मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु
मोरङको उर्लाबारी नगरपालिका–८ स्थित उर्लाबारी– इटहरा सडकखण्डमा शुक्रबार बिहान मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
मोरङको उर्लाबारी नगरपालिका–८ स्थित उर्लाबारी– इटहरा सडकखण्डमा शुक्रबार बिहान मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
तारकेश्वर नगरपालिका नेपालटारमा ट्रकको ठक्करबाट २ जनाको मृृत्यु भएको छ । नेपालटार नजिकै लोलाङ हाइटमा ट्रकको ठक्करबाट १ जना पैदलयात्रीको घटनास्थलमै र एक बालकको ग्रिनसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको महानगरीय ट्राफ्रिक नयाँ बसपार्कले जनाएको छ।
पृथ्वी राजमार्ग अन्र्तगत धादिङको थाक्रे गाउँपालिका– ६ महोदवबेसीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ।
सुदूरपश्चिम प्रदेशमा आर्थिक वर्ष २०७५–०७६ को तीन महीनामा २१ सवारी साधन दुर्घटनामा २५ जनाले ज्यान गुमाएका छन्।
काठमाडौँ उपत्यकामा दशैँको समयमा भएको सवारी दुर्घटनामा १४ जनाको मृत्यु भएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिएको जानकारीअनुसार घटस्थापनादेखि पूर्णिमासम्म उपत्यकाका विभिन्न स्थानमा भएको दुर्घटनामा चालक तथा पैदलयात्रुको मृत्यु भएको हो।
गुल्मीको इश्मा गाउँपालिका २ छल्दीमा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने १५ जना घाइते भएका छन्। दुर्घटनामा इश्मा गाउँपालिका २ हस्तिचौरका १५ बर्षिय बिमल केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
जुम्लाको हिमा गाउँपालिका १ द्यार गाउँमा दुर्घटना भएको बुलबुले यातायातको जीपमा सवार चन्दननाथ नगरपालिका ९ का दिपबहादुर सार्की घाइते मध्येका एक हुन। उनको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइराखेको छ। उनी अस्पतालको बेडमा छँदा पनि जीप चढेको झै अनुभूति गर्छन।
मेची राजमार्गअन्तर्गत इलामको देउमाई नगरपालिका–६ मा मंगलबार दिउँसो भएको जिप दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।
भारतको उत्तरी राज्य पंजाबस्थित अमृतसर सहरमा गत शुक्रबार बालबालिकासहित ५८ जनाको ज्यान जाने गरी एउटा रेल मानिसको भीडमा जोताइएको घटनाका प्रमुख दोषीबारे अझै अनुसन्धान भइरहेको बताइएको छ।
गत असोज २५ गते सिद्धिचरण राजमार्गअन्तर्गत उदयपुरको घुर्मीमा स १ ह १७२७ नम्बरको अटो पल्टिँदा स्थानीय यात्रु ३५ वर्षीय नबुल लुंगेली मगरको मृत्यु भयो । अटो चालक कटारी वडा नं. ४ का कर्णबहादुर राईले तीव्र गतिमा अटो कुदाएकै कारण दुर्घटना भएको हो।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका–११ अरुणखोलामा आइतबार बिहान भएको बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ। दुर्घटनामा गम्भीर घाइते भएका सोलुखुम्बुका ३० वर्षीय गणेश बस्नेतको उपचारको क्रममा मृत्यु भएपछि हालसम्म दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या सात पुगेको प्रहरीले जनाएको छ।
जुगल गाउँपालिकाको याङ्लाकोटबाट बाह्रबिसे गइरहेको टिपर भैँसेमा दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ। बा४ख ९०१७ नंको टिपर साेमवार सडकमै पल्टिँदा ११ जनाभन्दा बढी घाइते भएका छन्। उक्त टिपरले घुम्तीमा अर्को गाडीलाई उछिनेर घुमाउन खोज्दा सडकमा पल्टिएको भैँसे निवासी रामबहादुर तामाङले बताए।
जनकपुर ढल्केवर सडकखण्डअन्तर्गत मुजेलियामा आज बिहान एक ट्याक्टरले स्कुटरलाई ठक्कर दिँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ।
ताइवानमा आइतबार भएको रेल दुर्घटनामा परी कम्तीमा १७ जनाको मृत्यु भएको ताइवानी अधिकारीले जनाएका छन।
रामेछाप नगरपालिका वडा नं २ देउरालीको खराने पाखामा शनिबार साँझ ना १ ज ४८१२ नं. सुमो दुर्घटनामा परी मृत्यु हुनेको संख्या ३ पुगेको छ। दुर्घटनामा परी दुई जनाको घटनास्थलमा नै मृत्यु भएको थियो भने एक जनाको उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको छ। दुर्घटनामा परी ९ जना घाइते भएका थिए। घाइते सबैलाई उपचारका लागि काठमाडौं लगिएको छ।