२७ पुस २०८१ शनिबार
image/svg+xml

पहिलो चरणको मतगणना सुरु

पहिलो चरणमा निर्वाचन भएका जिल्लाहरुमा साँझ पाँच बजेदेखिनै मतगणना हुँदैछ। पहिलो चरणमा ३२ जिल्लाका ३७ प्रतिनिधि सभा र प्रदेश सभाका ७४ क्षेत्रमा मंसिर १० गते निर्वाचन भएको थियो। दोस्रो चरणको मतदान सकिए लगत्तै प्राय जिल्लाको मतगणना गर्ने तयारी गरिएको निर्वाचन आयोगले जनाएकोछ। सर्वदलीय बैठक बसेर मतगणनालाई अघि बढाउन दलहरु लागेका छन्। पहिलो चरणमा ६५ प्रतिशत मत खसेको थियो।

मतगणनास्थल खुला, गणना तयारी (फोटो फिचर)

सिन्धुपाल्चोकमा मतगणनाको लागि मतगणनास्थल खुला गरिएको छ। उम्मेदवार, दलका प्रतिनिधि गणनास्थलमा प्रवेश गरिरहेका छन्।

मत गणनाको तयारी अन्तिम चरणमा

खोटाङमा मत गणनाका लागि धमाधम तयारी भइरहेको छ। बिहीबार साँझबाट सुरु गरिने मत गणनाका लागि तयारी पूरा भइसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको जिल्ला अदालतका चार वटा कोठामा मत गणना गर्ने तयारी गरिएको छ।

सिन्धुपाल्चोकमा ठीक ५ बजेबाट मतगणना

मुख्य निर्वाचन अधिकृतको कार्यालयले दोस्रो चरणमा मतदान सकिनासाथ बिहीबार पाँच बजेदेखि मतगणना थाल्ने तयारी गरेको छ । मतगणनाको सबै तयारी पूरा भएको सिन्धुपाल्चोकमा पहिलो चरणमा मतदान भएको थियो ।

मतगणना स्थलमा तारजाली र सिसिटिभी क्यामरा

मुख्य निर्वाचन अधिकृतको कार्यालय रोल्पाले २१ गतेबाट सुरु गरिने मतगणना स्थललाई सुरक्षित बनाउन गणना गरिने स्थानमा तार जाली लगाएको छ । चितवनमा मतपत्र च्यातिएको घटनाबाट तर्सिएको स्थानीय प्रसाशनले राजनीतिक दलसँगको छलफलबाट तारजाली प्रयोग गरेको हो ।

सिसिटिभी राखेर मतगणना गर्न निर्देशन

निर्वाचन आयोगले मतगणना स्थलमा सकेसम्म सिसिटिभी राख्न सबै जिल्ला निर्वाचन अधिकृतहरुलाई निर्देशन दिएको छ ।

मतपत्र च्यात्नेलाई मतगणनामा राख्दैनौं : मुख्य निर्वाचन अधिकृत

स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकाको मतगणनाका क्रममा मतपत्र च्यातेको अभियोग लागेकालाई मतगणनामा समावेश नगराइने भएको छ । मतपत्र च्यातेको अभियोगमा माओवादी केन्द्र निकट मधु न्यौपाने र द्रोणबाबु शिवाकोटीविरुद्ध जिल्ला अदालत चितवनमा मुद्दा चलिरहेको छ । उनीहरु जनही रु एक–एक लाख धरौटीमा छुटेका हुन् ।

यस्तो छ मतगणनाको तयारी (भिडियो)

पहिलो चरणमा मतदान भएको सिन्धुपाल्चोकमा दोस्रो चरणको निर्वाचन सकिँनासाथ मंसिर २१ गते साँझ ५ बजेबाट मतगणना सुरु गरिने भएको छ।

नेपाल र भारतमा एकैसाथ पाटेबाघ गणना

आजदेखि नेपाल र भारतमा एकैसाथ दुर्लभ पाटे बाघको गणना (अनुगमन) शुरु हुँदैछ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार अत्याधुनिक प्रविधिसहितको क्यामरा ट्रयापिङ विधिबाट बाघको गणना गर्न लागिएको हो।

अबको चुनौती मतपेटिका संकलन, सुरक्षा र गणना

प्रमुख राजनीतिक दलहरूले पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत आइतबार शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको भन्दै खुशी व्यक्त गरेका छन् ।

मत गणना महिलाको जिम्मा

चितवनका मुख्य निर्वाचन अधिकृत कुलप्रसाद शर्माले मत गणनामा महिलाहरू मात्रै राख्ने सोच बनाएको बताएका छन् ।  ‘मेरो मनमा यस्तो सोच पलाएको छ । म दलका नेता ज्यूहरूसँग आग्रह गर्दछु । सबै प्रतिनिधिहरू महिला पठाइदिनुस् । चितवनबाट एउटा नमूना योग्य काम सुरु गरौं,’ निर्वाचन सम्बन्धि मंगलबार भरतपुरमा आयोजना भएको कार्यक्रममा मुख्य निर्वाचन अधिकृत शर्माले आग्रह गरे ।

यसरी एक साथ गणना गरिँदैछ नेपाल र भारतका बाघ

बाघ रहेका नेपालका निकुञ्ज, आरक्ष, वन क्षेत्र र तीसँग जोडिएका भारतीय निकुञ्ज एवं वन क्षेत्रमा एउटै प्रक्रियाबाट एकैपटक बाघ गणना गरिने भएको छ । निकुञ्ज विभागका महानिर्देशक मनबहादुर खड्काका अनुसार नोभेम्बर दोस्रो साताबाट बाघ गणना गर्ने तयारी भएको छ ।

खडक नपामा मतगणना अवरुद्ध

सप्तरीको खडक नगरपालिकाको मतगणना आज साँझदेखि अवरुद्ध भएको छ। खडक नगरपालिका–१० को मतगणनाको क्रममा मतदान अधिकृतको हस्ताक्षर नभएको मतपत्र भेटिएपछि केही दलका प्रतिनिधिले मतगणना बहिष्कार गरी बाहिरिएपछि मतगणना साँझ ६ बजेबाट अवरुद्ध भएको हो।

एक मतले 'पराजित' एमाले उम्मेदवार दोस्रो पटक गणना गर्दा ११ मतले विजयी

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेल र प्रहरी उपरीक्षक सुदिप गिरीले बिहीबार बिहान प्रमुख निर्वाचन अधिकृत बिष्णु सुवेदीलाई भेटेर निष्पक्ष मतगणनाका लागि आग्रह गरेका छन्। बुधवार साँझ वीरगन्ज वडा नम्बर ३० निर्वाचन अधिकृतले काँग्रेस उम्मेदवार अलि हुसेन देवानलाई १ मतले विजय घोषणा गरिदिएका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्