२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

कोरोना संक्रमणबाट स्वास्थ्यलाभ गर्नेको संख्या १ लाख ९ हजार भन्दा धेरै

कोरोना भाइरस (कोभिड-१९) को महामारी विश्वभर भैलिएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार १९७ देश यो महामारीबाट प्रभावित छन्। नेपालमा पनि दुई जनामा कोरोना देखिएको छ। एक जना उपचार पछि घर फर्केका छन् भने एक युवतीको टेकु अस्पतालमा उपचार भइरहेको छ।

एक परिवारलाई एक महिनामा एक सिलिन्डर ग्यास

कोरोना भाइरस (कोभिड—१९) को असर लम्बिन सक्ने देखिँदा उपभोक्ताले ग्यासका सिलिन्डर सञ्चित गरे पछि नेपाल आयल निगमले एक परिवारलाई एक महिनामा एक ग्यास सिलिन्डर दिने नीति ल्याएको छ। खाना पकाउन ग्यास अभाव नहोस् र धेरै सञ्चिति नगरुन् भनेर नयाँ नियम ल्याएको निगमले जनाएको छ।

विदेशबाट फर्किएका २१ जना होम क्वारेन्टाइनमा

वालिङ नगरपालिकामा विदेशबाट फर्किएका २१ जना होम क्वारेन्टाइनमा बसेका छन्। विश्वभर महामारीको रूपमा फैलिएको कोभिड–१९ को सचेतनास्वरूप नगरपालिकाले नगरभित्रका विभिन्न वडाका घर/घरमा पुगेर विदेशबाट आएकालाई होम क्वारेन्टाइनमा बस्न दिएको सुझाव अनुसार उनीहरू होम क्वारेन्टाइनमा बसेको नगरपालिकाले जनाएको छ।

नियतवश रोग फैलाए १० वर्ष जेल

नियतवश संक्रामक रोग फैलाउनेलाई १० वर्षसम्म कैद र एक लाख रुपैयाँ जरिवाना हुने कानुनी व्यवस्था छ। मुलुकी अपराध संहितामा कसैले पनि आफूलाई सरुवा र संक्रामक रोग लागेको थाहा पाउँदापाउँदै नियतवश अरुलाई सारेमा, लापरबाही र हेलचेक्र्याइँ गरेमा यस्तो कैद र जरिवाना हुने व्यवस्था छ।

दिल्लीमा २४ घण्टामा नयाँ सङ्क्रमण भेटिएन, नमूना सङ्कलन गर्न स्वास्थ्यकर्मी घरमै पुग्ने

भारतीय राजधानी दिल्लीमा विगत २४ घण्टामा कोरोना भाइरसको नयाँ सङ्क्रमण पुष्टि नभएको यहाँका मुख्यमन्त्री अरविन्द केजरीवालले मङ्गलबार बताएका छन्।

सरकारको कोरोना रोकथाम कोषमा एनसेलको १० करोड सहयोग

सरकारले कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि स्थापना गरेको कोषमा एनसेलले १० करोड सहयोग गरेको छ।

कोरोनाबाट अमेरिकामा एक नेपालीको मृत्यु

अमेरिकामा कोरोनाबाट एक नेपालीको मृत्यु भएको छ। मृतक ५० बर्षिय अनिल लिम्बु रहेको जनसम्पर्क समितिका अध्यक्ष आनन्द विष्टले बताएका छन्।

कोरोना संक्रमित युवती आएको जहाजका सबैको पहिचान

कोरोना भाइरस (कोभिड–१९) पोजेटिभ देखिएकी फ्रान्सबाट आएकी महिला आएको जहाजमा रहेका व्यक्तिहरुको पहिचान भइसकेको सरकारले जनाएको छ। मंगलबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. बिकास देवकोटाले कोरोना भाइरस पोजेटिभ रहेकी महिला आएको जहाजमा रहेका सबैको पहिचान भएको बताए।

दक्षिणी सीमाबाट अन्तिम पटक नेपाल प्रवेश गर्न दिइने

सरकारले दक्षिण सीमाबाट नेपाल आउने नेपालीहरुलाई प्रवेशको अन्तिम अवसर दिने भएको छ। उनीहरुलाई १४ दिनको क्वारेन्टाइनमा अनिवार्य राख्ने गरी आज जम्मा भएका नेपालीहरुलाई नेपाल प्रवेशको अनुमति दिइने अर्थमन्त्री युवाराज खतिवडाले बताए।

कोभिड–१९ बारे जानकारी दिन मिडिया सेन्टर स्थापना

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना कोभिड–१९ सँग सम्बन्धित सूचना एकद्धार प्रणालीबाट सञ्चारमाध्यममा प्रवाह गर्न ‘मिडिया सेन्टर’ स्थापना गरेको छ।

कोरोना प्रभावित देशबाट आएका २३ जना क्वारेन्टाइनमा

कोरोना भाइरस (कोभिड-१९) प्रभावित युएई (दुबई) र भरतको विभिन्न प्रान्तबाट दिल्ली हुँदै सिरहाको माडर नाकाबाट प्रवेश गरेका २३ जनालाई सीमामा तैनाथ सशस्त्र प्रहरीले रोकेर क्वारेन्टाइनमा राखेको छ।

उहानका बासिन्दालाई अप्रिल ८ देखि अन्यत्र जान खुला गर्ने सरकारको तयारी

याँ कोरोना भाइरसबाट सर्वाधिक प्रभाव परेको चीनको हुबे प्रान्तको राजधानी उहानका बासिन्दालाई आगामी अप्रिल ८ देखि अन्यत्र जान आउन खुला गरिने भएको छ। भाइरसको संक्रमण रोक्ने उद्देश्यले उहानमा विगत दुई महिनादेखि लकडाउन गरिएको थियो।

घरमै बसेर कसरी काम गर्ने ? ६ टिप्स

विश्वभर महामारीको रुपमा फैलिरहेको कोविड–१९ का कारण विश्वका ठूला कम्पनी एप्पल, गूगल, एमाजोन र ओराकललगायले आफ्ना कर्मचारीलाई घरबाटै काम गर्न भनेका छन्। यसले भाइरसको सम्भावित संक्रमणको जोखिम कम हुने विश्वास लिइएको छ। घरमै बसेर काम गर्नु सम्भावित संक्रमणको जोखमबाट बच्न सकिने एउटा उपाय हो।

तनहुँका विभिन्न स्थानीय तहमा आइसोलेशन कक्ष

कोभिड–१९ का शङ्कास्पद विरामीको उपचारका लागि तनहुँका विभिन्न स्थानीय तहमा आइसोलेशन कक्ष तयार गरिएको छ।  जिल्लाका व्यास, शुक्लागण्डकी नगरपालिका, म्याग्दे र बन्दीपुर गाउँपालिकामा आइसोलेशन कक्ष तयारी अवस्थामा राखिएको हो।

हाम्रा 'हावि'जावीले बुझुपर्ने कोरोना

गोरा, चिल्ला, सधैं कपाल चिन्डे स्वरूपमै प्रस्तुत हुने हावी मन्डेल हलिवूडका यस्ता हस्ती हुन् जसलाई सरसफाइप्रति सामान्यभन्दा कति हो कति अत्यधिक मात्रामा सजग रहने 'सिक्सिके' प्राणीका रुपमा हेरिन्छ। डील अर नो डील, अमेरिका गट ट्यालेन्ट जस्ता विश्वप्रसिद्ध टेलिभिजन सोहरुका प्रस्तोता, जज रहेका हावीले यो पगरि पाउनुको विशेष कारणहरु छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्