१२ मंसिर २०८१ बुधबार
image/svg+xml

सांसद्को ज्यान गएपछि सडक सुरक्षा कार्यदल

सडक दुर्घटनामा सर्वासाधारणले ज्यान गुमाउँदा चासो नदेखाएको प्रदेश सरकारको चेत सडक दुर्घटनामै सांसदको मृत्यु भएपछि खुलेको छ। सडक दुर्घटनामा घाइते प्रदेश ५ का सांसद उत्तरकुमार वलीको उपचारकै क्रममा शुक्रबार निधन भएपछि प्रदेश सरकारले दुर्घटना न्यूनीकरणमा चासो देखाउन थालेको हो। सरकार सडक सुरक्षा योजना कार्यक्रम ल्याउने तयारीमा लागेको छ।

ब्रेक फेल भएर बस पल्टियो, ९ घाइते एकको अवस्था गम्भीर

रुकुम पश्चिम मुसिकोट नगरपालिकामा बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन्। रुकुमपूर्वबाट काठमाडौं जाँदै गरेको ना५ख ५३८५ नम्बरको बस आइतबार दिउँसो दुर्घटना भएको प्रहरीले जनाएको छ।

बस र माेटरसाइकल जुध्दा २ जनाकाे मृत्यु

तनहुँमा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। शनिबार व्यास नगरपालिका–१२ घाँसीकुवामा पोखराबाट सुनौली जाँदै गरेको ग१ख ४७८० नम्बरको यात्रुवाहक बस र डुम्रेबाट दमौली तर्फ आउँदै गरेको ना३९प ९५३८ नम्बरकोे मोटरसाइकल ठक्कर खाँदा मोटरसाइकलमा सवार गोरखाका २१ वर्षीय माधव दराई र पर्साका १६ वर्षीय सुरज परियारको मृत्यु भएको प्रहरीले जनाएको छ।

रौतहटमा खस्क्यो शान्ति सुरक्षा, एक हप्तामा ७ जनाको मृत्यु, पत्रकारमाथि हमला

रौतहटमा शान्ति सुरक्षाको स्थिति अन्यन्तै नाजुक बनेको देखिएको छ। एक हप्तामा जिल्लामा ७ वटा शव बरामद भएको छ भने पत्रकारमाथि हमला र सडक दुर्घटनामा पनि वृद्धि भएको छ। एनसेलको टाबरमा आगजनी समेत भएको छ।

बारा घटना : चालक राउतको नाममा करोडौं सम्पत्ति

बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराई र सशस्त्र प्रहरी उपरीक्षक बलराम पोखरेल सवार जीप चालक अहिले ज्यान मुद्दामा प्रहरी नियन्त्रणमा छन्। उनले चलाएको जीप दुर्घटनामा सीडीओ भट्टराई र एसपी पोखरेलको ज्यान गएको थियो। तिनै चालक नारायण राउत कुर्मीकी पत्नी प्रेमशीलादेवीको नाममा करोडौंको घर र जग्गा रहेको खुल्न आएको छ।

सात महिनामा साढे तीन सयको मृत्यु

माघ २० गते आफैंले चलाएको जिप दुर्घटनामा गुल्मी मुसीकोटका ठाकुर सापकोटाको निधन भयो। आफ्नै गाउँठाउँमा स्वरोजगार हुने अठोट बोकेर भारतको रोजगारी छाडेर सात महिनाअघि स्वदेश फर्केका सापकोटाले छ महिनाखघि बोलेरो जिप किनेका थिए।

टिप्परकाे ठक्करबाट माेटरसाइकल चालककाे मृत्यु

टिप्परको ठक्करबाट भक्तपुरमा एक जना मोटरसाइकल चालककोे मृत्यु भएको छ। बा५ख ७७४७ नम्बरको टिप्परले ठक्कर दिँदा कञ्चनपुरको कृष्णपुर नगरपालिका २ का विष्णुराज पन्तको मृत्यु भएको हो।

ट्याक्टर दुर्घटनामा चालकसहित २ को मृत्यु

उदयपुरमा बुधबार ट्याक्टर दुर्घटनामा परी चालकसहित २ जनाको मृत्यु भएको छ । त्रियुगा नगरपालिका १४ को साउने–गाईघाट सडक खण्डमा भएको ना ५ त ६७६२ नं. को ट्याक्टर दुर्घटनामा परी चालक त्रियुगा नगरपालिका १५ खाँबुका २७ वर्षीय दुर्गबहादुर मगर र ट्याक्टरमा सवार रौतामाई गाउँपालिका ५ का ४३ वर्षीय दिलबहादुर राईको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटना कम गराउने चालक सम्मानित

जिल्ला प्रहरी कार्यालय मुगुले ट्राफिक नियमको पालना गरी सुरक्षित तरिकाले सवारी चलाउने चालकलाई बुधबार सम्मान गरेको छ। लामो समयदेखि मुगु जिल्लाभित्र र बाहिर सवारी चलाई सडक दुर्घटना न्यूनिकरण गर्ने लु१ज ३८१६ नम्बरका जिपचालक खत्याड गाउँपालिका २ का जगतबहादुर बुढालाई जिल्ला प्रहरी कार्यालयले सम्मान गरेको हो।

ट्याक्टरले किच्दा बालिकाको ज्यान गयो

ट्याक्टरले किच्दा खोटाङमा एक बालिकाको मृत्यु भएको छ। स्कुलबाट फर्किरहेकी खोटेहाङ गाउँपालिका–५ बड्कादियालेकी १३ वर्षीया बालिकालाई मंगलबार बालुवा बोकेको ट्याक्टरले किचेको हो। ट्याक्टरको अगाडिपट्टि बसेकी बालिका अकस्मात भुइँमा खसेकी थिइन्। सोही ट्याक्टरको पांग्रामुनि उनी परेकी थिइन्। जिल्ला प्रहरी कार्यालयका डीएसपी राजकुमार केसीले घटनाबारे जानकारी दिएका हुन्।

बागलुङको छिस्तीमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु

बागलुङकाे जैमिनी नगरपालिका ८ छिस्तीमा मंगलबार साँझ जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। १५ भन्दा बढी घाइते छन्। छिस्तीको जनकल्याण माविको वार्षिकोत्सव मनाएर घर फर्किदै गरेका विद्यार्थी अभिभावक सवार ध १ ज ७९१ नम्बरको जीप छिस्तीको रापुङटुनीबोटमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

मोटरसाइकल दुर्घटनामा महिलाको मृत्यु, एक घाइते

फुङ्लिङमा मंगलवार अपरान्ह भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ। एक जना गम्भीर घाइते छन्। दुर्घटनामा मोटरसाइकलमा सवार इलाम घर भइ सिँचाई कार्यालय ताप्लेजुङमा कार्यरत २३ बर्षीया सृजना गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख, डिएसपी सञ्जय सिंह थापाले जानकारी दिए।

बारा दुर्घटनाका घाइते सिडिओ भट्टराईको निधन

बारा जिल्लामा भएको जिप दुर्घटनाका घाइते बारा प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराईको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा निधन भएको उनका कान्छा भाइ सञ्चारकर्मी नरेश भट्टराईले नागरिकलाई जानकारी दिए।

बारा दुर्घटनाको छानविन गर्न प्रजिअ भट्टराई परिवारको माग

बाराका प्रमुख जिल्ला अधिकारी र सशस्त्र प्रहरी उपरीक्षकको सवारी दुर्घटना रहस्यमय भएको भन्दै परिवारजनले छानबिनको माग गरेका छन्।

जाजरकोटका स्थानीय भन्छन्, ‘रिम्ना बस दुर्घटनाको कारण सडक’

बिहीबार साँझ भेरी नगरपालिका १ रिम्नाको रिंगाउटास्थित सडकबाट भेरी नदीमा बस खस्दा ४ जनाको ज्यान गयो। साँघुरो र घुम्ती भएको सडकमा तीव्र गतिका कारण गाडी पल्टिएको त्यहाँका स्थानीय र गाडीको अवस्थाबाट थाहा भएको छ। गाडी चलाउने हुन् या चढ्ने सबै डराउने खण्ड हो  खलंगा–रिम्ना।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्