१२ मंसिर २०८१ बुधबार
image/svg+xml

ट्रिपर दुर्घटनामा चालकको मृत्यु

रोल्पामा शनिबार दिउँसो ट्रिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार लुङग्री गाउँपालिका ४ सर्पामा ट्रिपर पल्टदा ३५ बर्षीय चालक बेद बहादुर बस्नेतको मृत्यु भएको हो।

दाङ बस दुर्घटना : जिल्लाका ११ जनाले ज्यान गुमाएपछि शाेकमा डुब्याे जुम्ला

दाङ स्थित शहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयबाट शैक्षिक भ्रमणमा गएको टोली चढेको बस दुर्घटनाले जुम्ला शोकमग्न छ।

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

मुगु जिल्ला सोरु गाउँपालिका तारापानी बजारबाट सदरमुकाम गमगढीतर्फ आउँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

विद्यार्थी बोकेको बस दुर्घटना (अपडेट) : मृत्यु हुनेको संख्या २३ पुग्यो, ९ को सनाखत

दाङमा शुक्रबार बेलुका भएको बस दुर्घटनामा परि ज्यान जानेको संख्या २३ पुगेको छ। जसमा ४ महिला र १९ पुरुष रहेका छन्। दुर्घटनामा परि १५ जना घाइते भएका छन्।

मोटरसाईकलको ठक्करबाट पैदल यात्रुको मृत्यु

प्यूठानमा मोटरसाईकलको ठक्करवाट पैदल यात्रीको मृत्यु भएको छ । बिहिवार साझ मोटरसाईलकलले माण्डवी गाउँपालिका १ सिमलचौर निवासी अन्दाजी वर्ष ४५ का बोमबहादुर थापाको ठक्कर दिएर घाईते बनाएको थियो ।

डुङ्गा पल्टिँदा स्पेनमा १२ आप्रवासीको मृत्यु

स्पेनको दक्षिणी क्षेत्रमा भएको डुङ्गा दुर्घटनामा परी १२ जनाको मृत्यु भएको छ । सोही दुर्घटनाकामा परी अन्य १२ जना बेपत्तासमेत भएका छन्।

नवलपरासीमा बस दुर्घटना एकको मृत्यु

पुर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको डण्डामा भएको बस दुर्घटनामा एक जना भारतीय नागरिकको मृत्यु  भएको छ। बसमा सवार २५ जना यात्रु घाइते भएका छन्।

बस खस्दा एक भारतीयको मृत्यु, चारकाे अवस्था गम्भीर

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको कावासोती–१४ मा आज बिहान बस अनियन्त्रित भई खोलामा खस्दा एक जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् ।

पाँच महिनामा ७४ जना यात्रुको मृत्यु, ३१७ घाइते

सवारी साधनको चाप बढेसँगै चितवनमा दुर्घटना पनि बढ्दै गएको पाइएको छ। जिल्ला ट्राफिक कार्यालयको तथ्यांकअनुसार चालू आर्थिक वर्षको मंसिरसम्ममा जिल्लामा १३५ सवारी साधन दुर्घटना हुँदा ७४ जनाले ज्यान गुमाएका छन् भने ३१७ जना घाइते भएका छन्।

बसको ठक्करबाट दुईको मृत्यु

बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ५ जिगाउँमा भएको सडक दुर्घटनामा सोमबार दुई जनाको ज्यान गएको छ। कोहलपुरबाट बनकटुवाको सम्झना चोकतर्फ गरेको बालज्योती बोर्डिङ स्कुलको बा १ क ४४९५ नम्बरको बसले विपरित दिशाबाट आइरहेको लु४३प ९५९९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।

दुर्घटनामा दुईको मृत्यु

दुई फरक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। सोमबार दिउँसो भरतपुर महानगरपालिका १ पोखरा बसपार्कमा हाईसले ठक्कर दिँदा दुई वर्षीय बालिकाको मृत्यु भएको छ।

अब आन्तरिक हवाई यात्रुको पनि बिमा बढ्ने

हवाई मार्गबाट विदेश आवतजावत गर्ने नेपाली यात्रुको दुर्घटना मृत्यु बिमा शनिबारबाट एक लाख ६० हजार अमेरिकी डलर (एक करोड ७० लाखभन्दा बढी) पुगेको छ।

नुवाकोट दुर्घटना : मृतक १८ जनाकाे सामुहिक अन्त्येष्टि, सिसिपु गाउँ शोकमा

आफन्तको मृत्यु पछि गरिने संस्कार (घेवा) मा सहभागी हुन शुक्रवार दुप्चेश्वर गाउँपालिका–१ सिसिपुका स्थानीयहरु सिङटाङ झरेका थिए। घेवाको काम सकाएर गाउँ फर्कन ढिला भइसकेका कारण मिनिट्रकमा जाने याेजना उनीहरुले बनाए।

बिहान र दिउँसो टिपर चलाउन प्रतिबन्ध

सवारी दुर्घटनाको दरलाई न्यूनीकरण र सवारी आवागमनलाई व्यवस्थित गर्न सवारीको चाप बढी हुने समयमा आजदेखि टिपर सञ्चालनमा रोक लगाइएको झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले राससलाई जानकारी दिए।

घ्याङफेदी मिनिट्रक दुर्घटना : मृत्यु हुनेको संख्या २० पुग्यो, १० जनाको सनाखत हुन बाँकी

नुवाकोटको घ्याङफेदीमा शुक्रबार साँझ भएको मिनिट्रक दुर्घटनामा मृत्यु हुनेको संख्या २० पुगेको छ। दुर्घटना हुँदा १८ जनाको घटनास्थलमा, १ जनाको उपचारको क्रममा अस्पताल लैजादै गर्दा बाटोमा र १ जनाको उपचारको क्रममा मृत्यु भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्