२६ आश्विन २०८१ शनिबार
image/svg+xml

आयोजक र दोवा समाजलाई उपाधि

तेस्रो क्लबस्तरीय भलिबल प्रतियोगिताको पुरुषतर्फको उपाधि आयोजक पोखरा भलिबल ट्रेनिङ सेन्टर रातो र महिलातर्फको उपाधि दोवा समाजले हात पारेको छ।

मेयर कप खेलकुद असोज अन्तिम साता

प्रथम ढोरपाटन मेयर रनिङ गोल्डकप खेलकुद असोज अन्तिम साता हुने भएको छ। आयोजक ढोरपाटन नगरपालिका र बुर्तीबाङ राइजिङ युवा क्लबको संयुक्त आयोजना हुने प्रतियोगिता असोज २६ देखि कात्तिक २ गतेसम्म हुने क्लबका अध्यक्ष सोमबहादुर पौ.वि.ले जानकारी दिए

सगरमाथा क्षेत्रमा गल्फ हुने

तेस्रो संस्करणको बाह्रखरी ‘आमन्त्रण गल्फ प्रतियोगिता’ को तेस्रो संस्करण आगामी अक्टोबरमा हुने भएको छ। बाह्रखरी मिडियाले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरेर प्रतियोगिाताको बारेमा जानकारी दिएको छ।

प्लाजा ‘ए’ लाई उपाधि

आयोजक सोल्टी क्राउन प्लाजा ‘ए’ ले बिहीबार सोल्टी सेलेब्रेसन इन्टरहोटल फुटसल प्रतियोगिताको उपाधि जितेको छ। कुमारी फुटसल पकनाजोलमा भएको फाइनल खेलमा सोल्टीले र्याडिसन होटललाई ७–२ गोलले पराजित गर्दै उपाधि जितेको हो।

घटराज स्कुल वाइल्ड विज्डम क्विज विजेता

घटराज मेमोरियल स्कुल विश्व वन्यजन्तु कोष नेपालद्वारा आयोजित ‘वाइल्ड विज्डम क्विज’को विजेता बनेको छ। आगामी मंसिरमा नयाँ दिल्लीमा हुने वन्यजन्तुसम्बन्धी अन्तर्राष्ट्रिय हाजिरीजवाफ प्रतियोगितामा यो विद्यालयले नेपालको प्रतिनिधित्व गर्नेछ। विद्यालयबाट विनम पोखरेल र कृति पोखरेल प्रतियोगितामा सहभागी हुनेछन्।

कराते खेलाडी दम्पतीलाई बिदाइ

मलेसियामा हुने गोजिरियो कराते डोको अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने दोलखाका दम्पती खेलाडीलाई सोमबार बिदाइ गरिएको छ

श्रीगणेशलाई बिबिबिएचएस फुटबल उपाधि

श्रीगणेश स्कुलले प्रथम बिबिबिएचएस अन्तरविद्यालय फुटबल प्रतियोगिताको उपाधि जितेको छ। आइतबार भएको फाइनल खेलमा पञ्चकन्या स्कुललाई १–० गोलअन्तरले हराउँदै श्रीगणेश च्याम्पियन बन्यो। उपाधि विजेता टोलीका लागि निर्णायक गोल सुजन तामाङले गरेका थिए। तेस्रो स्थानका लागि भएको खेलमा सेन्ट जेभियरले टिआइएलाई टाइब्रेकरमा ५–४ गोलले हरायो।

अन्तरहोटल फुटसल बिहीबार

सोल्टी क्राउन प्लाजा काठमाडौंको आयोजनामा एकदिने अन्तरहोटल फुटसल प्रतियोगिता हुने भएको छ। सोल्टी सेलिब्रेसन कपको नाम दिइएको प्रतियोगितामा आयोजकको दुई टोलीसहित १० होटलले सहभागिता जनाउँदै छन्।

नवौं पुष्पलाल स्मृति ब्याडमिन्टन प्रतियोगिता, आर्मीका रत्नजितलाई उपाधि

त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङले योनेक्स सनराइज नवौं पुष्पलाल स्मृति ¥याङकिङ राष्ट्रिय ब्याडमिन्टनको उपाधि जितेका छन्।

पौडीमा दिया र खानुमा पहिलो

दिया डाँगी र खानुमा राईले १८औं एलए अन्तर विद्यालय पौडी प्रतियोगितामा स्वर्ण जितेका छन्। शुक्रबार भएको उद्घाटन खेलमा आयोजक स्कुल एलएकी दियाले १४ वर्षमुनीको ५० मिटर बटरफ्लाईमा सुभतारा स्कुलकी जारिया महर्जनलाई पछि पार्दै स्वर्ण जितेकी हुन। खानुमाले भने १५ वर्षमुनीको ५० मिटर ब्याकस्ट्रोकमा आइडियल मोडलकी लेसिया डंगोललाई हराउँदै स्वर्ण जितेकी हुन्।

योगिनी कपलाई नेपाल आइसको साथ

सिजी ब्रुअरी (नेपाल) प्रालिको नेपाल आइस बियरले योगिनी कप फुटबल प्रतियोगितालाई मुख्य प्रायोजन गरेको छ। बिहीबार आयोजक र सिजी बु्रअरी(नेपाल) प्रालिका म्यानेजर उमेश निरौलाले सम्झौतापत्रमा हस्ताक्षर गरे। योगिनी कप फुटबल बाँकेको पश्चिम क्षेत्रमा हुन लागेको सर्वाधिक पुरस्कार राशिको प्रतियोगिता हो।

लिटिल एन्जल्सलाई अन्तरस्कुल फुटसल उपाधि

पाँचाैँ सुशील केडिया मेमोरियल अन्तरस्कुल फुटसल प्रतियोगिताको उपाधि लिटिल एन्जल्स स्कुलले जितेको छ।

पूजन र श्रीया च्याम्पियन

चिल्ड्रेन मोर्डन स्कुलका पूजन तामाङ तथा नवज्ञान भूमिका श्रीया खड्का द चाँदवाग अन्तरस्कुल गोजुकाई कराते प्रतियोगिताअन्तर्गत एकल कातामा बिहीबार च्याम्पियन भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्