२६ आश्विन २०८१ शनिबार
image/svg+xml

शारीरिक सुगठनको तयारी पूरा

नेपालमा शुक्रबारदेखि सुरु हुने दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगिताको अन्तिम तयारी पूरा भएको आयोजक नेपाल शारीरिक सुगठन तथा फिटनेस संघले जनाएको छ। बुधबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै संघले आफ्नो तयारी पूरा भएको जनाएको हो। शुक्रबारदेखि चार दिनसम्म चल्ने प्रतियोगितामा सहभागी राष्ट्रका खेलाडीहरू पनि बिहीबारबाट नेपाल आइपुग्ने संघले जनाएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने प्रतियोगिताको शुक्रबार प्रिजजिङ राउन्ड र शनिबार फाइनल चरणका खेल हुनेछन्। आयोजक राष्ट्र नेपालसहित आठ राष्ट्रका करिब १ सय ५० खेलाडीले प्रतियोगितामा चुनौती प्रस्तुत गर्नेछ।

कपिलवस्तुमा शारीरिक सुगठन

कपिलवस्तु शारीरिक सुगठन तथा फिटनेस संघले आगामी असोज १० र ११ गते कपिलवस्तुको तिलौराकोटमा ‘कपिलवस्तु राष्ट्रिय खुला शारीरिक सुगठन प्रतियोगिता–२०७६’ आयोजना गर्ने भएको छ।

राष्ट्रिय प्रतियोगिता कपिलवस्तुमा

कपिलवस्तु शारीरिक सुगठन तथा फिटनेश सङ्घले आगामी असोज १० र ११ गते कपिलवस्तुको तिलौराकोटमा ‘कपिलवस्तु श्री राष्ट्रिय खुल्ला शारीरिक सुगठन प्रतियोगिता–२०७६’ आयोजना गर्ने भएको छ।

काठमाडौंमा दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगिता हुँदै

साउन ३ र ४ गते बाह्रौं दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगिता काठमाडौंमा हुने भएको छ।

राष्ट्रिय युवा क्रिकेट टोली आज स्वदेश फर्कंदै

एसिसी इस्टर्न रिजन क्रिकेट प्रतियोगिता–२०१९ को च्याम्पियन बनेको नेपाली राष्ट्रिय क्रिकेट टोली आज राति स्वदेश फर्कंदै छ।

राप्रपा अध्यक्ष थापा सेमिफाइनलमा

भुटानमा जारी पाँचौं संस्करणको भुटान–भारतमैत्री टेनिस प्रतियोगितामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापा सेमिफाइनलमा प्रवेश गरेका छन्।

थपा अन्तिम आठमा

भुटानमा जारी पाँचांै संस्करणको भुटान–भारत मैत्रीपूर्ण लन टेनिस लन टेनिस प्रतियोगिता २०१९ मा नेपालले बिहीबार मिश्रित नतिजा ल्याएको छ। बिहीबार भएको ४५ वर्षमाथि समूहमा नेपालका भेट्रान टेनिस खेलाडी कमल थापाले भारतका देवनम लामालाई ६–१, ६–२ को सेटमा पराजित गर्दै अन्तिम ८ मा स्थान पक्का गरेका छन्। बिहीबारै भएको पुरुष एकलमा भने थापा भारतकै केने सेवाङसँग ६–०, ६–० को सोझो सेटमा पराजित भए।

हिलोमा दौड प्रतियोगिता

हामी हिलोमा एकछिन उभियौं भने लड्छौं, कसैको आड लिनुपर्छ। तर, धादिङमा हिलोमा दौड प्रतियोगिता भएको छ। नीलकण्ठ नगरपालिका वडा नं ७ तल्लोबेसीको फराकिलो फाँटमा युवा रोमान्चक तथा साहसिक रुपमा दौडेका छन्।

सुदूरपश्चिम र एपिएफ फाइनलमा

चौथो प्रधानमन्त्री कप टी–२० महिला क्रिकेट प्रतियोगिताको फाइनलमा सुदूरपश्चिम प्रदेश र विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लब पुगेका छन्।

सुदूरपश्चिम विजयी

प्रदेश ५ लाई ५१ रनको फराकिलो अन्तरले हराउँदै सुदूरपश्चिम प्रदेश आइतबार कञ्चनपुरको महेन्द्रनगरमा जारी चौथो प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट प्रतियोगितामा विजयी भएको छ। सुदूरपश्चिमको यो लगातार दोस्रो जित हो। महेन्द्रनगरको कवर्डहल क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले १६ दशमलव १ ओभरमा अलआउट हुँदै सय रन बनाएको थियो। सुदूरपश्चिमका लागि कविता कुँवरले २५ बल खेल्दै ८ चौकाको सहयोगमा ४३ रन जोडिन्। यसै गरी कविता जोशीले २१ बलमा २ चौकाको सहयोगमा १९ रन बनाइन्। रेवती धामीले ९, निशा भट्टले ८, मञ्जु बोकटीले ४ र लक्ष्मी साउदले ४ रन जोडे।

दुई पुलिसबीच फाइनल प्रतिस्पर्धा

छैटौं महिला बिच भलिबल प्रतियोगिताको उपाधिका लागि दुई विभागीय टोलीले प्रतिस्पर्धा गर्नेछन् । उपाधिका लागि नेपाल पुलिसको ‘ए’ टोलीले सशस्त्र प्रहरी बलको क्लब एपिएफ ‘ए’ सँग खेल्नेछ । शनिबार साँझ रोकिएको दोस्रो सेमिफाइनल आइतबार दिउँसो खेलाउँदा एपिएफ ‘ए’ ले नेपाल पुलिस क्लब ‘बी’ लाई सोझो सेटमा पराजित गर्दै आफूलाई उपाधि प्रतिस्पर्धामा उभ्याएको हो ।

सागको पूर्वाधार तयारी गर्न बजेट

डिसेम्बर १ देखि १० तारिखसम्म पोखरामा १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताका केही खेल खेलाइनेछ । कुनकुन खेल भन्ने ठोस निर्णय भइसकेको छैन । आर्चरी, महिला फुटबल तथा केही इन्डोर गेम पोखरामा सञ्चालन हुने सम्भावना प्रबल छ ।

अझै पाएनन् खेलाडीले पुरस्कार

सुरुदेखि नै विवादित बनेको प्रथम मुख्यमन्त्री कप प्रतियोगिताका विजेताले अहिलेसम्म पुरस्कार राशि पाउन सकेका छैनन् । गत फागुन २९ गतेदेखि चैत ३ गतेसम्म धनगढीमा सञ्चालन भएको प्रथम मुख्यमन्त्री कप प्रतियोगिताको पुरस्कार राशि तीन महिना बित्दासमेत पाउन नसकेको भन्दै खेलाडीहरूले गुनासो गरेका छन् ।

स्विमिङ पुल बनाउन साढे दुई करोड

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने जिम्मेवारी गण्डकी प्रदेश खेलकुद परिषद्को पाएको छ। त्यसभन्दा अघि पोखरामै सागका केही खेल समापन गरिनेछ। सागका लागि पूर्वाधार निर्माण गरिएको छ। गण्डकी प्रदेशले आयोजना गर्ने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि स्विमिङ पुल (पौडी पोखरी) निर्माणलाई प्राथमिकतामा राखेको छ। सरकारले पनि पौडी पोखरी निर्माणका लागि रातो किताबमै उल्लेख गरी बजेट छुट्ट्याएको छ। रातो किताबमा उल्लेख भएअनुसार पोखरामा पौडी पोखरी निर्माणका लागि साढे दुई करोड रुपैयाँ छुट्ट्याइएको छ।

घरेलु टोली सेमिफाइनलमा

प्रतियोगिताकै बलियो प्रतिद्वन्द्वी झापा ११ लाई १–० ले स्तब्ध पार्दै घरेलु टोली उदयपुर ११ छैैटौँ उदयपुर गोल्डकपमा इतिहास रच्न सफल भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्