५ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

इबिए क्वार्टरफाइनलमा

काठमाडौं – इबिए सातौं उपत्यकाव्यापी रेडिअन्ट कप बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा आइतबार क्वार्टरफाइनलमा प्रवेश गरेको छ। इबिएले न्यु भिजनलाई १८–१२ ले पराजित ग-यो।

जुनियर ब्वाइजमै महामञ्जुश्रीले एलआरआईलाई ३२–२० तथा पुष्पसदनले मोक्षदालाई १४–११ ले हराउँदै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरे। महामञ्जुश्रीका शिवम् लामाले १४ तथा पुष्पसदनका प्रज्ज्वल अधिकारीले ९ अंक जोडे।

सिनियर ब्वाइजमा रूपिजले तोरणलाई ४६–३०, एरिसले होली भिजनलाई ४७–३६ र नेपालयले बौद्ध चिल्ड्रेन हेभेनलाई ३४–२९ ले पाखा लगाउँदै प्रिक्वार्टरफाइनलमा स्थान बनाए। रूपिजका आदित्य गुरुङले १०, एरिसका उज्ज्वल लिम्बुले १७ र नेपालयका देव आले मगरले २४ स्कोर गरे।

सिनियर गल्र्समा द चाँदबागले ग्यालेक्सीलाई १५–८, निम्सले मोक्षदालाई १८–१०, इनोभेटिभले जेसिस इन्टरनेसनललाई २३–१० र सिद्धार्थ वनस्थलीले न्यु भिजनलाई १३–११ ले पन्छाए। चाँदबागकी श्रेया गुरुङले ७, निम्सकी डोल्मा तामाङले १०, इनोभेटिभकी स्वच्छता थापाले ६ र सिद्धार्थ बनस्थलीकी यशश्री गुप्ताले ९ अंक बटुले।
 

प्रकाशित: ९ भाद्र २०७६ ०२:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App