भीम रावलले शिर्ष नेताहरुलाई भने : 'एमसिसीबारे जथाभावी नबोल्नुस'
मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) को विषयमा अध्ययन गर्न गठित कार्यदलका सदस्य भीम रावलले एमसिसीको विषयमा जथाभावी नबोल्न शीर्ष नेताहरुलाई चेतावनी दिएका छन्। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कार्यसमिति बैठकले गठन गरेको कार्यदलका सदस्य रावलले अध्ययन भइरहेको विषयमा जथाभावी नबोल्न चेतावनी दिएका हुन्।