५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

हिमपातले सेताम्मे रारा

मुगु – नेपाल भ्रमण वर्ष २०२० को एक सय गन्तव्यको सूचीमा परेको रारा ताल हिमपातले सेताम्मे बनेको छ। यस क्षेत्र वरपरका रुख–बिरुवा पनि हिउँले ढाकिएका छन्।

हिमपातका कारण चिसो बढ्दा मुगुको जनजीवन कष्टकर बनेको छ। तर, पर्यटक चिसोको प्रवाह नगरी हिउँ खेल्न मस्त छन्।

रारामा भेटिएका विवेक तामाङले यहाँको हिमपातले उत्साहित बनाएको बताए। यस्तै, रारा घुम्न आएकी धादिङकी सिर्जना थपलियाले रारा मनमोहक देखिएको बताइन्।

राराले दिनमा तीन (खैरो, बैजनी र नीलो) रंग बदल्छ। कर्णाली प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य तथा नेपालको सबैभन्दा ठूलो ताल रारा समुद्र सतहदेखि २ हजार ९ सय ९० मिटर उचाइमा छ। यसको लम्बाई ५ किलोमिटर, चौडाई ३ किलोमिटर र गहिराई १ सय ६७ मिटर छ।

रारामा विश्वमा दुर्लभ असला जातका माछा, रानी ट्राउट भ्यागुतोलगायत तीन सय प्रजातिका चरा पाइन्छन्। यस्तै, कस्तुरी, रेडपाण्डा, मृग, घोरल, भाल, रतुवालगायत वन्यजन्तु पनि रारा क्षेत्रमा अवलोकन गर्न सकिने रारा राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App