२६ आश्विन २०८१ शनिबार
image/svg+xml

एआइए र एसियन पब्लिकलाई सफलता

एआइए र एसियन पब्लिक १०औं प्याब्सन मध्यक्षेत्रीय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजतर्फ क्वार्टरफाइनल प्रवेश गरेका छन्।एआइएले स्वप्न वाटिकालाई ३३–२६ ले पराजित ग¥यो। एआइएको जितमा कविन मगरले १३ अंक योगदान गरे। नरेन्द्रको १२ अंक सहयोगमा एसियनले अक्सिडेन्टललाई ४७–२७ ले हरायो।

सिसिआरसी सेमिफाइनलमा

सिसिआरसी मंगलबार नवौं बर्नहार्ट कप अन्तरकलेज पुरुष बास्केटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। बल्खुस्थित बर्नहार्ट कलेजको कोर्टमा भएको खेलमा सिसिआरसीले समृद्धिलाई ६०–५५ को स्कोरले पराजित गर्दै अन्तिम चारमा स्थान बनाउन सफल भएको हो। खेलमा सिसिआरसीका सफल मगरले सर्वाधिक १४ स्कोर गरेका थिए।

एसियन र चैतन्यको जित

१०औं प्याब्सन मध्यक्षेत्रीय बास्केटबल प्रतियोगिताअन्तर्गत मंगलबार सिनियर ब्वाइजतर्फ एसियन र चैतन्यले जित हात पारेका छन्।

एआइएको दोहोरो जित

अवेरनेस इन्टरनेसनल एकेडेमी (एआइए) ले १०औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगितामा सोमबार दोहोरो जित हात पारेको छ । सिनियर ब्वाइजमा एआइएले लिटिल फ्लावरलाई १८–४ ले पराजित ग¥यो । एआइएको जितमा ओम प्रकाशले ६ अंक योगदान गरे । जुनियर ब्वाइजमा निश्चल बुढाथोकीको ४ अंक सहयोगमा एआइएले काठमाडौं नेसनललाई १९–४ ले हरायो ।

शरीरिक सुगठनको तयारी अन्तिम चरणमा

नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघको तत्वावधान तथा काठमाडौं शारीरिक सुगठन तथा फिट्नेस संघको आयोजनमा राष्ट्रिय खुला मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ।

पोखरामा सुटिङ रेन्ज बनाइने

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पोखरा रंगशालाभित्र सुटिङ रेन्ज निर्माण गर्ने निर्णय गरिएको छ।

भुटानलाई पराजित गर्दै नेपाल फाइनलमा

भुटानलाई ६–० ले हराउँदै नेपाल भारतमा जारी साफ यु–१५ पुरुष फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ। बिहीबार भारतको कल्याणी रंगशालामा भएको राउन्ड रोबिन लिगको अन्तिम खेलमा भुटानमाथि ६–० को रबाफिलो जित हात पार्दा फाइनल यात्रा निश्चित भएको हो। भुटानमाथिको यो जितसँगै नेपालले भारतमा जारी साफ यु–१५ मा लगातार तेस्रो जित निकाल्न सफल भएको छ।

‘बुवा’ ले जित्यो फिल्म प्रतियोगिता

एनसेलले आयोजना गरेको सर्ट फिल्म प्रतियोगितामा कमल सुवेदीको ‘बुवा’ नामक फिल्म उत्कृष्ट घोषित भएको छ। बुधबार ललितपुरस्थित लबिम मलमा आयोजित एनसेल सर्ट फिल्म प्रतियोगितामा ‘बुवा’ फिल्म विजयी घोषित हुँदै एक लाख रुपैयाँ प्राप्त गरेको थियो। एनसेलका प्रमुख प्राविधिक अधिकृत मोहम्मद अदिल ईसरारले उनीसहितको टोलीलाई एक लाख रुपैयाँ प्रदान गरेका थिए।

आयोजक सेमिफाइनलमा

आयोजक ग्रिनल्यान्ड सोमबार चौधौं क्विक्स चिजबल ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ।

हाप्किडो राष्ट्रिय प्रतियोगिता हुने

रोल्पा मार्सल आटर््स हाप्किडो संघले ‘सहिद स्मृति मार्सल आर्टस हाप्किडो प्रथम राष्ट्रिय प्रतियोगिता’ गर्ने भएको छ । आयोजकले सोमबार सदरमुकाम लिवाङमा पत्रकार सम्मेलन गर्दै आउँदो कात्तिक १ र २ गते परिवर्तन गाउँपालिकाको पुत्लाचौरमा उक्त प्रतियोगिता सम्पन्न गरिने जानकारी दिएको हो । आयोजकका अनुसार खेल सम्पन्न गर्नका लागि रोल्पा मार्सल आर्टस हाप्किडो संघले तयारी सुरु गरिसकेको छ ।

इबिए क्वार्टरफाइनलमा

इबिए सातौं उपत्यकाव्यापी रेडिअन्ट कप बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा आइतबार क्वार्टरफाइनलमा प्रवेश गरेको छ। इबिएले न्यु भिजनलाई १८–१२ ले पराजित ग-यो।

न्यु समिटका दुवै टोली क्वार्टरफाइनलमा

न्यु समिटको सिनियर ब्वाइज र गल्र्सका दुवै टोली १४औं क्विक्स चिजबल ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा आइतबार क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।

आयोजकको दोहोरो जित

आयोजक रेडिअन्ट ‘बी’ ले सातौं उपत्यकाव्यापी रेडिअन्ट कप बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बुधबार दोहोरो जित हात पारेको छ। स्युचाटारस्थित घरेलु कोर्टमा रेडिअन्ट ‘बी’ ले पहिलो खेलमा एलआरआईलाई ३७–६ ले सहजै पराजित ग¥यो। रेडिअन्ट ‘बी’ को जितमा सालिक लामिछानेले १२ अंक योगदान गरे। उपेन्द्र बस्नेतको ११ अंक सहयोगमा रेडिअन्ट ‘बी’ ले जेनिअमलाई ५०–२५ ले हरायो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्