१४ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

चामुण्डा स्नुकर असार २२ देखि

काठमाड – चामुण्डा स्पोर्टस क्लबको आयोजनामा प्रथम चामुण्डा अल नेपाल स्नुकर प्रतियोगिता असार २२  देखि साउन १ गतेसम्म हुने भएको छ।

चामुण्डा स्पोर्ट्स क्लबले बिहीबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी गराएको हो।चामुण्डा स्नुकर क्लब बौद्ध, जोरपाटी र नारायणटारमा हुने प्रतियोगिता नेपालमा पहिलो पटक हुन लागेको ठूलो धनराशिको प्रतियोगिता हो। फाइनल भने बेस्ट अफ १५ मा खेलाइनेछ । खेलाडीको मनोबल उच्च राख्ने उद्देश्यल प्रतियोगिता आयोजना गर्न लागिएको चामुण्डा अल नेपाल स्नुकरका अध्यक्ष सरोजकुमार रेग्मीले पत्रकार सम्मेलनमा जानकारी दिए।

प्रतियोगिताको विजेताले २ लाख पाउनेछ।उपविजेताले ६५ हजार र तेस्रो हुने खेलाडी दुई जनाले जनही ३० हजार रुपैयाँ प्राप्त गर्नेछन्।यस्तै, ७५ स्कोर ब्रेकरलाई ३० हजार रुपैयाँ र सेन्चुरी ब्रेक गर्नेलाई ५० हजार रुपैयाँ दिइनेछ।प्रतियोगिताको उत्कृष्ट खेलाडीले १० हजार रुपैयाँ पाउनेछ।प्रतियोगिताको फाराम असार १ गतेदेखि १७ गतेसम्मका लागि तोकिएको छ।
 

प्रकाशित: ३१ जेष्ठ २०७६ ०२:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App