साउदीमा हजारौं नेपालीको सडकमा बास, आत्तियो दूतावास
वैदेशिक रोजगारका लागि साउदी अरब आएका हजारौं प्रवासी नेपालीहरुको सडकको बास भएपछि यहाँस्थित नेपाली राजदुतावास आत्तिएको छ ।
वैदेशिक रोजगारका लागि साउदी अरब आएका हजारौं प्रवासी नेपालीहरुको सडकको बास भएपछि यहाँस्थित नेपाली राजदुतावास आत्तिएको छ ।
नेपाल भ्रमणमा रहेका भारती स्थल सेनाअध्यलाई ज्ञापनपत्र बुझाउन जाने क्रममा ग्रटर नेपालका अध्यक्ष फणिन्द्र नेपालसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। भारतीय दूतावास लैनचौरमा स्थल सेनाध्यक्ष दलवीर सिंहलाई ज्ञापनपत्र बुझाउने क्रममा नेपालसहित तीन जनालाई प्रहरीले पक्राउ गरी महानगरीय प्रहरी बृत्त सोह्रखुट्टेमा राखेको छ।
एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली भारतीय दूतावासले आयोजना गरेको दिवा भोजमा अनुपस्थित भएका छन्। दूतावासले भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सम्मानमा बुधबार लैनचउरस्थित दूतावासभित्रै दिवा भोज आयोजना गरेको थियो।
काठमाडौँ- नेपालको राजकीय भ्रमणमा रहेका भारतका राष्ट्रपति प्रणव मुखर्जीको सम्मानमा नेपालका लागि भारतीय राजदूत रणजित रायले आज अपराह्न लैनचौरस्थित भारतीय राजदूतावासमा स्वागत समारोह आयोजना गरे।
भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल भ्रमणमा जाने दिन आज बुधबार लन्डनस्थित नेपाली दूतवास बन्द नहुने भएको छ। नेपाली दूतावास लन्डनका प्रवक्ता शरदराज आरनका अनुसार परराष्ट्र मन्त्रालयको निर्देशन बमोजिम दूतावासले आफ्नो नियमितका काम यथावत राखेको हो।
व्यवस्थापिका–संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले भारतस्थित नेपाली राजदूतावासको जमिनमुनिबाट मेट्रो रेल सञ्चालन गर्न सरकारले दिएको अनुमतिका सम्बन्धमा सात दिनभित्र सम्पूर्ण कागजात उपलब्ध गराउन निर्देशन दिएको छ ।
घरेलु कामदारका रुपमा वैधानिक रुपमा युएई आएका नेपालीहरुले बिदामा नेपाल जाँदा नेपाली दूतावास युएईबाट पत्र नलगेमा श्रम स्विकृत नहुने भएको छ।
लन्डन- हिन्दु नेपालीको महान पर्व विजयादशमी, दीपावली, छठ, माघी लगायतको अवसर पारेर लन्डनस्थित नेपाली दूतावासमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ।
काठमाडौंस्थित साउदी अरबको दुतावासले ८६ औं राष्ट्रिय दिवस मनाएको छ। राजधानीको हायात होटलमा आयोजित कार्यक्रमका प्रमुख अतिथी रहेका उप राष्ट्रपति नन्दबहादुर पुन र नेपालका लागि साउदी अरबका राजदुत अब्दुलनासेर अलहार्थीले केट काटेर शुभारम्भ गरेका थिए।
काठमाडौंस्थित भारतीय दूतावासले भारतको ७० औं स्वतन्त्रता दिवस मनाएको छ। लैनचउरस्थित दूतावास परिसरमा आयोजित कार्यक्रममा भारतीय राजदूत रणजीत रायले भारतको राष्ट्रिय झण्डा फहराएर भारतका राष्ट्रपतिको सन्देश पढेर सुनाएका थिए।
काठमाडौं- नेपालका लागि थाइल्यान्ड राजदूतावासको सहयोगमा फूल सजावट सम्बन्धी तालिम सुरु भएको छ।
युएई- नेपाल पत्रकार महासंघ युएई शाखाले नेपाली दूतावास युएईबाट आधाकीरीक सूचना सरल र सहज रुपमा पाउनु पर्ने माग राख्दै युएईमा कार्यरत क्रियाशिल पत्रकारहरुको विवरण बुझाएको छ।
भारतीय दूतावासले आपसी समझदारीका सर्तमा आधारित भएर नेपाल–भारतबीच सैन्य सामग्री आपूर्ति हुने गरेको बताएको छ । नागरिकमा मंगलबार प्रकाशित ‘भारतले माग्यो उपहारको मोल’ शीर्षक समाचारमाथि प्रतिक्रिया व्यक्त गर्दै दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘दुई सरकारबीच सहमति भएर गरिएका कुनै पनि आपूर्तिमा कुनै विचलन रहेको छैन ।’
काठमाडौं- भारतीय राजदूतावासले सैन्य हेलिकप्टरको पैसा नमागेको बताएको छ। आपसी समझदारीका शर्तहरुमा आधारित रहेर भारत र नेपालबीच सैन्य सामाग्री आपूर्ति गर्ने गरिएको दूतावाशकी सेकेन्ड सेक्रेटर रुवी जसप्रीत शर्माले बताएकी छन्।
थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासले १५ करोड थाई भाट (करिब ४५ करोड नेपाली रुपैयाँ) मा आफ्नो नाममा घरजग्गा खरिद गरेको छ। बैंककको सुकुम्भित रोड–७१ को २७ नम्बरमा सानाठूला तीनवटा घरसहितको पौने चार रोपनी जग्गा दूतावासले खरिद गरेको हो। बुधबार उक्त जग्गा नेपाली दूतावासको नाममा स्वामित्व हस्तान्तरण गरिएको छ।