२७ आश्विन २०८१ आइतबार
image/svg+xml

चामुण्डा स्नुकर असार २२ देखि

चामुण्डा स्पोर्टस क्लबको आयोजनामा प्रथम चामुण्डा अल नेपाल स्नुकर प्रतियोगिता असार २२ देखि साउन १ गतेसम्म हुने भएको छ।

स्लो स्कुटर प्रतियोगिता सम्पन्न

हेटौंडा लेडी जेसिसले स्लो स्कुटर प्रतियोगिता २०१९ आयोजना गरेको छ । सडक दुर्घटनाबारे जानकारी गराउन र सुरक्षित सवारी केन्द्रित ट्राफिक नियमबारे जानकारी गराउन जेसिज सप्ताह २०१९ अन्र्तगत उक्त गल्फ स्लो स्कुटर प्रतियोगिता आयोजना गरिएको जारी विज्ञप्तिमा उल्लेख छ ।

चण्डेश्वरी र लर्डबुद्ध प्रथम लुम्बिनी फुटसलको च्याम्पियन

चण्डेश्वरी एकेडेमी र लर्डबुद्ध इन्सिच्युट प्रथम लुम्बिनी फुटसल प्रतियोगिताको च्याम्पियन भएका छन्। विहीबार चुच्चेपाटीस्थित लुम्बिनी कलेजको फुटसल मैदानमा भएको खेलमा चण्डेश्वरीले छात्र तथा लर्डबुद्धले छात्रातर्फको उपाधि जितेका हुन्।

प्रधानमन्त्री कपमा प्रदेश नं २ को पहिलो जित

राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश नम्बर २ ले कर्णाली प्रदेशलाई पराजित गर्दै पहिलो जित हात पारेको छ।

भूपेन्द्रको आशालाग्दो प्रदर्शन

नेपालका बक्सर भूपेन्द्र थापाले दोस्रो संस्करणको इन्डियन ओपन अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा बुधबार तेस्रो दिनको खेलमा कडा चुनौती दिए पनि सफलता हात पार्न सकेनन्।

पूर्णिमामा मेलासँगै प्रतियोगिता

गाउँगाउँमा खेल मैदान निर्माण भइरहेका छन्। खेलकुदको पूर्वाधार विकासले गाउँको खेलस्तर उकासिँदै छ। बर्सेनि आयोजना गरिने विभिन्न प्रतियोगिताले नयाँ खेलाडीको उदय हुने गरेको छ।

चौरमा खेलाडी उत्पादन, चौरमै अन्तर्राष्ट्रिय प्रतियोगिता

कराँते खेल शुरु भएको ३० वर्षभन्दा बढी भए पनि कर्वड हल नबन्दा खेलाडी र प्रशिक्षकलाई समस्या भएको छ। कर्वड हल अभावमा एक हजार २ सय भन्दा बढी कराँते खेलाडीले खुला चौरमा प्रशिक्षण लिनुपरेको छ। पूर्वाधार अभावमा जिल्ला सदरमुकाममा अयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगिता पनि खुला चौरमा हुँदै आएको छ।

गोसाइँकुण्ड–हेलम्बु म्याराथनको तयारी पूरा

गोसाइँकुण्ड हेलम्बु म्याराथनको तयारी पूरा भएको छ । यही वैशाख २८ गते शनिबार सञ्चालन गर्न लागिएको प्रतियोगिताको तयारी पूरा भएको आयोजक हेलम्बु ट्रेल रनिङ क्लबले जनाएको छ ।

प्रदेश २ ले जित्यो राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि

मनमोहन मेमोरियल अन्तर प्रदेश यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि प्रदेश नं २ ले जितेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा प्रदेश २ ले सुदुरपश्चिम प्रदेशलाई ४ विकेटले पराजित गर्दै उपाधि जितेको हो। टस जितेर पहिले व्याटिङ गरेको सुदूरपश्चिमले ३० ओभरमा नौ विकेट गुमाउँदै १३३ रनको योगफल बनाएको थियो।

प्रधानमन्त्री कप जेठ पहिलो साता

राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा नेपालय इन्टरनेसनलको व्यवस्थापनमा तेस्रो प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता जेठको पहिलो साता हुने भएको छ।

‘स्याङ्जा कप भलिबल’को उपाधि आँधीखोला क्लबलाई

आँधीखोला स्पोर्टस् क्लब हङकङले १२ औँ स्याङ्जा कप भलिबल प्रतियोगिताअन्तर्गत महिलातर्फको उपाधि आज जितेको छ।

टर्किस एयरलाइन्स गल्फ शनिबार

कर्पाेरेट क्षेत्रको सबैभन्दा ठूलो गल्फ प्रतियोगिताअन्तर्गतको टर्किस एयरलाइन्स गल्फ आगामी शनिबार हुने भएको छ। आयोजक टर्किस एयरलाइन्सले मंगलबार पत्रकार सम्मेलनमार्फत कर्पोरेट क्षेत्रको सबैभन्दा ठूलो गल्फ प्रतियोगिता ११ मार्चमा काठमाडौंमा हुने जनाएको हो।

विजेता टोली स्वदेश फिर्ता

एसिसी यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधि रक्षा गरेको नेपाली टोली सोमबार स्वदेश फर्किएको छ।

अन्तर्राष्ट्रिय ब्याडमिन्टनमा नेपालका प्रिन्सलाई रजत

नेपालका युवा खेलाडी प्रिन्स दाहालले अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा रजत पदक जितेका छन्।

अन्तर्राष्ट्रिय ब्याडमिन्टन : नेपालका प्रिन्स सेमिफाइनलमा

नेपालका युवा खेलाडी प्रिन्स दाहाल थाइल्याण्डको राजधानी बैंककमा जारी ‘योनेक्स सिङ्गा–रोजा बिटिवाईअन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता’को ब्वाइज यु–१७ को सेमिफाइनलमा प्रवेश गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्