१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

दार्चुलामा मिनिबस दुर्घटना हुँदा दुर्इको मृत्यु, १८ घाइते

दार्चुलाको मालिकार्जुन गाउँपालिका–३ मा मिनिबस दुर्घटना भएको छ। म १ ख ४३६नम्बरको मिनिबस सडकबाट तीन सय मिटर तल भिरमा खसेको छ।

तीर्थालु चढेको बस दुर्घटना, एककाे मृत्यु

सिरहामा तीर्थयात्री चढेकाे बस दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएकाे छ भने ४५ जना घाइते भएका छन्।पूर्वपश्चिम राजमार्गको कर्जन्हा नगरपालिका २ बन्दिपुरमा बस दुर्घटनामा परेकाे हाे।

जीप दुर्घटनामा दुईको मृत्यु, चार घाइते

इलामको साखेजुङमा जीप दुर्घटना हुँदा २ जनाकाे मृत्यु भएकाे छ भने ४ जना घाइते भएका छन्। मृत्यु हुनेमा इलाम नगरपालिका १ साखेजुङका ५६ वर्षीय कैलाश गुरुङ र साेहि स्थानका ४३ वर्षीय सुमन खनाल रहेका छन्।

बस दुर्घटनामा एकको मृत्यु,१५ घाईते

बस दुर्घटना हुँदा बिहीबार एकजनाको मृत्यु भएको छ। गुलरियादेखि गेरुवा गाउँपालिका लागि छुटेका ना ३ ख ८५५४ नम्बरको बस गुलरिया नगरपालिका १ खैरापुरस्थित हुलाकी सडकमा दुर्घटना भएको हो।

महेन्द्रा जिपका सिट काट्दै ट्राफिक प्रहरी

जिल्ला ट्राफिक प्रहरी कार्यालयले डोटीमा सञ्चालन हुने महिन्द्रा पिकअप जिपका पछाडिका सिट हटाउन थालेको छ। चालकसहित पाँच जनाको सिटक्षमता भए पनि यहाँका जिप व्यवसायीले पछाडिपट्टिको सामान बोक्ने भागमा आफूखुशी सिट जडान गरी १० देखि १४ जनासम्म यात्रु बोक्दै आएका थिए।

सवारी दुर्घटनामा २ काे मृत्यु

रुपन्देहीमा बुधबार भएको सवारी दुर्घटनामा दुर्इ जनाको ज्यान गएको छ । पुर्वपश्चिम राजमार्गको सैनामैना सरौलीमा मोटरसाइकल र हाइलक्स कार एक आपसमा ठोक्किदा मोटरसाइकलमा सवार दुर्इ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

स्कुटर दुर्घटनामा एकको मृत्यु

स्कुटर आफै अनियन्त्रित भई सडकको डिभाईडरमा ठक्कर खान जाँदा मंगलबार भक्तपुरमा एक जनाको मृत्यु भएको छ। भक्तपुर नगरपालिका १ सिर्जनानगर बस पकेटमा राधेराधेबाट सल्लाघारीतर्फ जाँदै गरेको भक्तपुर जिल्ला भक्तपुर नगरपालिका ७ इनाचो बस्ने बर्ष ५३ को आशाराम डुमरुको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा १ जनाको मृत्यु, चार घाइते

नवलपरासीको नवलपुरमा सोमबार राति छुट्टाछुट्टै सवारीसाधन दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ। ४ जना घाइते भएका छन्।

जीप दुर्घटनाका मृतक परिवारलाई राहत

खोटाङ उद्योग बाणिज्य संघले जीप दुर्घटनामा ज्यान गुमाएका व्यवसायीका परिवारलाई आर्थिक सहयोग गरेको छ। गत कात्तिक २१ गते केपीलासगढी गाउँपालिकाको बाक्सिलाबाट दिक्तेल जाँदै गरेको ना १ ज ३६९८ नम्बरको जीप दुर्घटनामा ज्यान गुमाएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका ४१ वर्षीय व्यवसायी दिपक रसाईलीको परिवारलाई बाणिज्य संघले ५१ हजार आर्थिक सहयोग गरेको हो।

जिप दुर्घटनामा एकको मृत्यु, सात घाइते

पाल्पाको रिब्दिकोट गाउँपालिका– ३ सिरुखर्कमा जिप आज बिहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।

ट्रकले किच्दा २ जनाको मृत्यु

पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत हेटौंडामा आइतबार भएको सवारी दुर्घटनामा २ जनाको ज्यान गएको छ। हेटौंडा उपमहानगरपालिका ९ पशुपतिनगरमा भएको दुर्घटनामा ट्रकले किच्दा २ जनाको मृत्यु भएको हो।

पानी ट्यांकरको ठक्करबाट पैदल यात्रीको मृत्यु

भक्तपुरमा आइतबार विहान भएको दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ। बिहान साढे ७ बजे भक्तपुरको मध्यपुर थिमी नगरपालिका ३ नमुना बस्तीमा बा ४ क ४२१४ नम्बरको पानी ट्यांकरले पैदल यात्री तेह्रथुम आठराई गाउँपालिका ७ घर भई हाल मध्यपुर थिमी नगरपालिका ३ गठ्ठाघर बस्ने ७८ वर्षीय नेत्र प्रसाद पराजुलीलाई ठक्कर दिँदा उनको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

मिनी ट्रक र बस ठोक्किँदा दुई जनाको मृत्यु

अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको मध्यपुर थिमिमा भएको दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। राजमार्ग अन्तर्गत क्षयरोग अस्पताल नजिकै शनिबार राति भएको दुर्घटनामा परी काभ्रे बनेपा नगरपालिका ४ नालाका ३४ वर्षीय राजेन्द्र श्रेष्ठ र सोही ठाउँका २८ वर्षीय टार्जन श्रेष्ठको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु, १३ घाइते

डडेल्धुराको भागेश्वरमा यात्रु बोेकेको जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्