६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

एमसिसीलाई अतिरञ्जित गरियो

काठमाडौ – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले एमसिसीलाई अतिरञ्जित गरिएको बताएका छन्। मंगलबारदेखि गुल्मीमा सुरु भएको स्वास्थ्य बिमा घोषणा कार्यक्रमका लागि गुल्मी पुगेका मन्त्री ज्ञवालीले एमसिसीविरुद्ध बाहिर आएका कुरा अनावश्यक, अतिरञ्जित र प्रायोजित भएको बताए। पे्रस संगठन गुल्मीले तम्घासमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले एमसिसीको पूरा रूपसमेत थाहा नभएकाले यसकाविरुद्धमा अनावश्यक हल्ला र बहस गरिरहेको आरोप लगाए। उनले रस सकिएको चुइगमजस्तै बहस एमसिसीबारेमा चलिरहेको भन्दै बजारमा अनावश्यक विषयमा बहस गरेर मित्रराष्ट्रसँगको सम्बन्ध तितो बनाउन नहुने बताए।

मन्त्री ज्ञवालीले सरकार मुलुकको राष्ट्रिय हित, जनताको लाभ र देशको विकास जेमा हुन्छ सरकार त्यसैमा अघि बढ्ने बताए। उनले राजनीतिक दलहरूलोकतन्त्रका आधारस्तम्भ भएकाले दल कमजोर हुँदा लोकतन्त्रसमेत कमजोर हुने तर्क गरे। उनले दुई वर्षको कार्यसम्पादनबाट सरकारको आत्मविश्वास बढ्दै गएकोसमेत दाबी गरे। जनताको वर्षौंदेखिको समृद्धिको सपना वर्तमान सरकारले पूरा गर्ने भन्दै उनले कसैले पनि द्विविधा पाल्न आवश्यक नरहेको बताए।

प्रकाशित: २२ माघ २०७६ ०३:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App