२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

वेलायती विद्यार्थीद्वारा बाग्लुङको विद्यालयलाई सहयोग

लन्डन-बेलायतस्थित लिभरपुलको एक विद्यालयमा अध्ययनरत विद्यार्थीले बाग्लुङ अमलाचौरस्थित पृथ्वी उच्च माध्यामिक विद्यालयलाई सहयोग उपलब्ध गराएका छन्।

लिभरपुलको ब्लुकोट स्कुलमा अध्यनरत विद्यार्थीहरु आलेक्स क्रेग, जनथन लु र सन्देश शर्माले उक्त उच्च माविमा विज्ञान प्रयोगशाला निर्माणका लागि ३ लाख २५ हजार रुपैयाँ सहयोग उपलब्ध गराएका हुन्।

वेलायती विद्यार्थीहरुले लिभरपुल नेपाली समाजको सहयोगमा विभिन्न सुपरमार्केट व्याग प्याकिङ, स्वंयसेवा र अनलाइनमार्फत् सो रकम संकलन गरेका थिए।

ती विद्यार्थीहरुले लिभरपुल नेपाली समाजको सहयोगमा विभिन्न सुपरमार्केट व्याग प्याकिङ, स्वंयसेवा र अनलाइनमार्फत् सो रकम संकलन गरेका थिए। अमलाचौर स्कुल एल्मुनाई एसोशियसनमार्फत् उपलब्ध गराइएको सो सहयोग मंगलबार पृथ्वी उच्च माविमा आयोजित एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको छ।

कार्यक्रममा सहयोग रकम बुझ्दै विद्यालयका प्राध्यानाध्यपक प्रेम चापागाईंले विदेशी विद्यालयमा अध्यनरत विद्यार्थीहरुले गरेको सहयोगप्रति धन्यवाद ज्ञापन गरे। विदेशको ज्ञान र सीपलाई नेपालमा भित्र्याउन सके शिक्षाको गुणस्तर वृद्धि हुने उनले बताए।   

वेलायती विद्यार्थीले नेपालको सरकारी स्कुलको पठनपाठनबारे जानकारी लिनुका साथै कक्षा कोठाको अवलोकनसमेत गरेका थिए। व्यवस्थापन समितिका अध्यक्ष लीला बिक, बाग्लुङ नगरपालिका–१२ का स्थानीय जनप्रतिनिधि, अमलाचौर एल्मुनाई एसोशियसका अध्यक्ष डा.हेमराज शर्मालगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि, शिक्षक, विद्यार्थी, अभिभावक तथा समाजसेवीको कार्यक्रममा उपस्थिति थिए। 

५७ वर्ष अघि स्थापना भएको सो विद्यालयको भौतिक संरचनामा व्यापक परिवर्तनका लागि निर्माणको काम भइरहेको छ। पूर्वविद्यार्थीहरुको सक्रियतामा यूवा व्यवसायीद्वय चन्द्र ढकाल र हेमराज ढकालको सहयोगमा करिब ६ करोडको लगानीमा विद्यालयको लागि १४ वटा नयाँ कक्षा कोठासहितको अत्याधुनिक विद्यालय भवन निर्माण भइरहेको हो। 

यस्तै पूर्वविद्यार्थीहरुको संस्था अमलाचौर एल्मुनाई एसोशियसले विद्यालय हाताभित्र इ–लाइब्रेरी, विज्ञान प्रयोगशाला र सूचना केन्द्रको स्थापना गर्ने तयारी गरेको एसोशियसनले जनाएको छ।

प्रकाशित: ८ भाद्र २०७४ १६:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App