हिमपातले विकास निर्माणका काम प्रभावित
मुगु जिल्लाको पूर्वीकरान भेगमा पर्ने मुगुमकामरोङ्ग गाउँपालीकामा हिमपातले विकास निर्माणका काम प्रभावित भएका छन्।
मुगु जिल्लाको पूर्वीकरान भेगमा पर्ने मुगुमकामरोङ्ग गाउँपालीकामा हिमपातले विकास निर्माणका काम प्रभावित भएका छन्।
सुदूरपश्चिमका पहाडी जिल्लामा भारी हिमपात भएको छ। हिमपातका कारण विद्युत्, सञ्चार, सडकलगायत अवरुद्ध हुँदा जनजीवन अत्यन्त कष्टकर बनेको छ। इन्टरनेट अभावले बैंकिङ सेवा प्रभावित बनेको छ। गत मंसिरको अन्तिम साता पहिलोपटक हिमपात भएको थियो।
गत हप्तादेखि मौसममा आएको परिवर्तनसँगै हिमपात र बर्षाले यहाँको जनजीवन प्रभावित बनेको छ। सडक, विद्युत, सञ्चार सेवा अवरुद्ध भएपछि दैनिकी कष्टकर बनेको हो।
वर्षा र हिमपातपछि आइतबारदेखि सुधार हुँदै आएको मौसम मङ्गलबार बेलुकाबाट फेरि प्रभावित हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
नेपाल भ्रमण वर्ष २०२० को एक सय गन्तव्यको सूचीमा परेको रारा ताल हिमपातले सेताम्मे बनेको छ। यस क्षेत्र वरपरका रुख–बिरुवा पनि हिउँले ढाकिएका छन्।
पश्चिमी वायुको प्रभावले मौसममा फेरि बदली आउने भएको छ। मौसम विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार पश्चिमी र पूर्वी भू-भागमा आंशिकदेखि सामान्य बदली रहि मध्य भूभागमा आंशिक बदली रहनेछ।
सिन्धुपाल्चोकको हेलम्बुमा भारी हिमपात भएको छ। शुक्रबारदेखि त्यहाँ हिमपात सुरु भएको हो। हिमपातका कारण जनजीवन कष्टकर बनेको छ भने विद्यालयहरु बन्द भएका छन्।
हिमपातसँगैको वर्षाले एकातिर जनजीवन प्रभावित भएको छ भने अर्कोतिर किसान खेतीपाती सप्रिने भन्दै दंग छन्।
बाक्लो हिमपातले यातायात, विद्युत र सञ्चार सेवा समेत अवरुद्ध भएको छ। चिसो अत्याधिक बढेपछि विद्यालय पनि बन्द गरिएको छ।
दुई दिनदेखि लगातार हिउँ पर्दा हिमालपारिका जिल्ला मनाङ र मुस्ताङको जनजीवन प्रभावित भएको छ। त्यस्तै अर्काे जिल्ला गोरखाको माथिल्लो क्षेत्रको दैनिकी पनि कष्टकर बनेको छ।
हिमाली जिल्ला मुगुलगाएत कर्णालीका सबै जिल्लामा भारी हिमपात भएको छ। बिहीबार अपरान्हको समयपछि लगातार हिमपात भएपछि मुगुको जनजीवन प्रभावित भएको हो।
जिल्ला सदरमुकाम मार्तडीसहित हिमाली भेगमा पुनः हिमपात भएको छ। बिहीबार दिउँसोदेखि मार्तडीसहित जिल्लाको हिमाली भेगमा हिमपात भईरहेको छ। हिमाली भेगमा हिमपात र जिल्लाको तल्लो क्षेत्रमा पानी पर्न थालेपछि चिसो बढेको छ। तापक्रम शुन्यमा झरेपछि चिसोले जनजीवन नराम्ररी प्रभावित बनेको छ।
यो बर्ष कर्णालीमा दोस्रो पटक हिमपात भएको छ। हिमपातको कारण कर्णालीको हुम्ला, मुगु, जुम्ला, डोल्पा र कालिकोटको जीवन कष्टकर बनेको छ। जुम्लामा शुक्रबार विहानैदेखि हिमपात भएको थियो। हिमपातसंगै अत्यधिक चिसो बढेको छ। उच्च हिमाली क्षेत्रमा गाईवस्तु पालनमा समस्या भइरहेको छ। बालबालिका र बृद्धबृद्धा प्रभावित बनेका छन्। चिसोका कारण कर्णालीबासी घर बाहिर निस्कन सकेका छैनन्।
पश्चिमी न्यूनचापीय वायुको प्रभावले आज देशभर बदली रही उपत्यकासहित देशको अधिकांश भूभागमा वर्षा तथा उच्च पहाडी र हिमाली भूभागमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
बर्षा र हिमपातका कारण चिसो बढेपछि लेकाली भेगका सयभन्दा बढी गाउँको जनजीवन कष्टकर बनेको छ। चिसोका कारण ४० भन्दा विद्यालय बन्द भएका छन्।