२१ आश्विन २०८१ सोमबार
image/svg+xml

दीक्षित स्मारक कोषद्वारा विद्यार्थी पुरस्कृत

चिकित्साशास्त्रमा विशिष्ट स्थान हासिल गर्ने दुई विद्यार्थी स्वर्ण पदकबाट पुरस्कृत भएका छन् । त्रिभुवन विश्वविद्यालय चिकित्सा शिक्षा अध्ययन संस्थानअन्तर्गत नाक, कान तथा घाँटी विषयको स्नातकोत्तर तह, २०७४ मा प्रथम स्थान हासिल गरेका विज्ञानराज ज्ञवालीलाई स्वर्ण पदक प्रदान गरिएको हो ।

विद्यार्थीले शिक्षामन्त्री थुने

विद्यार्थी संगठनका नेताले शिक्षा ऐन नवौं संशोधन खारेजीको माग गर्दै शुक्रबार शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई उनकै कार्यकक्षमा आधी घन्टा थुनेका छन् । संयुक्त विद्यार्थी संगठनको बिहीबार बसेको बैठकले शृंखलाबद्ध रुपमा एकपछि अर्को शैक्षिक अपराध गर्न थालेको भन्दै शिक्षामन्त्री श्रेष्ठलाई सामाजिक बहिष्कार गर्ने निर्णय गरेको थियो ।

विपन्न विद्यार्थीकाे काेषमा एक लाख

पूर्वी चितवनको खैरहनी माविमा स्थापित जन्मोत्सव तथा स्मृति छात्रवृत्ति अक्षयकोषमा अमेरिकाबाट एक लाख सहयोग प्राप्त भएको छ । गरिब, विपन्न तथा जेहेन्दार विद्यार्थीलाई सहयोग गर्न स्थापित उक्त कोषमा अमेरिकामा रहेको ग्लोबल एक्सन कोलिसनमार्फत एक लाख ३ हजार सहयोग प्राप्त भएको कोषका संयोजक मुरलीप्रसाद गजुरेलले जानकारी दिए ।

विद्यार्थी हत्याको विरोधमा प्रदर्शन

विद्यार्थी हत्याको विरोधमा कञ्चनपुरको भीमदत्तनगरपालिका–७ हल्दुखालका स्थानीयवासीले विरोध प्रदर्शन गरेका छन्।प्रहरी र स्थानीयवासीबीच झडप हुँदा केही प्रदर्शनकारी घाइते भएका छन्। यस क्रममा प्रहरीले नौ राउण्ड अश्रुग्याससमेत प्रहार गरेको प्रहरी उपरीक्षक प्रकाशबहादुर चन्दले जानकारी दिए।

विद्यार्थीलाई मुद्दा फिर्ता लिन दबाब

चिकित्सा शिक्षातर्फ स्नताकोत्तर तह (पोष्ट ग्र्याजुयासन, पिजी) मा योग्यता सूचीका आधारमा भर्ना हुन पाऊँ भनि अदालतमा मुद्दा दर्ता गर्ने विद्यार्थीलाई मुद्दा फिर्ता लिन कलेज सञ्चालकले दबाब दिएका छन् । मुद्दाको अन्तिम सुनुवाइको पेसी तय भइसकेपछि युनिभर्सल कलेज सञ्चालकले विद्यार्थीहरूलाई मुद्दा फिर्ता लिन दबाब दिएका हुन् ।

नयाँ शक्ति विद्यार्थी युनियनको अध्यक्षमा गौतम निर्वाचित

नयाँ शक्ति विद्यार्थी युनियनको प्रथम अधिवेशनले श्यामबाबु गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। राजधानीमा सम्मपन्न ३ दिन लामो अधिवेशनको उद्घाटन नयाँ शक्ति पार्टी नेपालका संयोजक तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले गरेका थिए।

बाली विज्ञानमा विद्यार्थीको आकर्षण

खोटाङ सदरमुकाम दिक्तेलस्थित पञ्च माबिमा सुरु गरिएको बाली विज्ञान विषयमा विद्यार्थीको आकर्षण बढ्दै गएको छ।

कम्प्युटरमा गेम खेलेर बस्छन् विद्यार्थी

जिल्लाको दक्षिण भेगमा इन्टरनेट सेवा विस्तार नहुँदा विद्यार्थीलाई समस्या भएको छ। बढ्दो प्रतिस्पर्धी बजारसँग भिड्ने जनशक्ति उत्पादनका लागि आधुनिक र प्रविधियुक्त पढाई आवश्यक भए पनि त्यस क्षेत्रका विद्यालयहरुले कम्प्युटर विषयको पढाई सञ्चालन गर्न सकेका छैनन्।

गृहकार्य समूह गठनले विद्यार्थी उत्साहित

छायाँनाथ रारा नगरपालिका वडा नम्बर ९ मा रहेको राष्ट्रिय माध्यामिक विद्यालय मुर्मामा एक वर्ष यता गृहकार्य समूह गठन गरे पछि विद्यार्थीहरु विद्यालयमा नियमित हुनुका साथै पढाईमा सुधार हुन थालेको छ।

स्कुले विद्यार्थीलाई सैन्य तालिम

‘अगाडि बढ्ला, दायाँ बायाँ फर्केला, गो अहेड, पिटी प्रदर्शन गर्ला’ विद्यार्थीलाई नेपाली सेनाका अधिकृतले आदेश दिँदै थिए। फिल्डमा सेनाको जस्तै ड्रेसमा विद्यार्थी एक सुरमा निर्देशन अनुसार आदेश पालनमा गरिरहे। देशका आम युवाहरुलाई अनिवार्य सैन्य तालिम दिनुपर्ने विषय बेलाबखत बहसमा आउँछ। तर धेरैलाई थाहा छैन, नेपाली सेनाले जिल्लाका दुई विद्यालयका ७२ जना विद्यार्थीहरुलाई सैन्य तालिम दिँदै आएको छ।

विद्यालयमा आगलागी हुँदा सात विद्यार्थीको मृत्यु

केन्याको राजधानी नैरोबीमा रहेको एउटा विद्यालयमा भएको आगलागीमा परी कम्तीमा सात जना बालबालिकाको मृत्यु भएको छ।

विद्यार्थीले बनाए पानी रकेट

काठमाडौं पूर्वी क्षेत्रीय विज्ञान शिक्षक समाजको संयोजकत्वमा ‘पानी रकेट बनाउने बृहत विज्ञान प्रयोगात्मक कार्यशाला’ आयोजना गरिएको हो । कार्यशालामा विद्यार्थीलाई पानी र हावाको मिश्रणको चापबाट चल्ने रकेट बनाउन सिकाइएको थियो ।

वेलायती विद्यार्थीद्वारा बाग्लुङको विद्यालयलाई सहयोग

बेलायतस्थित लिभरपुलको एक विद्यालयमा अध्ययनरत विद्यार्थीले बाग्लुङ अमलाचौरस्थित पृथ्वी उच्च माध्यामिक विद्यालयलाई सहयोग उपलब्ध गराएका छन्।

देउवाले दिल्लीमा चार्टड एकाउन्टेन्सी र नर्सिङ विद्यार्थीका समस्यामा चासो देखाए

नयाँ दिल्ली—प्रधानमन्त्री शेरबहादुर देउवाले भारतमा अध्ययन गरिरहेका वा विभिन्न पेसा व्यवसायमा लागिरहेका नेपाली समुदायका नागरिकलाई नेपालमै फर्किएर देश विकासमा सघाउन आग्रह गरेका छन्।

विद्यार्थीको आकर्षण व्यवस्थापन र आइटीमा

नेपाल रिपब्लिक मिडियाले आयोजना गरेको 'हेराल्ड कलेज नागरिक दैनिक एजुकेसन करिअर फेयर १७' मा मेलाको पहिलो दिन विद्यार्थीको घुइँचो नै लाग्यो। मेलाका २५ वटा स्टल अवलोकन गर्दै विद्यार्थीले आफ्नो करिअर अघि बढ्ने विषयबारे विस्तृत जानकारी लिइरहेका भेटिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्