका २ सेलाबाट यात्रु पुगाएर सदरमुकाम खलंगा फर्कने बेला जीप दुर्घटना हुँदा तीन जना घाइते भएका छन्। से१ज २६७ नम्बरको जीप महाकाली नगरपालिका ३ काटै नजिक दिउँसो ५ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ।

काभ्रेमा जीप दुर्घटना, डीअार्इजी सहित ३ काे मृत्यु

काभ्रेकाे मण्डनदेउपुर स्थित ढकालथोकमा शनिबार भएकाे जीप दुर्घटनामा नेपाल प्रहरीका डीअार्इजी सहित ३ जनाकाे मृत्यु भएकाे छ।

सडक दुर्घटना कम गर्न मदिरामा रोक लगाउने तयारी

झापामा सवारी दुर्घटनामा प्रत्येक वर्ष एकसय भन्दा बढीले ज्यान गुमाउँछन्। आर्थिक वर्ष २०७४/७५ मा १०५ जनाले सवारी दुर्घटनामा ज्यान गुमाए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्