'राजदूतावासको आग्रहमा महिलालाई प्रतिबन्ध'
व्यवस्थापिका संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले खाडी मुलुकमा महिला कामदार पठाउने निर्णय ती देशमा रहेका राजदूतावासको आग्रहमा गरिएको प्रस्ट पारेको छ।
व्यवस्थापिका संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले खाडी मुलुकमा महिला कामदार पठाउने निर्णय ती देशमा रहेका राजदूतावासको आग्रहमा गरिएको प्रस्ट पारेको छ।
पाकिस्तानको ७७ औं राष्ट्रिय दिवसको अवसरमा बिहीबार काठमाडौंस्थित पाकिस्तानी दूतावासमा झण्डोत्तोलन कार्यक्रम आयोजना गरियो। नियोग प्रमुख जावेद अहमिद उमरानीले पाकिस्तानको राष्ट्रिय झण्डोत्तोलन गरेका हुन्।
भारतीय सीमा सुरक्षा बल (एसएसबी) को गोली लागेर कञ्चनपुरको पुनर्वास–८, आनन्दबजारनजिक सीमामामा एक नेपालीको मृत्यु भएको विरोधमा भारतीय दूतावास अगाडि प्रदर्शन भएको छ।
दूतावास स्थापना गर्ने सरकारको निर्णयपछि स्पेनस्थित नेपाली संघ संस्थाहरुले एक दशक अघि हुँदै आएका पहलको स्मरण गरेका छन्। नेपाली दूताबास स्थापना गर्ने सरकारको निर्णयलाई स्वागत गर्दै उनीहरुले विगतमा गर्दै आएका पहलको सम्झना गरेका हुन्।
भारतीय राजनीतिज्ञ र विदेश मन्त्रालयबीच समझदारी बन्न नसक्दा करिब तीन दशकपछि नेपालस्थित भारतीय दूतावास राजदूतविहिन हुने भएको छ। भारतीय राजदूत रञ्जित रे आफ्नो ३ वर्ष ६ महिनाकोे कार्यकाल सकी बुधबार स्वदेश फर्कंदै छन्। उनको कार्यकाल मंगलबार सकिएको छ। रेले मंगलबार नै भारतको विदेश सेवाबाट समेत अवकाश प्राप्त गरेका छन्।
संयुक्त अरब ईमिरेट्स (युएई)मा नेपाली उत्पादन प्रबर्द्धनका सम्भावनाबारे एक छलफल कार्यक्रम सम्पन्न भएको छ। नेपाली दुताबास युएईले आयोजना गरेको कार्यक्रममा नेपाली उत्पादनलाई युएईको बजारसम्म ल्याउन चुनौतीबारे छलफल भएको थियो।
सरकारले खाली रहेका १४ देशका लागि नयाँ राजदूतको नाम सिफारिस गरेको छ। आज बसेको मन्त्रिपरिषद बैठकले १४ देशमा राजदूतको लागि नाम सिफारिस गरेको हो। यस्तै स्पेनमा दूतावास खोल्ने पनि निर्णय भएको सरकारका प्रवक्ता था सञ्चारमन्त्री सुरेन्द्र बहादुर कार्कीले बताए।
नेपाली दूतावास जापानको आयोजनामा शनिवार टोकियोमा ६७ औं प्रजातन्त्र दिवस मनाइएको छ। जापान भ्रमणमा रहेका उद्योगमन्त्री नवीन्द्रराज जोशी प्रमुख अतिथि रहेको कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य ठाकुर गैरे एनआरएनए आईसीसीका उपाध्यक्ष भवन भट्ट, एनआरएन जापानका अध्यक्ष सुदन थापा, नेपाली राजनैतिक दलका जापान स्थित भातृ संगठनका पदाधिकारी लगायत जापानबासी नेपालीहरूको उपस्थिति थियो।
अवैधानिक रुपमा भइरहेको हुन्डी करोबार रोक्न युएईमा अन्तर्किया गरिएको छ। नेपाली दुताबास युएईले शुक्रबार युएईमा कार्यरत नेपालीहरुसँग वैधानिक बाटोबाट पैसा पठाउन आह्वान गर्दै अन्तरक्रिया गरेको हो।
लण्डनस्थित नेपाली दूतावासले संयुक्त अधिराज्य सहित चार मुलुकमा बसोबास गर्दै आएका नेपालीको विवरण संकलनको काम सुरु गरेको छ। लण्डन राजदूतावासको कार्यक्षेत्र तोकिएका संयुक्त अधिराज्य, आयरल्याण्ड, आइसल्याण्ड र माल्टामा बसोबास गर्ने नेपालीको तथ्याङ्क विवरण लिने तयारी गरिएको हो।
सरकारले संसद् सचिवालयमा दर्ता गराएको संविधान संशोधन विधेयकका विषयमा छलफल गर्न सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो बिहीबार फेरि भारतीय दूतावास गएका छन्। त्यहाँ उनले राजदूत रञ्जित रेसँग संशोधन विधेयकबारे छलफल गरेको स्रोतले बतायो।
नेपालस्थित अमेरिकी दूतावासले आफ्नो नयाँ वेबसाईट https://np.usembassy.gov सार्वजनिक गरेको छ।
संयुक्त युवा तथा विद्यार्थी मोर्चाले लैनचौरस्थित भारतीय राजदूतावास अगाडि साेमबार प्रदर्शन गरेका छन्। मोर्चामा संविधान संशोधनको प्रक्रियामा असहमत नेकपा एमाले, नेकपा माले, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी तथा नेकपा माओवादी निकट युवा एवम् विद्यार्थी सङ्गठन आबद्ध छन् ।
नेपालका लागि भारतीय राजदूत रणजित रे ले मधेसी मोर्चासम्बद्ध दलका अध्यक्षहरूसँग संयुक्त भेट गर्दैछन्। शनिबार बिहान ९ बजे छलफलका लागि अध्यक्षहरूलाई लैनचाैर स्थित दूतावास डाकिएको छ।
वेलायतका लागि नेपाली राजदूत डा.दुर्गाप्रसाद सुवेदीले आफ्नो ओहोदाको प्रमाण पत्र (क्रेडेन्सियल) बुझाउने दिन लन्डनस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय गराए। राजदूतकै निर्देशनमा दूतावासले १ डिसेम्बर, बिहीबारका दिन कन्सुलर सेवा समेत बन्द हुने सार्वजनिक सूचना सार्वजनिक गरियो।