२० आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

मेयर कप खेलकुद असोज अन्तिम साता

काठमाडौं – प्रथम ढोरपाटन मेयर रनिङ गोल्डकप खेलकुद असोज अन्तिम साता हुने भएको छ। आयोजक ढोरपाटन नगरपालिका र बुर्तीबाङ राइजिङ युवा क्लबको संयुक्त आयोजना हुने प्रतियोगिता असोज २६ देखि कात्तिक २ गतेसम्म हुने क्लबका अध्यक्ष सोमबहादुर पौ.वि.ले जानकारी दिए।

प्रतियोगितामा महिला तथा पुरुष नगरपालिकास्तरीय मेयर रनिङ भलिबल, महिला तथा पुरुष छेलो, स्लो बाइक रेस, जिल्लास्तरीय खुला ब्याडमिन्टन र जिल्लास्तरीय खुला तेक्वान्दो प्रतियोगिता हुनेछन्। असोज २५ देखि कात्तिक २ गतेसम्म सञ्चालन हुने प्रतियोगिता १६ देखि २० टोलीले सहभागिता जनाउने अपेक्षा लिइएको छ।

१६ भन्दा कम टोलीले सहभागिता जनाए लिग कम नकआउट र १६ भन्दा बढी टोलीले सहभागिता जनाएका नकआउट प्रणालीमा सञ्चालन गरिने भलिबल प्रतियोगिताका प्राविधिक कुलबहादुर रानाले जानकारी दिए।

भलिबलको पुरुषतर्फको विजेताले १ लाख र उपविजेताले ६० हजार पाउनेछन् भने महिलातर्फका विजेताले ६० हजार र उपविजेताले ४० हजार पाउनेछन्। छेलोको विजेताले १० र उपविजेताले ५ हजार पाउनेछन्।

तेक्वान्दोको टिम च्याम्पियनले २० र दोस्रोले १५ हजार प्राप्त गर्नेछन्। यस्तै प्रतियोगिताका दौरान पूर्णिमा मेलासमेत हुनेछ। जसमा पन्चेबाजा, नृत्य, रक्साकस्सा प्रतियोगिताका साथै कृषि प्रदर्शनी पनि हुने आयोजकले पत्रकार सम्मेलनमा जानकारी दियो।

प्रकाशित: १३ आश्विन २०७६ ०३:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App